Thursday, October 12, 2017



               
                 चमत्कारी पोस्टर :-

''दुई वटा परस्पर विरोधी पार्टिहरुको आगामी चुनावका लागी  गरिएको गठबंधनको  खवर हस्ताक्षर हुनु अगावै , चैतमासको डढेलो फैलिए झैं सारा देश-भरी फैलियो । दैनिक अनलाइनहरु, सामाजिक संजालका भित्ताहरु देखि चोक, गल्ली , चिया पसलमा समेत यसै बिषयको चर्चा चल्यो ।
          भोलिपल्ट बिहान नेताजी र श्रीमती जी , अखवार संगै  चियाका  लागी बसे ।
  " यो गठबंधन ले मुलुकको राजनितिमा आश्चर्य जनक फेरबदल हुने संकेत " लेखिएको हेडलाइन पढेपछि अचानक नेताकी श्रीमती  एक्कासी चिच्याउन थालिन । " हैन के देख्नु परेको  हो यस्तो ? " चमत्कार पो भयो त ! यो असंभव कुरा कसरी संभव भयो  ? तपाई ले त जादु पो गर्नु भो त ! कसरी मनाउनु भो उनिहरु लाई ? "
 लामो सुस्केरा हाले पछि  नेताजी मुसुक्क हास्नु भो र बैठक कक्षको भित्तामा झुण्ड्याएको निकै पुरानो पोस्टर तर्फ  संकेत गर्दै , श्रीमती  लाई भन्नु भयो -    " जुन तस्विर ले तिमीलाई र  मलाई संधै एउटै सुत्रमा बांधेर राख्यो । मैले वार्ताका लागी उनिहरु लाई यहि बोलाउनु पर्ने मुख्य कारण पनि यहि चमत्कारी पोस्टर थियो ।  सिध्दांत  तथा पद  बांडफांड का कुरामा अनेक प्रयत्न गर्दा पनि पटक्कै सहमति नहुने देखे पछि अन्तिम अस्त्र स्वरुप यहि पोस्टर देखाईदिएं । जब एक टकले उनले त्यो पोस्टर के हेरेका थिए , सहमति भै हाल्यो । "
   बिहानिपखको चिसो सिरेटो झ्यालबाट एक्कासी बैठकमा छिर्दा नेताजी को त्यै चमत्कारी पोस्टरमा अत्यंत आत्मियताका साथ  एक अर्का संग गला मिलाउदै  गरेका रातो कुकुर र  खैरे बिरालो भएको तस्विर   भने,  सरर्र हल्लिएर भित्तामा ठोकिएको आवाज , बैठक कक्ष भरि सुनियो ।