Tuesday, July 31, 2018

नांगो सत्य
********
एक दिन "सत्य" र "असत्य" नदीमा  स्नान गर्न संगै गय छन।
दुबैले नदि किनारमा आ-आफ्नो कपडा खोली नुहाउन लागे  ।
सबै भन्दा पहिले "असत्य" नुहाएर नदी बाट बाहिर आयो र "सत्य"को कपडा लगाई फटाफट हिड्यो ।
"सत्य" भने अझै  नुहाई रहेको थियो ।
जब उ स्नान गरि सकेर बाहिर निस्क्यो कपडा  गायब थियो।
त्यहां "असत्य"को कपडा मात्र  थियो ।
जानि जानि "असत्य" को कपडा लगाएर हिंडन उसको आत्माले मानेन ।
"सत्य" ले "असत्य" को कपडा लगाओस पनि कसरी ?
भनिन्छ त्यसै समय देखि "असत्य", "सत्य"को कपड़ा लगाएर निकै प्रतिष्ठित  छ , यता "सत्य" भने त्यसै दिन देखी नांगै छ ।
                                   -०-

पछुतो
********
     जंगलमा यस पटक पशुहरुले बांदर लाई राजा चुन्ने बिचार गरेछन । नभन्दै बांदर लाई सिंहासन मा राखियो । केही दिन मा स्यालले मृगको बच्चा लाई समात्यो , जंगलमा हाहाकार मच्चियो । सबै मिलेर राजालाई बिन्ति चढाईयो , "सरकार अन्याय भयो , स्यालले दिन दहाडै मृगको बच्चा समात्यो , निसाफ चाहियो "!  बांदरले बिन्तिपत्र हेर्दै हेरेन । एउटा रुख बाट अर्को र अर्को हांगा बाट अर्को मा उफ्रने पो गर्न थाल्यो । " "स्याललाई कार्यवाही किन भयन ? महाराज को पनि संलग्नता त छैन ?" सबैले शंका सहित आवाज उठाए ।
"म रुख र हांगामा उफ्रदा , दगुर्दा कुनै कमि भयको छ भने भन , अन्यथा स्यालको काम भनेको मृगको बच्चा समात्ने नै हो । " बांदर राजाले भन्यो ।
बांदरलाई राजा बनाएकोमा भने सबै जनावर हरु पछुतो मान्दै थिए ।
                          -०-

Tuesday, July 24, 2018

टाढा जाउं
********
हिंड हामी निकै टाढा जाऊं
मुक्त गगनमा  उंडि  हराऔं
पन्छी बनि विचरण गरौं
हिंड  हामी निकै टाढा जाऊं
पथमै खाउं चक्कि र गोलि
पिडालाई टाढा भगाउं
जगका स्वार्थि छाडेर जाउं
आफन्त बन्धु चटक्कै छाडौं
सपनाको नयां संसार बसाऔं
हिंड  हामी निकै टाढा जाऊं

नहोस त्यहां केही दु:खको निसानी
सुखले भरेको बनोस कहानी
जीवनमा रंगीन फूल फूलाऔं
जीवन लाई सुन्दर स्वर्ग बनाऔं
लक्षमा थाकेका कदम बढ़ाऔं
हिंड  हामी निकै टाढा जाऊं
                       -०-

