गजल
********
पिडा बगाउंछु आंखा बाट, कायर भन्छ मान्छे
जब त्यै पिडा कलमले पोख्दा, वाह वाह भन्छ मान्छे
गजब छ दुनिया आंसु र हांसो, बुझ्दिने कोही छैन
पराईको घाउमा औंशा परे नि, ताली पो ठोक्छ मान्छे
उन्नति देख्न सक्दैन मान्छे, भरेंगमा खुट्टा तान्छ
मेरो यो भोक र शोकमा रमाई , मुसुक्क हास्छ मान्छे
मेरो गर्मी छेक्ने शितल छहारी, उखेली फालि दिन्छ
हिउंदको मेरो न्यानो त्यो घाम, हातैले छेक्छ मान्छे
दुनिया चाहन्छ झुटो बोलुं म,उसकै प्रसंसा गरि रहुं
तर म चाहन्छु सत्य नै बोल्छु , किन तितो मान्छ मान्छे
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home