Tuesday, September 19, 2017

भोक र भोकाहरुको भोकयुद्ध

अलिकति पवनले
 स्वास बन्न सघाउन्जेल
भोक रहि रहने छ ।
भोक  अचम्म अचम्मका छन
भोकका लागी बांच्छन कोहि
कोहि बांच्नकै लागी
 भोक खोज्नछन ।
पहिलो श्रेणीका भोकाहरु
सदियौं देखिको भोक मेट्न
साम दाम र दण्ड प्रयोग गर्छन
आमाकै काखमा
हालीमुहालि गर्छन
दुध चुस्छन र रगत उकेल्छन
 छाला मासु सबै लुछ्चन
तर  तृप्त  कहिले  हुन्नन्
भोकका लागी बांच्दै गर्दा
ईमान जमान र नैतिकता बेच्छन ।
अर्को दर्जाका भोकाहरु
वायुयान मार्फत भोक खरिद्न जान्छन
रेखी बसे पछि मातृकाख त्यागी
भोको बन्ने अभियान मा जुट्छन
उतै  स्वयं भोक किनेर
यता उनकै  पेट भर्छन
आफ्नो भोक बांडेर
ख़ुशी साट्न मा गर्व गर्छन
परदेश भोक  किन्न जाने लाई
स्वदेश का भोकाहरुले
निचोर्न चिथर्न र पछार्न छाडदैनन ।
अर्काथरि भोकाहरु
जो फोहरको थुप्रोमा भेटिन्छन
न यिनले भोक चिन्छन
न त भोकनै किन्छन ।
सास छदा सम्म भोक रहनेछ
भोक छउन्जेल सास
अत: यहां,
भोक र  भोकाहरुको भोकयुद्ध
रवि शशि रहेसम्म रहि रहने छ ।
                     -०-