Saturday, July 21, 2018

पांचायन पूजा बिधी :-
        शास्त्रमा प्रत्येक गृहस्थले  पञ्च देवको नित्य पूजा गर्नु पर्ने उल्लेख गरिएको छ , जसलाई  "पंचायन पुजा" भनिन्छ ।  सनातन धर्ममा "पंचायन" पूजा लाई  श्रेष्ठ पुजा मानिएको छ । यि पाँच देवता हरु - गणेश, शिव, विष्णु, दुर्गा (देवी) र सूर्य हुन । शास्त्रानुसार प्रत्येक गृहस्थको पुजागृहमा यि पाँच देवताको  मूर्ती हुनु अनिवार्य मानिन्छ। यि पाँच देवताको  मुर्ती मध्य  आफ्नो ईष्ट देवता लाई स्थान अनुसार सिंहासनमा  स्थापित गर्ने   एउटा निश्चित विधान छ ।
प्रत्येक देवता लाई कसरी राखेर पुजा गरिन्छ त ?
१. विष्णु पंचायन :-
यदि तपाईंको  ईष्ट देव विष्णु हुन भने पुजागृहमा "विष्णु पंचायन" को स्थापना गरिन्छ र हरेक मुर्तीहरु यस क्रमले राखिन्छ ।
ईशान -  शिव,
आग्नेय -  गणेश,
मध्यमा - विष्णु,
नैर्ऋत्य -  सूर्य
वायव्य -  देवी
२. शिव पंचायन :-
यदि तपाईंको  ईष्ट देव शिव हुन भने पुजागृहमा "शिव पंचायन" को स्थापना गरिन्छ र हरेक मुर्तीहरु यस क्रमले राखिन्छ ।
ईशान -  विष्णु,
आग्नेय -  सूर्य,
मध्यमा - शिव,
नैर्ऋत्य -  गणेश
वायव्य -  देवी
३. गणेश पंचायन :-
यदि तपाईंको  ईष्ट देव गणेश हुन भने पुजागृहमा "गणेश पांचायन" को स्थापना गरिन्छ र हरेक मुर्तीहरु यस क्रमले राखिन्छ ।
ईशान -  विष्णु,
आग्नेय -  शिव,
मध्यमा - गणेश,
नैर्ऋत्य -  सूर्य
वायव्य -  देवी
४. दुर्गा (देवी) पंचायन: -
यदि तपाईंको  ईष्ट देव देवी हुन भने पुजागृहमा "देवी पांचायन" को स्थापना गरिन्छ र हरेक मुर्तीहरु यस क्रमले राखिन्छ ।
ईशान -  विष्णु,
आग्नेय -  शिव,
मध्यमा - देवी,
नैर्ऋत्य -  गणेश
वायव्य -  सूर्य
५. सूर्य पांचायन :-
यदि तपाईंको  ईष्ट देव सूर्य हुन भने पुजागृहमा "सूर्य पंचायन" को स्थापना गरिन्छ र हरेक मुर्तीहरु यस क्रमले राखिन्छ ।
ईशान -  शिव ,
आग्नेय -  गणेश ,
मध्यमा - सूर्य ,
नैर्ऋत्य -  विष्णु
वायव्य -  देवी
     आदित्यं गणनाथं च देवीं रूद्रं च केशवम्।
          पंचदैवतमित्युक्तं सर्वकर्मसु पूजयेत्।।        
भावार्थ :– पाञ्चायन उपासना  ब्रह्मांड को पंचतत्व संग संबंध राख्दछ । पंचतत्व पृथ्वी,जल, (अग्नि )तेज, वायु  र आकाश मिलेर बनेका छन ।पंचतत्वको  अधिपति भयका कारण  गणेश ,बिष्णु, शिव ,सुर्य र देवी,लाई पाञ्चायनको रुपमा पुजा गरिन्छ ।
         हरेक एक तत्त्वको , एक देवता लाई त्यसको स्वामी मानिएको छ   :-
"आकाशस्याधिपो विष्णुरग्नेश्चैव महेश्वरी।
वायोः सूर्यः क्षितेरीशो जीवनस्य गणाधिपः।।"
१. क्षिति (पृथ्वी)  :- शिव
२. अप् (जल) :-  गणेश
३. तेज (अग्नि) :- देवी
४. मरूत् (वायु)  :- सूर्य
५. व्योम (आकाश) :- विष्णु
१. भगवान् श्रीशिव पृथ्वी तत्त्वका अधिपति भयका कारण उनको शिवलिंगको रुप लाई पार्थिव-पूजा को विधानले पुजा गरिन्छ ।
