पछुतो
********
जंगलमा यस पटक पशुहरुले बांदर लाई राजा चुन्ने बिचार गरेछन । नभन्दै बांदर लाई सिंहासन मा राखियो । केही दिन मा स्यालले मृगको बच्चा लाई समात्यो , जंगलमा हाहाकार मच्चियो । सबै मिलेर राजालाई बिन्ति चढाईयो , "सरकार अन्याय भयो , स्यालले दिन दहाडै मृगको बच्चा समात्यो , निसाफ चाहियो "! बांदरले बिन्तिपत्र हेर्दै हेरेन । एउटा रुख बाट अर्को र अर्को हांगा बाट अर्को मा उफ्रने पो गर्न थाल्यो । " "स्याललाई कार्यवाही किन भयन ? महाराज को पनि संलग्नता त छैन ?" सबैले शंका सहित आवाज उठाए ।
"म रुख र हांगामा उफ्रदा , दगुर्दा कुनै कमि भयको छ भने भन , अन्यथा स्यालको काम भनेको मृगको बच्चा समात्ने नै हो । " बांदर राजाले भन्यो ।
बांदरलाई राजा बनाएकोमा भने सबै जनावर हरु पछुतो मान्दै थिए ।
-०-

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home