अखवार
*********
पढि सकेर च्यातिएको
अभागी अखवार म ।
टुक्रा टुक्रा छरपस्ट छु ।
सयौं पाईलाहरु ले,
कुल्चदै थुक्दै गर्दा,
गलि सकेको छु ।
माटोमा जन्मिएं ,
लहडैमा बृक्ष बने ।
काटिएं पेलिएं,
थिचिएं मिचिएं,
दुःख मनाउ थिएन ।
तर मान्छेले थुकेको,
उसैले कुल्चेको ,
कसरी सहुं म ?
जतिबेला ,
म गौरव गर्थें,
मलाई धेरैले पढ्थे ,
धेरैले सुन्थे र ,
केहीले बुझ्थे पनि ।
यतिबेला ,
म निराश छु ।
न मैले कसैलाई ,
पढन सकें ,
न बुझ्न सकें ,
न त चिन्न सकें ।
वर्तमानले भन्छ ,
तं पनि बाक्लो,
खोल सहितको ,
किताब बनेर देखाउन ,
किन सकिनस ?
किन अखवार ,
बन्ने रहर गरिस ?
म निरुत्तर हुन्छु ,
किन कि ,
म त धुजा धुजा ,
भै सकेको अखवार ।
अब म संग पुनः ,
किताबको ठेलि ,
बन्ने सामर्थ्य छैन ।
त्यसैले ,
तिमी त सक्छौ भने
खोलमात्र होईन ,
खोल भयको,
किताब बन ।
नभय पनि ,
म जस्तै
अखवार भने नबन्नु ।
-०-