२. भगवान् विष्णु  आकाश तत्त्वका  अधिपति भयका कारण  उनको शब्द द्वारा स्तुति गरिने विधान रहेको छ ।
३. शक्ति अर्थात भगवती देवी अग्नि तत्त्व को अधिपति भयका कारण उनको अग्निकुण्डमा  हवनादि  द्वारा पूजा गर्ने विधान छ ।
४. श्रीगणेश जल तत्त्वका  अधिपति भयकोले  उनकको सर्वप्रथम पूजा गर्ने विधान छ ,  ब्रह्मांडमा सर्वप्रथम उत्पन्न हुने  जीव तत्व् ‘जल’ का अधिपति प्रथम पूज्य गणेश जी त्यसका अधिकारी हुन ।
५. श्री सूर्य लाई वायु तत्वको अधिपति मानिएकाले पांचायन पुजामा सूर्य भगवानको पुजा अर्चना गरिन्छ ।
पंचोपचार पूजन  विधि :-
१. गणपति ध्यान :-
खर्वं स्थूलतनुं गजेन्द्रवदनं लम्बोदरं सुन्दरं
प्रस्यन्दन्मदगन्धलुब्धमधुपव्यालोलगण्डस्थलम्‌ ।
दन्ताघातविदारितारिरुधिरैः सिन्दूरशोभाकरं
वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम्‌ ॥
ॐ श्री गणेशाय नमः,ध्यानार्थे अक्षतपुष्पाणि समर्पयामि ।
ॐ श्री गणेशाय नमः, पाद्यं, अर्घ्यं, आचमन्यं, स्नानं समर्पयामि।
२. विष्णु को ध्यान :-
उद्यत्कोटिदिवाकराभमनिशं शंख गदां पंकजं
चक्रंबिभ्रतमिन्दिरावसुमतीसंशोभिपार्श्वद्वयम्‌।
कोटीरांगदहारकुण्डलधरं पीताम्बरं कौस्तुभै-
र्दीप्तं श्विधरं स्ववक्षसि लसच्छीवत्सचिह्रं भजे॥
ॐ श्री विष्णवे नमः,ध्यानार्थे अक्षतपुष्पाणि समर्पयामि ।
ॐ विष्णवे नमः, पाद्यं, अर्घ्यं, आचमन्यं, स्नानं समर्पयामि।
३. शिव को ध्यान :-
ध्यायेन्नित्यं महेशं रजतगिरिनिभं चारूचंद्रावतंसं
रत्नाकल्पोज्ज्वलांग परशुमृगवराभीतिहस्तं प्रसन्नम्‌ ।
पद्मासीनं समन्तात्‌ स्तुतममरगणैर्व्याघ्रकृत्तिं वसानं
विश्वाद्यं विश्वबीजं निखिलभय हरं पंचवक्त्रं त्रिनेत्रम्‌ ।
ॐ नमः शिवाय,ध्यानार्थे अक्षतपुष्पाणि समर्पयामि ।
ॐ नमः शिवाय, पाद्यं, अर्घ्यं, आचमन्यं स्नानं समर्पयामि।
४. सूर्य को ध्यान :-
रक्ताम्बुजासनमशेषगुणैकसिन्धुं
भानुं समस्तजगतामधिपं भजामि।
पद्मद्वयाभयवरान्‌ दधतं कराब्जै-
र्माणिक्यमौलिमरुणांगरुचिं त्रिनेत्रम्‌॥ 
ॐ श्री सूर्याय नमः, ध्यानार्थे अक्षतपुष्पाणि समपर्यामि ।
ॐ श्री सूर्याय नमः, पाद्यं, अर्घ्यं, आचमन्यं, स्नानं समर्पयामि।
५. दुर्गा को ध्यान :-
सिंहस्था शशिशेखरा मरकतप्रख्यैश्चतुर्भिर्भुजैः
शंख चक्रधनुः शरांश्च दधती नेत्रैस्त्रिभिः शोभिता।
आमुक्तांगदहारकंकणरणत्काञ्चीरणन्नूपुरा
दुर्गा दुर्गतिहारिणी भवतु नो रत्नोल्लसत्कुण्डला॥
ॐ श्री दुर्गायै नमः, ध्यानार्थे अक्षतपुष्पाणि समपर्यामि ।
ॐ श्री दुर्गायै नमः, पाद्यं, अर्घ्यं, आचमन्यं, स्नानं समर्पयामि।
      यसरी  पुजाको प्रक्रिया पुरा गरे पश्चात दक्षिणा – प्रदक्षिणा एवं आरती गर्नु पर्दछ । र पंचदेव संग आफ्नो तथा परिवारको  कल्याणका लागी कामना गरिन्छ  ।
                         -०-

