Monday, April 16, 2018

 अपराधी को ?
***************
एक पटक कुनै एक राजाको  दरबारमा ब्राह्मणभोज को आयोजना गरियको थियो । निकै संख्यामा ब्राह्मण हरुलाई  भोजन का लागी  आमंत्रित गरियो । दरवार नजिकैको खुला चउरमा चुल्हो बनाई भोजन पकाउने तुल्याउने काम चलिरहेको थियो । त्यसै समयमा एउटा चीलले जिउंदो सर्प समातेर सोही स्थान माथीको आकाश मार्ग  बाट उंडदै रहेछ , अनजानमै त्यहां  एउटा दुर्घटना हुन पुग्यो । चीलले , समातेको सर्पलाई  उम्किन नसकोस भनि जोडले समाउंथ्यो , उता सर्प भने उम्कने प्रयासमा आफ्नो विषको फोहरा उकेली चीललाई आक्रमण गर्दथ्यो । संयोग वस त्यो बिषको फोहरा तल चुल्होमा पाकिरहेको पायस माथी खसेछ । त्यो सर्पको बिष त्यहां खसेको न कसैले देख्यो न त कसैले चाल  नै पायो ।
निम्तालु ब्राह्मणहरु सबैले  भोजनकक्षमा पाकेको सबै परिकार ग्रहण गरे । सर्पको बिषको असर केहि बेर पछि देखिन थाल्यो । भोजन गर्ने हरु सबैको प्राण गयो । राजा लाई यस घटनाले निकै आहत बनायो । हुन पनि ब्रह्महत्या को पाप लाग्ने  भयपछि उनि ठुलो चिन्ता मा परे । यो दुर्घटना ले सबै भन्दा बढी मुश्किल  यमराज लाई पर्यो । यतिका नरसंहार मा पाप को भागी को हुने भयो ? ब्रह्महत्याको  दंड कसलाई दिने ?  यमराजले निर्णय गर्न सकेनन । निमन्त्रण गर्ने  राजा लाई अपराधी मानौं , बिष काण्डमा उनको कुनै संलग्नता छैन , भान्से हरु पनि निर्दोष छन । तेस्रो नंवरमा चीललाई अपराधी मान्ने विचार गरे यमराज ले, तर यो पनि न्याय संगत लागेन । सर्पलाई दण्ड दिउं भने उ पनि आफ्नो ज्यान बचाउने काममा लागेको हो , त्यो पनि कसरी ?
निकै लामो समय बिचार गर्दा पनि ब्रह्महत्या को दंड दिनु पर्ने अपराधीका बारे मा निर्णय गर्न नसके पछि  यमराजले  स्वयं घटनास्थल मा आई छानविन गर्ने निर्णय लिए । तत्कालै छानविन सुरु भयो । दरवार प्रवेशको मुल चोकमा यमराज पुगेका मात्र थिए केही ब्राह्मणहरु  राजा संग भेट गर्ने उद्देश्यले दरवार तर्फ जांदै गरेको देखे । चोकमा आईपुग्दा उनिहरु अलमलमा परे । कुन बाटो दरवार जाने ? संयोग ले एकजना महिला देखा परिन , कता बाट दरवार जाने होला बताईदिनु हुन्छ कि ? महिलाले भनिन "बाटो त बताई दिन्छु तर विचार गर्नु होला ,राजाले त  ब्राह्मण हरु लाई खानामा बिष हालेर मारि दिन्छन नि ! "
 यता सुक्ष्म रुपमा अध्ययन गरि रहेका यमराज ले  ब्रह्महत्याको दंड दिनु पर्ने अपराधीको सुचिमा तिनै महिलाको नाम लेखे र आफ्नो छानविन सकिएकोले तुरुन्तै यमलोक तिर लागे ।
यमदूत हरु आश्चर्यमा परे ,  यमराज संग सोधे   'प्रभू कसरी महिला अपराधी ?' तब यमराजले भने   'जब कोही व्यक्तिले पाप गर्छ ,उसले त्यो पापकर्म गर्दै गर्दा निकै आनंद महसूस गर्दछ । ब्राह्मण भोजको त्यो नरसंहारमा न त  राजाले आनन्द लिए , न भान्सेले , चील र  सर्पले झन कसरी  आनंद लिनु !   अपराध  अनजानमै भयको थियो  । कहिले काहीं लाग्छ आफूंले ठुलो पाप गरेको छैन ,तर किन यति ठुलो दण्ड पाईयो ? जसरी ति महिला ले पाईन । तिनले मनमा आनन्द मान्दै राजा को निन्दा गरिन , यमराज ले समेत भेउ पाउन नसकेको सबै घटना को वास्तविकता आफूंले जाने को जस्तो घमण्ड गरिन र ब्रह्महत्याको दण्डको भागीदार बनिन ।

