Thursday, April 5, 2018

गजल
*************

छोरो विघ्न होला ज्ञानी  , भन्थि धेरै पढे पछि
झन अज्ञानी भयो लौन , जहाज मा चढ़े पछि

गाउं पटक्कै संझेन , बिर्स्यो बाउ आमा पनि
किन गर्थ्यो  यता याद , उतै  भाउ  बढ़े पछि

केही दिन रोई थी आमा , नियास्रो अतिनै भयो
अचेल आंखा रसाउंदैनन , उस्को मनै डढे पछि

कति दशैं तिहार आय,मरि जाम पत्तो पाईन
अचेल धेरै यसै रोलान,कोखको घाउ सडे पछि

कुरि  बसेका छौं काल,आफ्नै पिंढी टाढा भयो
जन्मेको  ठाउंमै  भाग्य ,नराम्ररी लडे  पछि
                           -०-












0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home