गजल

*******

अचेल  समाचार  नांगा भय छन ,
लेख्ने कलम केही बांगा भय छन ।

खबर हरुमा  दलको  छ  गन्ध ,
ति घोड़ाले तान्ने टांगा भय छन ।

कालोलाई सेतो सेतोलाई कालो ,
एक पक्ष लेख्ने अन्धा भय छन ।

दलको  धाक   दिंदै   रमाउछन  ,
दलिय  गुटका ति हांगा  भय  छन ।

वागडोर दलको ति  छोई नसक्ने ,
मन्दिरका  छाडा  रांगा भय छन


  -०-

Friday, July 20, 2018

वत्स गोत्रका,प्रवर तथा प्राचिन रिती
*****************************
"राणाको,लम्सालको,कुंवरको,दाहाल,रुपाखेतीको
देउता शंकर वत्स गोत्र प्रवरै पांचै छ है यतिको
शैय्या दान हरु सगोत्री हरुमा हुंदैन दिनु पनि
एकै गोत्रमा विवाह नगर्नु चण्डाल होला भनि"
    
                  (शिखरनाथ थर गोत्रावली ,बि.सं.१९५७

  ११८ बर्ष अगाडी शिखरनाथ सुवेदी द्वारा लिखित थर गोत्रावली संबन्धि ग्रन्थमा वत्स गोत्रको केही मुख्य विवरण यसै श्लोक मार्फत प्रस्तुत गरेको पाईन्छ । पहिलो पंक्ति मा वत्स गोत्रीय नेपाली थरहरु उल्लेख गरिएका छन । जसमा राणा ,लम्साल , कुंवर,दाहाल र रुपा खेतीको मात्र वत्स गोत्र उल्लेख गरिएको छ । तर अचेल यि थर बाहेक चैाहान, खराल,रुचाल र दियाली समेतको वत्स गोत्र भनि उल्लेख भयको लेखहरु देख्न पाईन्छ । यि पछि थप भयका थरहरु यिनै पांच थरहरु बाट फाटेका हांगा हुन या शिखरनाथको अधुरो श्लोक हो ? यस बारे मा अनुसंधान हुनु जरुरी छ ।
दोस्रो पंक्ति मा वत्स गोत्रका मुख्य देवता शंकर अर्थात शिव हुन भन्ने स्पष्ट छ  र वत्स गोत्रको पंच प्रवर भनि उल्लेख छ । पंच प्रवरमा भार्गव, च्यवन, आप्नवान, और्व र  जमदग्न्य हुन ।
प्रवर भनेको के हो ?
वंश विस्तार गर्ने जिम्मेवारी पाएका ब्रह्माजीका  दश मानस पुत्र ( कुनै ग्रन्थमा आठ उल्लेख छ ) मध्य सबै भन्दा श्रेष्ठ मानिएका भृगु ऋषिले आफ्नो वंश विस्तार को जिम्मेवारी वत्स ऋषिमा हस्तान्तरण गरेको तथ्य मत्स्य पुराणमा उल्लेख छ । यसरी वत्स ऋषिले आरंभ गरेको वंश विस्तार को कार्यलाई भृगु वंशकै  सुविख्यात मन्त्रद्रष्टा र श्रेष्ठतम ऋषि हरु  भार्गव, च्यवन, आप्नवान, और्व र  जमदग्न्य ऋषिले कुशलता पूर्वक वत्स वंशलाई अघि बढाउने कार्य संपन्न गरे । यसरी मुल ऋषिले प्रारम्भ गरेको वंश विस्तार कार्य लाई सोही वंशका विद्वान ऋषि हरु द्वारा निरंतरता दिई यथेष्ठ योगदान गर्ने श्रष्टा हरु लाई नै प्रवर भनिन्छ । नेपालमा प्रचलित गोत्रहरुको मुख्यतया तिन र पांच प्रवर पाईन्छ ।
तेस्रो हरफमा , एउटै ऋषिका सन्ततीहरु सहोदर दाजु भाई सरह हुने भयकाले कुनै पनि प्रकारको दान दातव्य  दाजु भाई भित्र लेन-देन गर्न नहुने उल्लेख गरिएको छ । अन्त्यमा ,एउटै गोत्रमा विवाह गर्न नहुने र यदि कुनै कारणले भै हालेमा पनि त्यसलाई चण्डाल मान्नु भन्ने निर्देशन दिईएको छ । 
चण्डाल भने को के हो ?
आरूढपतितापत्यं ब्राह्मण्यां यश्‍चशूद्रज:।
सगोत्रोढासुतश्‍चैव चाण्डालास्त्रायईरिता:॥
                                          - यमस्मृति
संन्यासीको  पुत्र, ब्राह्मणी स्त्रीले शूद्रको गर्भ बोकि जन्मेको पुत्र र समान गोत्र भयकि  कन्या संग विवाह गरी  जन्मिएको पुत्र, यि  तीन लाई  चण्डाल भनिन्छ ।
     यसरी आफ्नो गोत्रको यथार्थ पहिचान गरी आफ्नो गोत्र परिवार भित्र कुनै पनि प्रकारको दान, लिन दिन एवं विवाह गर्न नहुने स्पष्ट छ ।
यस बाहेक आफ्नो  गोत्र वंशको प्राचिन रिती जस्तै : वेद, उपवेद, शिखा र पादका बारे मा पनि ज्ञान हुनु जरुरी छ ।
वत्स-गाेत्रको प्राचिन रिती :-
वेद - शुक्ल यजुर्वेद
उपवेद - धानुर्वेद
शाखा - माध्यंदिनीय
सूत्र - कात्यायन
पाद - दायां ( पुजामा पहिला दायां पाउ धुने )
शिखा - दायां ( दायां घुमाई शिखा बांध्ने )
उपास्य देव - श्री शिव
प्रवर - पञ्च प्रवर
                          -०-