नेता लाई पत्र
************
आदरणीय नेता ज्यू ,
हामी ले जान्न चाहेका छैनौं
कि  तपाईं कवि  हो
साहित्‍यमा यहांको उचाई कति छ
यो हाम्रो चासो होईन
हास्य विधामा त झनै हुंदै होईन
पेशाले हसाउंने हरु अरु नै छन
हामिले जान्न चाहे को त
आमाको लाज बचाउन र
सन्तान को खोक्रो पेट भर्ने कलामा
तपाईंको उचाईं कति छ
बस , त्यत्ति जान्न चाहन्छौं हामी
हामी पटक्कै  जान्न चाहंदैनौं
तपाईंका उखान टुक्काले कति ओठहरु हांसे
त्यो मर्मभेदी शव्द वाणले कुन्नि कति ढले
मात्र हामी जान्न चाहन्छौं
तपाईंका नविन योजना हरु ले
कति ओठ टोकेर विदेशिएका हरु
ओठ खोलेर हांस्दै स्वदेश फर्कने छन
हामी देख्न चाहन्छौं
ईतिहासमैं मजबूत भनिएको तपाईंको टिमले
मुलुकको गरिबी गर्ल्याम्म ढालेको
छिमेकको  ढावा र कोठि  बाट
दिदी र भाई मुसुक्क मुस्काउंदै स्वेश फिरेको
हामीलाई  साच्चैं रसरंग  छैन
तपाईं  अभिनेता बनेर पर्दामा नाचेको
विगतहरुकै जस्तो औपचारिकता मा बांचेको
आमाको सपना हरु उधारोमा सांचेको
 भ्रष्टाचार र अविकसित को सुचिमा पारेको
हामीलाई त देख्नु छ
खाडीको वालुवामा पसिना सिंचिने नेपाली
मातृभुमीकै   काखमा लुटुपुटु  खेलेको
अनि हामीलाई अघाउंजी हेर्नु छ
देश विकसित भयर कायापलट भयको
भ्रष्टाचार मुक्त भै उन्नतिको शिखर चुमेको
हामीले जान्न चाहेका छैनौं
तपांईको दल भित्र खटपट छ या छैन
तपाईंको दलिय अड्डामा अनुशासन छ छैन
एक आपसमा बोलचाल होस वा नहोस
हामीलाई त चाहिए को छ
यहांका विविध धर्म र जातहरुका  विच
एक आपसमा भाईचारा कायमै रहोस
सबै ईमान्दार भै अनुशासित बनुन
"बसुधैव कुटुम्बकम" को अर्थ सबै ले बुझुन
हामीलाई अलिकति पनि चासो छैन
कुन नेता ले कहां र कति पढ्यो
लाखौं मुल्यको सुट कस्ले लगायो
सामान्य विरामी पर्दा को विदेश गयो
कुन नेताले  ठुलो फूल माला लगायो
हामिलाई त यति मात्र चाहिए को छ
काठमाण्डौं र कर्णालीको  शिक्षामा
कुनै भिन्नता नभै  सबैलाई सर्व सुलभ होस
हरेक नेपाली को आंग कहिल्यै नांगो नहोस
पखालाको जीवनजल र ज्वरोको सिटामोल
आफ्नै वस्तिमा सजिलै उपलब्ध होस
शिर ठाडो पारि नेपाली विर भयरै
अन्तिम सास छोडन पाईयोस  ।
                      -०-

