कलियुग
*********
श्रीमद्भागवत महापुराण अन्तर्गत एकादशःस्कंधको - द्वितीयोऽध्यायःमा कलियुगको भविष्यवाणी यसरी गरिएको छ ।
ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया ।
कालेन बलिना राजन् नङ्क्ष्यत्यायुर्बलं स्मृतिः ॥
अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक शक्ति र स्मृति सबै दिन- प्रतिदिन घट्दै जान्छ ।
वित्तमेव कलौ नॄणां जन्माचारगुणोदयः ।
धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ॥
अर्थ- कलियुगमा जुन व्यक्ति संग जति धेरै धन हुन्छ उ त्यतिनै गुणवान मानिन्छ , र न्याय तथा कानुन केवल शक्तिको आधारमा मात्र लागु गरिन्छ ।
दाम्पत्येऽभिरुचिर्हेतुः मायैव व्यावहारिके ।
स्त्रीत्वे पुंस्त्वे च हि रतिः विप्रत्वे सूत्रमेव हि ॥
अर्थ- कलियुगमा पुरुष-स्त्री बिना विवाह पनि केवल एक-अर्कोको रूचिका अनुसार साथमा रहन्छन । व्यापार को सफलता छल-कपटमा निर्भर रहन्छ । कलियुगमा ब्राह्मण मात्र एउटा धागो लगाएको भरमा म ब्राह्मण हुं भनि दावा गर्दछ ।
लिङ्गं एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् ।
अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ॥
अर्थ- जसले घूस दिन सक्दैन या धन खर्च गर्न असमर्थ हुन्छ , उसले अदालत बाट न्याय पाउन सक्दैन । जो व्यक्ति अत्यन्त धुर्त र स्वार्थी हुन्छ उ कलियुगमा प्रख्यात विद्वान मानिन्छ ।
क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया ।
*त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्।।*
अर्थ- मान्छेहरु भोख-प्यास र अनेकौं तरह का चिंताले दुखी रहन्छन । बिभिन्न किसिमका रोग र महामारी बाट घेरिई रहन्छन । कलियुगमा मनुष्यको आयु केवल बीस अथवा तीस वर्षको मात्र हुने छ ।
*दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम् ।*
*उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि ॥*
अर्थ- मान्छेहरु टाढा - टाढाको नदी-तलाउ लाई तिर्थ मान्ने छन , तर आफ्नै साथ रहेका माता-पिताको निंदा गर्ने छन । शिरमा लामो लामो कपाल राख्नु लाई सुन्दरता मान्ने छन । केवल पेट भर्नु मात्र मानिस हरुको लक्ष हुने छ ।
*अनावृष्ट्या विनङ्क्ष्यन्ति दुर्भिक्षकरपीडिताः।*
*शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः ॥*
अर्थ- कहिले बर्षा न हुने , कहिले भिषण बर्षा हुने , कहिले सुक्खा पर्ने , कहिले अत्यन्त जाडो हुने , कहिले उखरमाउलो गर्मी हुने गर्दछ । कहिले आंधी हुरी आउने त कहिले बाढी आउने हुन्छ । यस्तै समस्या हरु संग मानिस पिडित भै नष्ट हुने छन ।
*अनाढ्यतैव असाधुत्वे साधुत्वे दंभ एव तु ।*
*स्वीकार एव चोद्वाहे स्नानमेव प्रसाधनम् ॥*
अर्थ- कलियुगमा जुन व्यक्ति संग प्रसस्त धन हुंदैन उसलाई अधर्मी, अपवित्र र बेकारको मानिने छ । विवाह लाई दुई व्यक्ति बिचको समझौता मात्र मानिने छ । मान्छेहरु मात्र स्नान गरे पछि आफ्नो अंतरात्मा शुद्ध भयो भन्ने सम्झने छन ।
*दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम् ।*
*एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले ॥*
अर्थ- धर्म-कर्म त केवल अर्को लाई असल छु भनि देखाउन मात्र गरिन्छ । सारा पृथ्वी भ्रष्ट व्यक्तिहरुले भरिने छ र मान्छेहरु सत्ता हासिल गर्नाकै लागी एक अर्काको हत्या गर्ने छन ।
आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम् ।
शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः ॥
अर्थ- अनिकाल र अत्याधिक करका कारण मान्छेहरु आत्तिएर घर छोडी सड़क तथा पहाड़मा रहन बाध्य हुने छन । साथ साथै रुखका पात , जरा , मासु , जंगली फल , फूल र बिउ बिजन खान बाध्य हुने छन ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home