Thursday, July 19, 2018

हिन्दु धर्म र प्रदक्षिणा
*****************
- हरेक गोलाकार घुम्ने वस्तुहरुमा आकर्षण शक्ति एवं उर्जा उत्पन्न हुन्छ ।
-  ब्रम्हांडका सबै ग्रहहरुले  सूर्य को प्रदक्षिणा गरि रहेका हुन्छन ।  जसले गर्दा ति ग्रहहरुमा  आकर्षण शक्ति एवं उर्जा उत्पन्न हुन्छ ।
- पृथ्वी र सबै ग्रहहरु  आ आफ्नो निश्चित मार्गमा  प्रदक्षिणा गरि रहकै हुन्छन  ।
- प्रदक्षिणा गर्दा दक्षिणावर्ती परिक्रमा अर्थात दायां बाट प्रदक्षिणा गर्नु पर्दछ ।
- यसै प्रकार जब हामी ईश्वर को मन्दिर र मुर्तिलाई  परिक्रमा गर्दछौं  तव हाम्रो मनमा शान्ति प्राप्त हुनुको साथै , ईश्वर को सकारात्मक शक्ति आकृष्ट हुन जान्छ र शरिरमा उर्जा प्राप्त हुन्छ ।
    शरिरमा  नकारात्मक सोच मात्रले पाप उत्पन्न हुन्छ । जब पाप उत्पन्न हुन्छ , तत् पश्चाद मान्छेले समाजले वर्जित गरेका कुकार्य गर्न थाल्दछ ।  पाप उत्पन्न नहोस, सकारात्मक उर्जा प्राप्त होस भन्नाकै लागी  हिन्दु धर्ममा मुर्ति , तिर्थस्थल, मन्दिर ,पवित्र वृक्ष , यज्ञ वा हवन कुंड , माता पिता र  गुरुलाई प्रदक्षिणा गर्ने परम्परा रहि आएको छ । यस बाहेक विवाह,ब्रतबन्ध, पुराण र बिभिन्न पुजा आजा जोमा पनि प्रदक्षिणा गरिन्छ । प्रदक्षिणा गर्दा निम्न मन्त्रले प्रदक्षिणा गरिन्छ ।
मन्त्र :-
यानी कानी च पापानि,जन्मान्तर कृतानि च ।
तानी तानी विनश्यन्ति , प्रदक्षिण पदे पदे ।।
                           -०-

Wednesday, July 18, 2018

गजल
*******
बेशी फांट हेर पंहेलै भयो मार्सि धान झुलेको
मनै लोभ्याउने पहाडी लेकमा  गुरांस फूलेको

नास्पाती आरु  अम्वा  र आंप  रसिलो  भोगटे
उत्तर  तिर  मुसुक्क  हांसेर   हिमाल   खुलेको

दाजु   र   भाई   मेलामा  जान्थे  कोदाली   बोकेर
सानो भाई पैसा खोज्न लाई भनि खाडिमा डुलेको

अर्को चांहि कहिले जापान भन्छ कहिले क्यानडा
धराको   स्नेह   आमाको  माया  चटक्कै  भुलेको

मेरो गाउं  किन  बिरानो भयो बोल्दिने कोही  छैन
दुई आंखा अचेल ओभानो छैन सिरान घर ठुलेको
                          -०-

Friday, July 13, 2018

गजल
*******
स्कूल  पढ़ने  उमेरमा , भांडा कुंडी  खेल्थ्यो
मास्टर देखे त्यो थुतुनो, बरको रुखले छेल्थ्यो

पढन लेख्न न आएनि, औंला  ठड्याई बोल्ने
त्यस बेला नि बानि थियो, साथी लाई पेल्थ्यो

कांक्रो बोडि  आरु  चोरी , कति खायो‌ खायो
पक्री बांध्यो भने उल्टै , बांध्ने लाई नै जेल्थ्यो

नेता बन्नु रैछ  अहिले ,   अनेक उधुम गर्थ्यो
अहिले जस्तै उ बेला नि,बिरोधि लाई ठेल्थ्यो

नेता  भन्ने  चिजै  यस्तो ,  उस्लाई  हेरे  हुन्छ
पढाई लेखाई कुरा गर्दा  ,उ त सात फेल थ्यो
                          -०-



Sunday, July 8, 2018

कलियुग
*********
श्रीमद्‌भागवत महापुराण अन्तर्गत एकादशःस्कंधको - द्वितीयोऽध्यायःमा कलियुगको भविष्यवाणी यसरी गरिएको छ ।

ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया ।
कालेन बलिना राजन् नङ्‌क्ष्यत्यायुर्बलं स्मृतिः ॥

अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक शक्ति र स्मृति सबै दिन- प्रतिदिन घट्दै जान्छ ।

वित्तमेव कलौ नॄणां जन्माचारगुणोदयः ।
धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ॥

अर्थ- कलियुगमा  जुन व्यक्ति संग जति धेरै धन हुन्छ उ  त्यतिनै गुणवान मानिन्छ ,  र न्याय तथा कानुन केवल शक्तिको आधारमा मात्र लागु गरिन्छ ।

दाम्पत्येऽभिरुचिर्हेतुः मायैव व्यावहारिके ।
स्त्रीत्वे पुंस्त्वे च हि रतिः विप्रत्वे सूत्रमेव हि ॥

अर्थ- कलियुगमा पुरुष-स्त्री बिना विवाह पनि केवल एक-अर्कोको  रूचिका अनुसार साथमा रहन्छन । व्यापार को सफलता छल-कपटमा निर्भर रहन्छ । कलियुगमा  ब्राह्मण मात्र एउटा धागो लगाएको भरमा म  ब्राह्मण हुं भनि दावा गर्दछ ।