गीत
******
कस्ले उतारी  देला,  यो डुव्नै लागेको नाउ
छैनन निचोरी दिने ,पिलो पाकेको घाउ
जब सपना मरेर गयो, बिपना निदाई रहेछ
आशा भनेको भगवान, केवल छ तिम्रै पाउ
कस्ले उतारी .......
जिउंदै छ यो शरिर ,  तर आत्मा मरेर गयो
हेर्छन सबै रमिता , भन्छन अझै न जाउ
कस्ले उतारी .....
गिज्याई रहेछन सारा , आफन्त भाई बन्धु
रित्तो मुठी देखाई ,भन्छन छ यो लैजाउ
कस्ले उतारी .......
गल्ती के थियो मेरो , सजायं यति धेरै
पाइन मैले यहां , चार पैसाको नि भाउ
कस्ले उतारी ....... ‌
पायर यति धेरै , यि  घाउ  दर्द  पिडा
भो पुग्यो बांच्ने रहर, लौन अब उठाउ
कस्ले उतारी ....
                        -०-

गजल (आमा)
***********
आमा तिम्रो आंखामा, शितल चन्द्र संधै भरी
वर्सन्छ तिम्रो बोलीमा, आशिर्वाद अमृतै सरी

केही जानेको छैनस, भनि अझै सिकाउंछ्यौ
तिम्रो  नजरले  देख्छ, सधैं बालक यसै  गरी

ढुंगा देख्छु सबै मान्छे, आमा तिमी कोमल
तिम्रो मुहारमा झल्किन्छ, ईश्वर रुप घरि घरि

माना चामलको भात , खाई सकें भने पनि
भोकै छु कि भनि छाम्छ्यौ ,मेरो पेट कठै बरी

मेरा हरेक पाईलामा, फूल ओच्छ्याउने तिमी
आफूं भने बाटोमा,हिंडछ्यौ तिखा कांडा छरि
                                 - कालिका ६ चितवन
                             -०-

