गजल (आमा)
***********
आमा तिम्रो आंखामा, शितल चन्द्र संधै भरी
वर्सन्छ तिम्रो बोलीमा, आशिर्वाद अमृतै सरी
केही जानेको छैनस, भनि अझै सिकाउंछ्यौ
तिम्रो नजरले देख्छ, सधैं बालक यसै गरी
ढुंगा देख्छु सबै मान्छे, आमा तिमी कोमल
तिम्रो मुहारमा झल्किन्छ, ईश्वर रुप घरि घरि
माना चामलको भात , खाई सकें भने पनि
भोकै छु कि भनि छाम्छ्यौ ,मेरो पेट कठै बरी
मेरा हरेक पाईलामा, फूल ओच्छ्याउने तिमी
आफूं भने बाटोमा,हिंडछ्यौ तिखा कांडा छरि
- कालिका ६ चितवन
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home