गजल
************
विश्वकै उच्च पहिचानको,राष्ट्र धर्म फाले पछि
गौमांसका कुरा उब्जे,उसले संदेश हाले पछि
योजना सहितै यहां, भयो कि आक्रमण पनि
हाम्रा गुरुका छाति , ताकि हान्न थाले पछि
युरोपेली यि म्लेच्छले , आगो लगाउने भयो
हिन्दु वैदिक शालाको, धर्म कलश ढाले पछि
मन्दिरमा लगाउंदैछ , त्यसका खैरा नजर हरु
डलर युरो बांडने हात, कुष्टि सल्कि झरे पछि
तिनका पैसामा यो हिन्दु,झुक्दैन कहिले पनि
हिन्दु बिउझन्छ अब ,त्यसले आगो बाले पछि
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home