Monday, April 9, 2018

दान

एउटा दाउरे  रात-दिन दाउरा काटेर  बिक्री गर्थ्यो । तर जति मेहनत गरे पनि आधा पेट मात्र खान पुग्थ्यो ।
एक दिन उसको भेट एउटा साधु संग भयो ।दाउरेले यसै मौकामा साधु संग भन्यो - " साधु महाराज ! जहिले हजुरको भगवान संग भेट हुन्छ , मेरो दुःख कष्टको बारेमा सोध्नु होला । के कारण  ,मैले जति मेहनत गरे पनि सुख पाउन सकिन ।
केही दिन पछि साधु संग उसको पुनः भेट भयो । उसले आफूंले केहि दिन अघि भनेक़ो कुरा साधु लाई स्मरण गरायो । साधु ले भने " भगवान ले भन्नु भयो तिम्रो आयु साठी बर्ष रहेछ , तिम्रो भाग्यमा पुरा जीवन को लागी
मात्र पांच बोरा अन्न लेखिएको पाईयो । तिमी   लाई पांच बोरा अन्नले  साठी बर्ष सम्म बांच्नका लागी पुर्याउन अहिले कम गरेर दिईएको रहेछ ।
यसरी आधा पेटमै केही समय बित्यो । एक दिन दाउरेले साधु लाई फेरी भन्यो " महाराज ! तपाईंको त भगवान संग भेट भै रहन्छ , अब एक पटक मेरो कुरा पुनः राखि दिनु होला । मेरो जीवन अवधि भर पाउने अन्न एक साथ पाऊं , कम-से-कम केही  दिन त म अघाउन्जेल खान सक्थें ।"
नभन्दै अर्को दिन उसको घरमा धेरै नै अन्न एक साथ जम्मा भयो ।
उसलाई अव विश्वास भयो भगवानले उसको भाग को सबै अन्न एकै पटक पठाई दिनु भयो ।
उसले भोलिको चिन्ता गरेन , सारा अन्नको भोजन बनायो , गाउं का जोगी फकिर र भोका मान्छेहरु जम्मा गरेर भोजन गरायो र आफूंले पनि जीवनमै पहिलो पटक पेट भरी भोजन गर्यो ।
तर आश्चर्य ! भोली पल्ट बिहान घरमा हिजोकै जत्ति अन्न जस्ताको तस्तै पायो । उसले फेरी गरिव गुरुवा जम्मा गरेर भोजन गरायो । फेरी पनि अन्न भंडार उस्तै देखिन्थ्यो , अन्न घट्दैन थियो । यसरी उसको हरेक दिनको कामै यही हुन थाल्यो , गरिव भोका जम्मा गर्ने भोजन गराउने । अब उ दाउरा काट्न समेत जान छाड्यो ।
एक दिन साधु उसको दानको व्यापक चर्चा सुनेर उसैको घरमा आय । साधु महाराज ! तपाईं भन्नु हुन्थ्यो मेरो भाग्यमा जम्मा पांच बोरा मात्र अन्न छ । तर दिन दिनै बोरा का बोरा अन्न त आईरहेको छ त ? यो कसरी संभव भयो ?
साधुले सम्झाउंदै भने , "तिमीले आफ्नो बांकि जीवन को समेत चिन्ता नगरी आफ्नो भागको अन्न भोका दुःखी र गरिब लाई खुवायौ । त्यसैले भगवान ले तिनै गरिबको भाग समेत तिमीलाई नै दिई रहनु भयको छ ।"

असल मान्छे
***********
त्यस गाउंमा एउटा असल केटी थिई , उ पढाईमा अत्यन्त तेज  थिई , नित्य भगवान को पुजा पाठ गर्थि , घरमा बाउ आमालाई सुख दुःख मा साथ दिएर,भाई बैनी लाई निती नियम सिकाउंथी ,गाउं टोलमा ठुला बड़ा को इज्जत गर्थी । साच्चै भन्दा उसले  घरलाई  आदर्शगृह नै बनाएकि थिई ।
गाउंकै एउटा उरन्ठेउलो र हावादारी केटो उसको पछि लाग्थ्यो । उ कतै काममा जांदा बाटो ढुकेर बस्थ्यो , गल्लीमा कुरेर बस्थ्यो । कहिले मुखले सिट्टि बजाउंथ्यो ,कहिले गीत गाउंथ्यो , आंखा छोपिदिन्थ्यो  । त्यस केटो देखि उ हैरानै भयकि थिई । एक दिन दुई दिन मात्र होईन , हरेक दिन उ यसै गर्दथ्यो ।
उ निकै दु:खी भयर  एक संत को आश्रममा गयर बस्न थाली । बर्षौं देखी  उसको परिवार तिनै संतका अनुयायी थिए ।
उसलाई आश्रममा शान्ति मिल्यो ।   उ संतको  सहायक बनेर त्यहां प्रवचन समेत दिन थालि । एक दिन संतले भन्यो "तिम्रो शरिरमा  प्रेत को छायां पो देखिन्छ त !
यस्तो छायां अरुको पनि हुन्थ्यो , मैले धेरैको भगाई सकें । "
एक रात संतले उसको  प्रेत बाधा  भगाएरै छाड्यो । अब , उसको  विश्वासमा ठेस लाग्यो ।
उसले बिचार गरी अब यस्ता ढोगी सन्तको भण्डाफोर गर्नु पर्छ , समाजलाई जगाउनु पर्दछ । उ पत्रकार बनि । त्यो क्षेत्र मा पनि उसले उल्लेख्य रुपमा चर्चा बटुली ।
 एक दिन उसकै सहकर्मी एक आदर्श पत्रकारले  भरेंगमा उसको पाखुरा समात्यो ।
उ गुनासो सहित आफ्नै पार्टिको नेता कहां पुगी  । तर नेताजी अर्द्धनग्न  अवस्थामा अर्कैको गुनासो सुन्नमा मग्न थिए ।
अब उसले यो  समाज कै बिकृतिका बिरुद्ध
न्यायलयमा गुहार माग्ने बिचार गरि । तर त्यहां पनि  उसको आशा झनै निराशामा परिणत भयो ।
उसलाई यो समाज देखि नै घृणा लाग्न थाल्यो । नक्कली आवरणमा सक्कली रुप भयका मान्छेको जातै संग घृणा लाग्यो ।
उसले कसैलाई पनि आफ्नो ईज्जत सुम्पन चाहिन ।
एक दिन उ फर्केर आफ्नै गाउंमा पुगि । जसलाई उ  उरण्ठेउलो र हावादरी भन्थी , सरासर उसकै घर पुगी । त्यो केटी लाई देख्ना साथ उसले सधैं जस्तै सिट्टि बजायो । उ रुन थालि , केटा चाहींको पाखुरामा जोडले समातेर भनि -" तिमी जस्तो असल मान्छे आज सम्म मैले कतै देखिन , किन कि तिम्रो भित्री मनमा जे छ बाहिर पनि त्यै छ ।"
                        -०-

