अपराधी को ?
***************
एक पटक कुनै एक राजाको दरबारमा ब्राह्मणभोज को आयोजना गरियको थियो । निकै संख्यामा ब्राह्मण हरुलाई भोजन का लागी आमंत्रित गरियो । दरवार नजिकैको खुला चउरमा चुल्हो बनाई भोजन पकाउने तुल्याउने काम चलिरहेको थियो । त्यसै समयमा एउटा चीलले जिउंदो सर्प समातेर सोही स्थान माथीको आकाश मार्ग बाट उंडदै रहेछ , अनजानमै त्यहां एउटा दुर्घटना हुन पुग्यो । चीलले , समातेको सर्पलाई उम्किन नसकोस भनि जोडले समाउंथ्यो , उता सर्प भने उम्कने प्रयासमा आफ्नो विषको फोहरा उकेली चीललाई आक्रमण गर्दथ्यो । संयोग वस त्यो बिषको फोहरा तल चुल्होमा पाकिरहेको पायस माथी खसेछ । त्यो सर्पको बिष त्यहां खसेको न कसैले देख्यो न त कसैले चाल नै पायो ।
निम्तालु ब्राह्मणहरु सबैले भोजनकक्षमा पाकेको सबै परिकार ग्रहण गरे । सर्पको बिषको असर केहि बेर पछि देखिन थाल्यो । भोजन गर्ने हरु सबैको प्राण गयो । राजा लाई यस घटनाले निकै आहत बनायो । हुन पनि ब्रह्महत्या को पाप लाग्ने भयपछि उनि ठुलो चिन्ता मा परे । यो दुर्घटना ले सबै भन्दा बढी मुश्किल यमराज लाई पर्यो । यतिका नरसंहार मा पाप को भागी को हुने भयो ? ब्रह्महत्याको दंड कसलाई दिने ? यमराजले निर्णय गर्न सकेनन । निमन्त्रण गर्ने राजा लाई अपराधी मानौं , बिष काण्डमा उनको कुनै संलग्नता छैन , भान्से हरु पनि निर्दोष छन । तेस्रो नंवरमा चीललाई अपराधी मान्ने विचार गरे यमराज ले, तर यो पनि न्याय संगत लागेन । सर्पलाई दण्ड दिउं भने उ पनि आफ्नो ज्यान बचाउने काममा लागेको हो , त्यो पनि कसरी ?
निकै लामो समय बिचार गर्दा पनि ब्रह्महत्या को दंड दिनु पर्ने अपराधीका बारे मा निर्णय गर्न नसके पछि यमराजले स्वयं घटनास्थल मा आई छानविन गर्ने निर्णय लिए । तत्कालै छानविन सुरु भयो । दरवार प्रवेशको मुल चोकमा यमराज पुगेका मात्र थिए केही ब्राह्मणहरु राजा संग भेट गर्ने उद्देश्यले दरवार तर्फ जांदै गरेको देखे । चोकमा आईपुग्दा उनिहरु अलमलमा परे । कुन बाटो दरवार जाने ? संयोग ले एकजना महिला देखा परिन , कता बाट दरवार जाने होला बताईदिनु हुन्छ कि ? महिलाले भनिन "बाटो त बताई दिन्छु तर विचार गर्नु होला ,राजाले त ब्राह्मण हरु लाई खानामा बिष हालेर मारि दिन्छन नि ! "
यता सुक्ष्म रुपमा अध्ययन गरि रहेका यमराज ले ब्रह्महत्याको दंड दिनु पर्ने अपराधीको सुचिमा तिनै महिलाको नाम लेखे र आफ्नो छानविन सकिएकोले तुरुन्तै यमलोक तिर लागे ।
यमदूत हरु आश्चर्यमा परे , यमराज संग सोधे 'प्रभू कसरी महिला अपराधी ?' तब यमराजले भने 'जब कोही व्यक्तिले पाप गर्छ ,उसले त्यो पापकर्म गर्दै गर्दा निकै आनंद महसूस गर्दछ । ब्राह्मण भोजको त्यो नरसंहारमा न त राजाले आनन्द लिए , न भान्सेले , चील र सर्पले झन कसरी आनंद लिनु ! अपराध अनजानमै भयको थियो । कहिले काहीं लाग्छ आफूंले ठुलो पाप गरेको छैन ,तर किन यति ठुलो दण्ड पाईयो ? जसरी ति महिला ले पाईन । तिनले मनमा आनन्द मान्दै राजा को निन्दा गरिन , यमराज ले समेत भेउ पाउन नसकेको सबै घटना को वास्तविकता आफूंले जाने को जस्तो घमण्ड गरिन र ब्रह्महत्याको दण्डको भागीदार बनिन ।