लिङ्‌गं एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् ।
अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ॥

अर्थ- जसले  घूस दिन सक्दैन या धन खर्च गर्न  असमर्थ हुन्छ , उसले अदालत बाट  न्याय पाउन सक्दैन ।  जो व्यक्ति अत्यन्त धुर्त  र स्वार्थी हुन्छ उ कलियुगमा  प्रख्यात  विद्वान मानिन्छ ।

क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया ।
*त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्।।*

अर्थ- मान्छेहरु भोख-प्यास र अनेकौं तरह का  चिंताले दुखी रहन्छन । बिभिन्न किसिमका रोग र महामारी बाट घेरिई रहन्छन ।  कलियुगमा मनुष्यको आयु  केवल बीस अथवा तीस वर्षको मात्र हुने छ ।

*दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम् ।*
*उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि ॥*

अर्थ- मान्छेहरु टाढा - टाढाको  नदी-तलाउ लाई तिर्थ मान्ने छन , तर  आफ्नै साथ रहेका   माता-पिताको निंदा गर्ने छन । शिरमा लामो लामो कपाल राख्नु लाई  सुन्दरता मान्ने छन ।  केवल पेट भर्नु मात्र मानिस हरुको लक्ष हुने छ ।

*अनावृष्ट्या विनङ्‌क्ष्यन्ति दुर्भिक्षकरपीडिताः।*
*शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः ॥*

अर्थ- कहिले बर्षा न हुने , कहिले भिषण बर्षा हुने , कहिले सुक्खा  पर्ने , कहिले अत्यन्त जाडो हुने , कहिले उखरमाउलो गर्मी हुने  गर्दछ । कहिले आंधी हुरी आउने  त कहिले बाढी आउने हुन्छ । यस्तै समस्या हरु संग मानिस पिडित भै नष्ट हुने छन ।

*अनाढ्यतैव असाधुत्वे साधुत्वे दंभ एव तु ।*
*स्वीकार एव चोद्वाहे स्नानमेव प्रसाधनम् ॥*

अर्थ- कलियुगमा जुन व्यक्ति संग प्रसस्त धन हुंदैन उसलाई अधर्मी, अपवित्र र बेकारको मानिने छ । विवाह लाई दुई व्यक्ति बिचको समझौता मात्र मानिने छ । मान्छेहरु मात्र स्नान गरे पछि आफ्नो अंतरात्मा  शुद्ध भयो भन्ने सम्झने छन ।

*दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम् ।*
*एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले ॥*

अर्थ- धर्म-कर्म त  केवल अर्को लाई  असल छु भनि  देखाउन मात्र गरिन्छ ।  सारा पृथ्वी भ्रष्ट व्यक्तिहरुले  भरिने छ  र मान्छेहरु  सत्ता हासिल गर्नाकै लागी एक अर्काको हत्या गर्ने छन ।

आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम् ।
शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः ॥

अर्थ- अनिकाल  र अत्याधिक करका  कारण मान्छेहरु आत्तिएर  घर छोडी सड़क तथा  पहाड़मा  रहन बाध्य हुने छन । साथ साथै  रुखका पात , जरा , मासु , जंगली फल , फूल र बिउ बिजन  खान  बाध्य हुने छन ।
                          -०-

पांचायन पूजा बिधी :-

आदित्यं गणनाथं च देवीं रूद्रं च केशवम्।
पंचदैवतमित्युक्तं सर्वकर्मसु पूजयेत्।। (शब्दकल्पद्रुम)

भावार्थ :– पाञ्चायन उपासना  ब्रह्मांड को पंचतत्व संग संबंध राख्दछ । पंचतत्व पृथ्वी,जल, (अग्नि )तेज, वायु  र आकाश मिलेर बनेका छन ।   पंचतत्वको  अधिपति भयका  कारण  गणेश , बिष्णु, शिव , सुर्य र देवी, लाई पाञ्चायन को रुपमा पुजा गरिन्छ ।
         हरेक एक तत्त्वको , एक देवता लाई त्यसको स्वामी मानिएको छ   :-
"आकाशस्याधिपो विष्णुरग्नेश्चैव महेश्वरी।
वायोः सूर्यः क्षितेरीशो जीवनस्य गणाधिपः।।"
१. क्षिति (पृथ्वी)  :- शिव
२. अप् (जल) :-  गणेश
३. तेज (अग्नि) :- देवी
४. मरूत् (वायु)  :- सूर्य
५. व्योम (आकाश) :- विष्णु

१. भगवान् श्रीशिव पृथ्वी तत्त्वका अधिपति भयका कारण उनको शिवलिंगको रुप लाई पार्थिव-पूजा को विधानले पुजा गरिन्छ ।