अपराधी को ?
***************
एक पटक कुनै एक राजाको  दरबारमा ब्राह्मणभोज को आयोजना गरियको थियो । निकै संख्यामा ब्राह्मण हरुलाई  भोजन का लागी  आमंत्रित गरियो । दरवार नजिकैको खुला चउरमा चुल्हो बनाई भोजन पकाउने तुल्याउने काम चलिरहेको थियो । त्यसै समयमा एउटा चीलले जिउंदो सर्प समातेर सोही स्थान माथीको आकाश मार्ग  बाट उंडदै रहेछ , अनजानमै त्यहां  एउटा दुर्घटना हुन पुग्यो । चीलले , समातेको सर्पलाई  उम्किन नसकोस भनि जोडले समाउंथ्यो , उता सर्प भने उम्कने प्रयासमा आफ्नो विषको फोहरा उकेली चीललाई आक्रमण गर्दथ्यो । संयोग वस त्यो बिषको फोहरा तल चुल्होमा पाकिरहेको पायस माथी खसेछ । त्यो सर्पको बिष त्यहां खसेको न कसैले देख्यो न त कसैले चाल  नै पायो ।
निम्तालु ब्राह्मणहरु सबैले  भोजन स्थलमा पाकेको सबै परिकार ग्रहण गरे । सर्पको बिषको असर केहि बेर पछि देखिन थाल्यो । भोजन गर्ने हरु सबैको प्राण गयो । राजा लाई यस घटनाले निकै आहत बनायो । हुन पनि ब्रह्महत्या को पाप लाग्ने  भयपछि उनि ठुलो चिन्ता मा परे । यो दुर्घटना ले सबै भन्दा बढी मुश्किल  यमराज लाई पर्यो । यतिका नरसंहार मा पाप को भागी को हुने भयो ? ब्रह्महत्याको  दंड कसलाई दिने ?  यमराजले निर्णय गर्न सकेनन । निमन्त्रण गर्ने  राजा लाई अपराधी मानौं , बिष काण्डमा उनको कुनै संलग्नता छैन , भान्से हरु पनि निर्दोष छन । तेस्रो नंवरमा चीललाई अपराधी मान्ने विचार गरे यमराज ले, तर यो पनि न्याय संगत लागेन । सर्पलाई दण्ड दिउं भने उ पनि आफ्नो ज्यान बचाउने काममा लागेको हो , त्यो पनि कसरी ?
निकै लामो समय बिचार गर्दा पनि ब्रह्महत्या को दंड दिनु पर्ने अपराधीका बारे मा निर्णय गर्न नसके पछि  यमराजले  स्वयं घटनास्थल मा आई छानविन गर्ने निर्णय लिए । तत्कालै छानविन सुरु भयो । दरवार प्रवेशको मुल चोकमा यमराज पुगेका मात्र थिए केही ब्राह्मणहरु  राजा संग भेट गर्ने उद्देश्यले दरवार तर्फ जांदै गरेको देखे । चोकमा आईपुग्दा उनिहरु अलमलमा परे । कुन बाटो दरवार जाने ? संयोग ले एकजना महिला देखा परिन , कता बाट दरवार जाने होला बताईदिनु हुन्छ कि ? महिलाले भनिन "बाटो त बताई दिन्छु तर विचार गर्नु होला ,राजाले त  ब्राह्मण हरु लाई खानामा बिष हालेर मारि दिन्छन नि ! "
 यता सुक्ष्म रुपमा अध्ययन गरि रहेका यमराज ले  ब्रह्महत्याको दंड दिनु पर्ने अपराधीको सुचिमा तिनै महिलाको नाम लेखे र आफ्नो छानविन सकिएकोले तुरुन्तै यमलोक तिर लागे ।
यमदूत हरु आश्चर्यमा परे ,  यमराज संग सोधे   'प्रभू कसरी महिला अपराधी ?' तब यमराजले भने   'जब कोही व्यक्तिले पाप गर्छ ,उसले त्यो पापकर्म गर्दै गर्दा निकै आनंद महसूस गर्दछ । ब्राह्मण भोजको त्यो नरसंहारमा न त  राजाले आनन्द लिए , न भान्सेले , चील र  सर्पले झन कसरी  आनंद लिनु !   अपराध  अनजानमै भयको थियो  । कहिले काहीं लाग्छ आफूंले ठुलो पाप गरेको छैन ,तर किन यति ठुलो दण्ड पाईयो ? जसरी ति महिला ले पाईन । तिनले मनमा आनन्द मान्दै राजा को निन्दा गरिन , यमराज ले समेत भेउ पाउन नसकेको सबै घटना को वास्तविकता आफूंले जाने को जस्तो घमण्ड गरिन र ब्रह्महत्याको दण्डको भागीदार बनिन ।

