गजल
********
भिमोदयको प्रांगणमा, खेल्थ्यौं हात समाउंथ्यौं
पाकेका लिचि र जामुन, आंप खाई रमाउंथ्यौं
जेठ मासको उखर्माउलो, गर्मी छल्न रमाउंदै
स्तुलको भोटे रह पौडि,पाखुरीमा कन्याउंथ्यौं
कठ्यांग्रिदो जाडोमा, हुस्सुको स्विटर लाउंदै
चांप फेदमा घाम ताप्थ्यौं, लुगलुग ओठ कमाउंथ्यौं
बुढ़ी गण्डकीको पानी , अंजुलीले पिय पछि
अत्यन्तै फुर्ति पो आउंथ्यो , शरिर चंगा बनाउंथ्यौं
अत्यन्तै रसिला स्नेही , सबै शर गुरुजन हरु
चित्रशरको मिठो संगीत, सुनि खुब अघाउंथ्यौं
बालापनका ति मेरा साथी,को को कता पुगे कठै
आरुघाटमा भविष्य खोज्दै ,घर घर डेरा जमाउंथ्यौं
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home