गजल
*****
फुस्किएको मनलाई, निकै पटक कसि हेरें
दुःख पीडा मर्मलाई, छेउ कुनामा बसि हेरें
कस्दा किन कसिन्थ्यो र, फुस्किएको घाईते मन
आँशुको डोव पच्छ्याउँदै, जीवन भित्र पसि हेरें
बाहिर मात्रै शरिर रैछ, भित्र जीवन रित्तो थियो
छैटौं दिन भाग्य लेख्दा, सुकि सक्या मसि हेरें
अभिलेख कता राख्छन, मान्छे बांच्ने हिसाबको
उमेर लेख्ने भाविलाई, निकै चिप्लो घसि हेरें
सबैलाई पूर्ण आयु , कहाँ मिल्छ र भावि भन्छ
त्यसैले त पचास पुग्दा, ठ्याम्मै उमेर असी हेरें


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home