                             -०-

गजल
************
विश्वकै उच्च पहिचानको,राष्ट्र धर्म फाले पछि
गौमांसका कुरा उब्जे,उसले संदेश हाले पछि

योजना सहितै यहां, भयो कि आक्रमण पनि
 हाम्रा गुरुका  छाति , ताकि  हान्न  थाले पछि

युरोपेली यि  म्लेच्छले , आगो  लगाउने भयो
हिन्दु वैदिक शालाको, धर्म कलश ढाले पछि

मन्दिरमा लगाउंदैछ , त्यसका खैरा नजर हरु
डलर युरो बांडने हात, कुष्टि सल्कि झरे पछि

तिनका पैसामा यो हिन्दु,झुक्दैन कहिले पनि
हिन्दु बिउझन्छ अब ,त्यसले आगो बाले पछि
                             -०-


Thursday, April 5, 2018

गजल
*********

जनै टुप्पि जब देख्थ्यो , मुगल सम्राटले त्यहां
काट्न  लखेट्न  थालेछ , हिन्दु रहन्थे जहां

हिन्दुत्व  जोगाउने ,  अभियान  सुरु  भयो
हाम्रा पुर्खा भट्ट दासु , त्यसै खातिर आय यहां

राजस्थान बिहार युपी, हुंदै  त्यो  दहगाउंमा
पुगी निर्माण गरेछन , सुन्दर गृहस्थी  यहां

