गजल
*******
स्कूल पढ़ने उमेरमा , भांडा कुंडी खेल्थ्यो
मास्टर देखे त्यो थुतुनो, बरको रुखले छेल्थ्यो
पढन लेख्न न आएनि, औंला ठड्याई बोल्ने
त्यस बेला नि बानि थियो, साथी लाई पेल्थ्यो
कांक्रो बोडि आरु चोरी , कति खायो खायो
पक्री बांध्यो भने उल्टै , बांध्ने लाई नै जेल्थ्यो
नेता बन्नु रैछ अहिले , अनेक उधुम गर्थ्यो
अहिले जस्तै उ बेला नि,बिरोधि लाई ठेल्थ्यो
नेता भन्ने चिजै यस्तो , उस्लाई हेरे हुन्छ
पढाई लेखाई कुरा गर्दा ,उ त सात फेल थ्यो
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home