वत्स गोत्रका शिर्ष व्यक्तित्व को र कहां-का थिए वत्स ऋषि ?
एक पटक स्वर्गको देवसभामा सामवेद गायन है रहंदा दुर्वासा ऋषि र उपमन्यु ऋषिका बिचमा विवाद उत्पन्न भएछ , विवादका कारण वैदिक रागमा स्वरभंग हुन पुगेपछि विणा वादक सरस्वतीले हांसो थाम्न सकिनन र खित्का निकालिन । उनको हांसोले दुर्वासाको पारा चढ्यो र श्राप दिई हाले " हे दुर्वुद्धे पापिनी तं तुरुन्त पृथ्वीमा गै सामान्य मानव भै बस् , तेरो लागी स्वर्गमा ठाउं छैन अब ।" दुर्वासाको श्राप सुन्ने बित्तिकै उनि अलाप विलाप गर्दै रुन थालिन । उनका पिता ब्रह्मा जी ले दुर्वासाको कड़ा शव्दमा भर्त्सना गर्दै, सरस्वती लाई भने पुत्री, जे नहुनु थियो आखिर मैं सक्यो , अब धैर्य गर पृथ्वी लोक मा जान विलम्ब नगर बरु तिम्रो सखी सावित्री पनि जाने छिन । पुत्र मुख दर्शन पछि तिमी श्राप मुक्त हुनेछ्यौ र तिमी तुरुन्त स्वर्गमा आउनेछ्यौ ।
उनि मर्त्य मण्डल को हिरण्यवाह ( शोण नदी ) को पश्चिम किनार स्थित अत्यन्त रमणीय र हरीयालीले सुशोभित एवं पवित्र स्थान मा पर्ण कुटी बनाई सखी सावित्री का साथ रहन लागिन । (जुन नदी हाल भारतको गोंडवाना ( शोणभद्रा ) पर्वत श्रृंखला बाट निस्केर बिहार को पटना नजिकै गंगा नदी मा समाहित हुन्छ । )
निकै वर्ष विते , एक दिन कुटी बाहिर हल्ला कोलाहल सुनियो के रहेछ भनेर बाहिर हेर्न आउंदा हजारौं सैनिक का माझमा घोडामा सवार अत्यन्त वलशाली र सुन्दर युवक संग आंखा जुध्न पुगे । दुबै एक अर्का प्रति मन्त्रमुग्ध भय ।
ति युवक महर्षि च्यवन महाराज र शर्यातपुत्री सुकन्या का पुत्र राजकुमार दधिचि रहेछन । उनिहरु विच को त्यो प्रेम संबन्ध , पछि विवाहमा परिणत भयो । उनिहरुले गान्धर्व विवाह गरे र असल पति पत्नीको भुमिका मा खरो उत्रिए । अत्यन्त घनिष्ठता बढन थालेपछि सरस्वती ले आफ्नो वास्तविक परिचय लुकाईनन । लगभग एक बर्ष को संगैको बसाई पछि उनिहरु बाट सारस्वत नामक एउटा पुत्र जन्मियो । पुत्र प्राप्ति पछि उनि श्राप मुक्त भईन । पुत्रलाई " सर्वगुण संपन्न भव : " भन्ने वरदान दिएर उनि स्वर्गमा फर्किइन । यता पत्नी वियोगले विक्षिप्त जस्तै भयका राजकुमार दधीचिले वैराग्य धारण गरि घोर तपस्या गर्ने निधोगरी आफ्नो पुत्रलाई आफ्नो भाईबुहारी अक्षमाला लाई सुम्पियर तपस्याका लागी प्रस्थान गरे । गर्भावस्थाकि अक्षमाला ले पनि " वत्स " नाम गरेको सुन्दर पुत्रलाई जन्मदिईन । सरस्वती पुत्र "सारस्वत" र अक्षमाला पुत्र " वत्स " दुबैले माता अक्षमाला को दुध पिएर हुर्कन थाले । दुबैको समान स्याहार सुसार र समान पालन-पोषणका कारण तथा एक आमाका दुध पिएका कारण सारस्वत एवं वत्स का विच सहोदर भात्रृवत संवन्ध कायम रहन गयो ।
माता सरस्वती को "सर्वगुणसंपन्न" को वरदान पाएका सारस्वत, संपूर्ण विद्या मा निपुण र पारंगत भय । यस पछि सारस्वत ले संपूर्ण ज्ञान, कौशल र सारा विद्या आफ्ना भाई वत्समा अन्तर्निहित गरि दिए ।परिणामस्वरूप वत्स पनि , सरस्वती देवी प्रदत्त सारा विद्यामा पारंगत हुनपुगे । त्यसैले आज सम्मपनि वत्सका सन्तान हरु विद्या आर्जन गर्ने कार्य र वौद्धिक क्षेत्रमा निकै अग्रपंक्तिमा देखिन्छन ।
-