२. भगवान् विष्णु  आकाश तत्त्वका  अधिपति भयका कारण  उनको शब्द द्वारा स्तुति गरिने विधान रहेको छ ।

३. शक्ति अर्थात भगवती देवी अग्नि तत्त्व को अधिपति भयका कारण उनको अग्निकुण्डमा  हवनादि  द्वारा पूजा गर्ने विधान छ ।

४. श्रीगणेश जल तत्त्वका  अधिपति भयकोले  उनकको सर्वप्रथम पूजा गर्ने विधान छ ,  ब्रह्मांडमा सर्वप्रथम उत्पन्न हुने  जीव तत्व् ‘जल’ का अधिपति प्रथम पूज्य गणेश जी त्यसका अधिकारी हुन ।

५. श्री सूर्य लाई वायु तत्वको अधिपति मानिएकाले पांचायन पुजामा सूर्य भगवानको पुजा अर्चना गरिन्छ ।
पंचोपचार पूजन  विधि :-

१. गणपति ध्यान :-
खर्वं स्थूलतनुं गजेन्द्रवदनं लम्बोदरं सुन्दरं
प्रस्यन्दन्मदगन्धलुब्धमधुपव्यालोलगण्डस्थलम्‌ ।
दन्ताघातविदारितारिरुधिरैः सिन्दूरशोभाकरं
वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम्‌ ॥
ॐ श्री गणेशाय नमः,ध्यानार्थे अक्षतपुष्पाणि समर्पयामि ।
ॐ श्री गणेशाय नमः, पाद्यं, अर्घ्यं, आचमन्यं, स्नानं समर्पयामि।

२. विष्णु को ध्यान :-
उद्यत्कोटिदिवाकराभमनिशं शंख गदां पंकजं
चक्रंबिभ्रतमिन्दिरावसुमतीसंशोभिपार्श्वद्वयम्‌।
कोटीरांगदहारकुण्डलधरं पीताम्बरं कौस्तुभै-
र्दीप्तं श्विधरं स्ववक्षसि लसच्छीवत्सचिह्रं भजे॥
ॐ श्री विष्णवे नमः,ध्यानार्थे अक्षतपुष्पाणि समर्पयामि ।
ॐ विष्णवे नमः, पाद्यं, अर्घ्यं, आचमन्यं, स्नानं समर्पयामि।

३. शिव को ध्यान :-
ध्यायेन्नित्यं महेशं रजतगिरिनिभं चारूचंद्रावतंसं
रत्नाकल्पोज्ज्वलांग परशुमृगवराभीतिहस्तं प्रसन्नम्‌ ।
पद्मासीनं समन्तात्‌ स्तुतममरगणैर्व्याघ्रकृत्तिं वसानं
विश्वाद्यं विश्वबीजं निखिलभय हरं पंचवक्त्रं त्रिनेत्रम्‌ ।
ॐ नमः शिवाय,ध्यानार्थे अक्षतपुष्पाणि समर्पयामि ।
ॐ नमः शिवाय, पाद्यं, अर्घ्यं, आचमन्यं स्नानं समर्पयामि।

४. सूर्य को ध्यान :-
रक्ताम्बुजासनमशेषगुणैकसिन्धुं
भानुं समस्तजगतामधिपं भजामि।
पद्मद्वयाभयवरान्‌ दधतं कराब्जै-
र्माणिक्यमौलिमरुणांगरुचिं त्रिनेत्रम्‌॥

ॐ श्री सूर्याय नमः, ध्यानार्थे अक्षतपुष्पाणि समपर्यामि ।
ॐ श्री सूर्याय नमः, पाद्यं, अर्घ्यं, आचमन्यं, स्नानं समर्पयामि।

५. दुर्गा को ध्यान :-
सिंहस्था शशिशेखरा मरकतप्रख्यैश्चतुर्भिर्भुजैः
शंख चक्रधनुः शरांश्च दधती नेत्रैस्त्रिभिः शोभिता।
आमुक्तांगदहारकंकणरणत्काञ्चीरणन्नूपुरा
दुर्गा दुर्गतिहारिणी भवतु नो रत्नोल्लसत्कुण्डला॥
ॐ श्री दुर्गायै नमः, ध्यानार्थे अक्षतपुष्पाणि समपर्यामि ।
ॐ श्री दुर्गायै नमः, पाद्यं, अर्घ्यं, आचमन्यं, स्नानं समर्पयामि।

यसरी  पुजाको प्रक्रिया पुरा गरे पश्चात दक्षिणा – प्रदक्षिणा एवं आरती गर्नु पर्दछ । र पंचदेव संग आफ्नो तथा परिवारको  कल्याणका लागी कामना गरिन्छ  ।
                       -०-

