वत्स गोत्रका,प्रवर तथा प्राचिन रिती
*****************************
"राणाको,लम्सालको,कुंवरको,दाहाल,रुपाखेतीको
देउता शंकर वत्स गोत्र प्रवरै पांचै छ है यतिको
शैय्या दान हरु सगोत्री हरुमा हुंदैन दिनु पनि
एकै गोत्रमा विवाह नगर्नु चण्डाल होला भनि"

(शिखरनाथ थर गोत्रावली ,बि.सं.१९५७)
११८ बर्ष अगाडी शिखरनाथ सुवेदी द्वारा लिखित थर गोत्रावली संबन्धि ग्रन्थमा वत्स गोत्रको केही मुख्य विवरण यसै श्लोक मार्फत प्रस्तुत गरेको पाईन्छ । पहिलो पंक्ति मा वत्स गोत्रीय नेपाली थरहरु उल्लेख गरिएका छन । जसमा राणा ,लम्साल , कुंवर,दाहाल र रुपा खेतीको मात्र वत्स गोत्र उल्लेख गरिएको छ । तर अचेल यि थर बाहेक चैाहान, खराल,रुचाल र दियाली समेतको वत्स गोत्र भनि उल्लेख भयको लेखहरु देख्न पाईन्छ । यि पछि थप भयका थरहरु यिनै पांच थरहरु बाट फाटेका हांगा हुन या शिखरनाथको अधुरो श्लोक हो ? यस बारे मा अनुसंधान हुनु जरुरी छ ।
दोस्रो पंक्ति मा वत्स गोत्रका मुख्य देवता शंकर अर्थात शिव हुन भन्ने स्पष्ट छ र वत्स गोत्रको पंच प्रवर भनि उल्लेख छ । पंच प्रवरमा भार्गव, च्यवन, आप्नवान, और्व र जमदग्न्य हुन ।
प्रवर भनेको के हो ?
वंश विस्तार गर्ने जिम्मेवारी पाएका ब्रह्माजीका दश मानस पुत्र ( कुनै ग्रन्थमा आठ उल्लेख छ ) मध्य सबै भन्दा श्रेष्ठ मानिएका भृगु ऋषिले आफ्नो वंश विस्तार को जिम्मेवारी वत्स ऋषिमा हस्तान्तरण गरेको तथ्य मत्स्य पुराणमा उल्लेख छ । यसरी वत्स ऋषिले आरंभ गरेको वंश विस्तार को कार्यलाई भृगु वंशकै सुविख्यात मन्त्रद्रष्टा र श्रेष्ठतम ऋषि हरु भार्गव, च्यवन, आप्नवान, और्व र जमदग्न्य ऋषिले कुशलता पूर्वक वत्स वंशलाई अघि बढाउने कार्य संपन्न गरे । यसरी मुल ऋषिले प्रारम्भ गरेको वंश विस्तार कार्य लाई सोही वंशका विद्वान ऋषि हरु द्वारा निरंतरता दिई यथेष्ठ योगदान गर्ने श्रष्टा हरु लाई नै प्रवर भनिन्छ । नेपालमा प्रचलित गोत्रहरुको मुख्यतया तिन र पांच प्रवर पाईन्छ ।
तेस्रो हरफमा , एउटै ऋषिका सन्ततीहरु सहोदर दाजु भाई सरह हुने भयकाले कुनै पनि प्रकारको दान दातव्य दाजु भाई भित्र लेन-देन गर्न नहुने उल्लेख गरिएको छ । अन्त्यमा ,एउटै गोत्रमा विवाह गर्न नहुने र यदि कुनै कारणले भै हालेमा पनि त्यसलाई चण्डाल मान्नु भन्ने निर्देशन दिईएको छ ।
चण्डाल भने को के हो ?
आरूढपतितापत्यं ब्राह्मण्यां यश्चशूद्रज:।
सगोत्रोढासुतश्चैव चाण्डालास्त्रायईरिता:॥
- यमस्मृति
संन्यासीको पुत्र, ब्राह्मणी स्त्रीले शूद्रको गर्भ बोकि जन्मेको पुत्र र समान गोत्र भयकि कन्या संग विवाह गरी जन्मिएको पुत्र, यि तीन लाई चण्डाल भनिन्छ ।
यसरी आफ्नो गोत्रको यथार्थ पहिचान गरी आफ्नो गोत्र परिवार भित्र कुनै पनि प्रकारको दान, लिन दिन एवं विवाह गर्न नहुने स्पष्ट छ ।
यस बाहेक आफ्नो गोत्र वंशको प्राचिन रिती जस्तै : वेद, उपवेद, शिखा र पादका बारे मा पनि ज्ञान हुनु जरुरी छ ।
वत्स-गाेत्रको प्राचिन रिती :-
वेद - शुक्ल यजुर्वेद
उपवेद - धानुर्वेद
शाखा - माध्यंदिनीय
सूत्र - कात्यायन
पाद - दायां ( पुजामा पहिला दायां पाउ धुने )
शिखा - दायां ( दायां घुमाई शिखा बांध्ने )
उपास्य देव - श्री शिव
प्रवर - पञ्च प्रवर
-०-

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home