अत्यन्तै  अनुशासित , जन्मिए सन्तान हरु
केही जान्थे खेतबारी ,कोही छ गुरुकुल जहां

बस्दा रहदा तिनका , सन्तान बृद्धि हुंदै गयो
त्यहां सांगुरो भई फैलियो , हामी छौं अहिले जहां

दहाल दाहाल भिन्न हैनन ,एउटै हुन सबका पिता
रुपाखेति बुढामा  भेद , नगरी  एक हौं  यहां
                             -०-

गजल
*************

छोरो विघ्न होला ज्ञानी  , भन्थि धेरै पढे पछि
झन अज्ञानी भयो लौन , जहाज मा चढ़े पछि

गाउं पटक्कै संझेन , बिर्स्यो बाउ आमा पनि
किन गर्थ्यो  यता याद , उतै  भाउ  बढ़े पछि

केही दिन रोई थी आमा , नियास्रो अतिनै भयो
अचेल आंखा रसाउंदैनन , उस्को मनै डढे पछि

कति दशैं तिहार आय,मरि जाम पत्तो पाईन
अचेल धेरै यसै रोलान,कोखको घाउ सडे पछि

कुरि  बसेका छौं काल,आफ्नै पिंढी टाढा भयो
जन्मेको  ठाउंमै  भाग्य ,नराम्ररी लडे  पछि
                           -०-












Tuesday, April 3, 2018

मेरो  साथी
 (कविता)
**************
जुन दिन शहरको गल्लीमा त्यसलाई भेटें
मेरो नमस्कार पनि स्विकारेन  उसले
त्यस पछि मेरो छाति  गर्वले फुल्यो
अब मेरो साथी ठुलो मान्छे भय छ
म सोच्ने गर्थें
म संगै नहुंदा त्यो  भोकै होला
मैले जस्तै मकै भटमास कस्ले देला
पेटको अग्नि के गरि शान्त गर्ला
मेरो यो चिन्ता अब सांच्चै रहेन साथी
उ कि नेता भयछ  नभय नि ठुलो त भय छ
त्यसताका
उसको किताबको झोला च्यातिए पछि
मेरो धोक्रोले निर्मित मजबूत झोला
साझा बनाएर बोकेको त्यो क्षण ,
कलकत्ते मामाको हिन्दुस्तानी उपहार
ठुटे शर्ट उनेर पालै पालो मामाघर जान्थ्यौं
म नभय उ र  उ नहुंदाको म
कल्पना गर्न  पनि सकिदैन थियो
संगै खाने संगै सुत्ने संगै हिंडने मेरो साथी
त्यस दिन त संगै चिया खाने निम्तो पनि
खै हामी दुवैले गर्न सकेनौं किन हो
मेरो निर्क्यौल ,
मेरो मन मिल्ने साथीमा घमण्ड चढेछ
धेरै पढेको उ  र  नपढेको म विच
उसलाई असहज लागेर होला
खासै बातचित बिना नै हामी छुट्टियौं
उस्लाई कुन्नी मलाई त अचम्म लाग्यो
एक दिन अखवारमा फोटो सहित उ देखियो
उसले बिरक्तिएर ईच्छा मरण  गरेछ
त्यसदिन
उसको मुहारमा भरिएको उदासी लाई
धन र पढाईको घमण्ड ठानें  मैले
तेरो  उदासी र घमण्डी पनको अन्तर
मैले पटक्कै  बुझ्न सकिन साथी
मलाई माफ गरिदे है  ।
                          -०-

Sunday, April 1, 2018

मुक्तक
*********

कलमको कारोबारी दलको दौरा  समाउंछ
अर्कोथरी ताई न तुईको भाषणमा रमाउंछ
 जसले राष्ट्रको नुन खान्छ त्यो नै घुन बने पछि
देश भंडखालोमा पारि नौ पुस्तालाई कमाउंछ
                              -०-