गजल
*******
स्कूल  पढ़ने  उमेरमा , भांडा कुंडी  खेल्थ्यो
मास्टर देखे त्यो थुतुनो, बरको रुखले छेल्थ्यो

पढन लेख्न न आएनि, औंला  ठड्याई बोल्ने
त्यस बेला नि बानि थियो, साथी लाई पेल्थ्यो

कांक्रो बोडि  आरु  चोरी , कति खायो‌ खायो
पक्री बांध्यो भने उल्टै , बांध्ने लाई नै जेल्थ्यो

नेता बन्नु रैछ  अहिले ,   अनेक उधुम गर्थ्यो
अहिले जस्तै उ बेला नि,बिरोधि लाई ठेल्थ्यो

नेता  भन्ने  चिजै  यस्तो ,  उस्लाई  हेरे  हुन्छ
पढाई लेखाई कुरा गर्दा  ,उ त सात फेल थ्यो
                          -०-



सीता स्वयम्वर

      सीता स्वयंवर का लागी राजा जनकको कलियुगी सभा चलिरहेको थियो । स्वयम्वर सभामा  कयौं राजकुमार हरु विच प्रतिष्पर्धा देखिन्थ्यो । जब कसैले एक्लै  धनुष उठाउन नसक्ने छनक पाय पछि दुई जना महत्त्वाकांक्षी राजकुमार हरु बिच सल्लाह भयो , "दुई जना मिलेर "धानुषि गठबन्धन" गरौं , धनुष सजिलै उठाउन सकिने छ ।" दुई राजकुमारको गठबन्धनले एकै पटक बल लगायो , नभन्दै धनुष जुरुक्कै उठ्यो ।
पत्रकार जस्तै देखिने एक जनाले सोध्यो - "अब सीता संग विहे चाहिं कसले गर्नु हुन्छ !
उनिहरुले भने "यस बारेमा गंभीर रुपले सल्लाह गर्नेछौं । दोस्रो चरणमा हाम्रो प्रतियोगितात्मक द्वन्द हुने छ , अन्त्यमा त्यस प्रतियोगिता मा  जो बांकि रहला  बिहे भने उसैले गर्नेछ । हाम्रो उद्देश्य भनेको त्रेतायुगमा जस्तै कलिमा पनि , रामलेनै सिता संग विहे गर्न नपाउन भन्ने  मात्रै हो ।"
त्यसले पुनः प्रश्न गर्यो , "उसो  भय तपाईंहरुको यो द्वन्दमा दुई मध्य एकजना नरहने निश्चित छ हो  ? "
दुवैले गम्भीर मुद्रामा एकैचोटी भने -" तपाईंले सहि कुरा सोध्नु भयो , सत्य कुरो यहि हो  ।"
                            -०-

गजल
********
भिमोदयको प्रांगणमा, खेल्थ्यौं हात समाउंथ्यौं
पाकेका लिचि र जामुन, आंप खाई रमाउंथ्यौं

जेठ मासको उखर्माउलो, गर्मी छल्न रमाउंदै
स्तुलको भोटे रह पौडि,पाखुरीमा कन्याउंथ्यौं

कठ्यांग्रिदो जाडोमा, हुस्सुको स्विटर लाउंदै
चांप फेदमा घाम ताप्थ्यौं, लुगलुग ओठ  कमाउंथ्यौं

बुढ़ी गण्डकीको पानी , अंजुलीले  पिय पछि
अत्यन्तै फुर्ति पो आउंथ्यो , शरिर चंगा बनाउंथ्यौं

अत्यन्तै रसिला स्नेही , सबै शर गुरुजन हरु
चित्रशरको मिठो संगीत, सुनि खुब  अघाउंथ्यौं

बालापनका ति मेरा साथी,को को कता पुगे कठै
आरुघाटमा भविष्य खोज्दै ,घर घर  डेरा जमाउंथ्यौं
                           -०-

गजल
********
पिडा बगाउंछु आंखा बाट, कायर भन्छ मान्छे
जब त्यै पिडा कलमले पोख्दा,  वाह वाह भन्छ मान्छे

गजब छ दुनिया आंसु र हांसो, बुझ्दिने कोही छैन
पराईको घाउमा औंशा परे नि, ताली पो ठोक्छ मान्छे

उन्नति देख्न सक्दैन मान्छे‌, भरेंगमा खुट्टा तान्छ
मेरो यो भोक र शोकमा रमाई ,  मुसुक्क हास्छ मान्छे

मेरो गर्मी छेक्ने शितल छहारी,  उखेली  फालि दिन्छ
हिउंदको मेरो न्यानो त्यो घाम,  हातैले छेक्छ मान्छे

दुनिया चाहन्छ  झुटो बोलुं म,उसकै प्रसंसा गरि रहुं
तर म चाहन्छु सत्य नै बोल्छु , किन तितो मान्छ मान्छे
                               -०-