Thursday, July 27, 2017

वत्स गोत्रका शिर्ष व्यक्तित्व को र कहां-का थिए वत्स ऋषि ?

एक पटक स्वर्गको  देवसभामा सामवेद गायन  है रहंदा दुर्वासा ऋषि र उपमन्यु ऋषिका बिचमा  विवाद उत्पन्न भएछ , विवादका कारण वैदिक रागमा स्वरभंग हुन पुगेपछि   विणा वादक सरस्वतीले हांसो  थाम्न सकिनन  र  खित्का निकालिन । उनको हांसोले दुर्वासाको पारा चढ्यो र श्राप दिई  हाले  " हे  दुर्वुद्धे पापिनी तं  तुरुन्त पृथ्वीमा गै  सामान्य मानव भै  बस् , तेरो लागी स्वर्गमा ठाउं छैन अब ।" दुर्वासाको श्राप सुन्ने बित्तिकै उनि अलाप विलाप गर्दै रुन थालिन । उनका पिता ब्रह्मा जी ले दुर्वासाको कड़ा शव्दमा भर्त्सना गर्दै, सरस्वती लाई भने पुत्री, जे नहुनु थियो आखिर मैं सक्यो , अब धैर्य गर पृथ्वी लोक मा जान विलम्ब नगर बरु तिम्रो सखी सावित्री पनि जाने छिन । पुत्र मुख दर्शन पछि तिमी  श्राप मुक्त हुनेछ्यौ र तिमी तुरुन्त स्वर्गमा आउनेछ्यौ ।
 उनि मर्त्य मण्डल को हिरण्यवाह ( शोण नदी ) को पश्चिम किनार स्थित अत्यन्त रमणीय र हरीयालीले सुशोभित एवं पवित्र स्थान मा पर्ण कुटी बनाई सखी सावित्री का साथ रहन लागिन । (जुन नदी हाल भारतको  गोंडवाना ( शोणभद्रा ) पर्वत श्रृंखला बाट निस्केर बिहार को पटना नजिकै गंगा नदी मा समाहित हुन्छ । )
 निकै वर्ष विते , एक दिन कुटी बाहिर हल्ला कोलाहल सुनियो के रहेछ भनेर बाहिर हेर्न आउंदा हजारौं सैनिक का माझमा घोडामा सवार अत्यन्त वलशाली र सुन्दर युवक संग आंखा जुध्न पुगे । दुबै एक अर्का प्रति मन्त्रमुग्ध भय ।
ति  युवक महर्षि च्यवन महाराज र  शर्यातपुत्री सुकन्या का पुत्र राजकुमार दधिचि रहेछन । उनिहरु विच को त्यो प्रेम संबन्ध , पछि विवाहमा परिणत भयो । उनिहरुले गान्धर्व विवाह गरे र असल पति पत्नीको भुमिका मा खरो उत्रिए । अत्यन्त घनिष्ठता बढन थालेपछि सरस्वती ले आफ्नो वास्तविक परिचय लुकाईनन । लगभग एक बर्ष को संगैको बसाई पछि उनिहरु बाट सारस्वत नामक  एउटा पुत्र  जन्मियो । पुत्र प्राप्ति पछि उनि श्राप मुक्त भईन । पुत्रलाई  " सर्वगुण संपन्न भव : " भन्ने वरदान दिएर उनि स्वर्गमा फर्किइन । यता पत्नी वियोगले विक्षिप्त जस्तै भयका राजकुमार दधीचिले वैराग्य धारण गरि घोर तपस्या गर्ने निधोगरी आफ्नो पुत्रलाई आफ्नो भाईबुहारी अक्षमाला लाई सुम्पियर तपस्याका लागी प्रस्थान गरे । गर्भावस्थाकि अक्षमाला ले पनि " वत्स " नाम गरेको सुन्दर  पुत्रलाई जन्मदिईन । सरस्वती पुत्र  "सारस्वत" र अक्षमाला पुत्र " वत्स " दुबैले माता अक्षमाला को दुध पिएर हुर्कन थाले । दुबैको समान स्याहार सुसार र समान पालन-पोषणका  कारण तथा एक आमाका दुध पिएका कारण सारस्वत एवं वत्स का विच सहोदर भात्रृवत संवन्ध कायम रहन गयो ।
माता सरस्वती को "सर्वगुणसंपन्न" को वरदान पाएका  सारस्वत, संपूर्ण विद्या मा निपुण र पारंगत भय । यस पछि सारस्वत ले  संपूर्ण ज्ञान, कौशल र सारा विद्या आफ्ना भाई वत्समा अन्तर्निहित गरि दिए ।परिणामस्वरूप वत्स  पनि , सरस्वती देवी प्रदत्त  सारा विद्यामा पारंगत हुनपुगे । त्यसैले आज सम्मपनि  वत्सका सन्तान हरु  विद्या आर्जन गर्ने कार्य र वौद्धिक क्षेत्रमा निकै अग्रपंक्तिमा देखिन्छन ।
             
                              -
 

Friday, July 14, 2017

Shashwot Dham Nawalparasi Nepal


Saturday, July 8, 2017

गोली खाई रहेछु
                         
१ एम. जि ,०.५ एम. जि
र ५०० एम. जि का
खाली खोका छरपष्ट छन
बारि,आंगन,करेसा र सर्वत्र ,
गिज्याई रहेछन यिनै खोकाहरुले
 यो अन्तहिन "जीवन युद्ध"भैदिए
सेता खोका लाई सलाम छ
जिउने प्रयोजनको यो लड़ाई मा
सबैको साथ चाहिए को छ ।
खोकाहरुको अट्टहास देख्दा
उठन सम्म रिस उठछ
तर
"जसको नुन खायो उसको गुन गाउनु"
  हजुरबाको अर्ति संझन्छु
अर्ति  भनेसि सबैको मान्नु पर्छ
त्यस माथी हजुरबाको अर्ति !
त्यसैले  सबै छोडि
खोकाहरुकै  गान गाउदै छु
हाम्रा आफ्नै भनाउदाहरुको
कालोबजार बाट किनेका खोकाहरुले
 मेरो सानो स्वर्ग चोइट्याउलान भन्ने भयले
नवावहरुको शहरमा
 भिखारी बन्न आईरहेछु
बडो जतनका साथ
 गन्तव्य पुर्याउनु पर्ने खोकाहरु
बाजे बराजुको पुर्खौलि  चिनो झैं
सन्दुकको मध्य भागमा
बिराजमान गराउने गरेको छु
यसरी हरेक दीन
"उनको अमुल्य उपहार " जोगाई राख्न
"पेनग्राफ र सेलसेप्टका खोकाहरुवाट
सेता पंहेला गोलीहरु खाई
रित्ता खोकाहरु छरपष्ट बनाई रहेछु।
बांकि जिवनका आरोह अवरोह
सहज बनाउने नाममा
नाफाको जीवन लाई
केहि लम्ब्याउने वहानामा
 एन्टी रिजेक्शन गोली हरु
निरन्तर खाईरहेछु
 रित्ता खोकाहरु छरपष्ट छरिरहेछु
निकैलामो समय सम्म
गोली खान पाईयोस भन्ने
झिनो आशामा जेनतेन बांचिरहेछु ।
                                       लखनऊ २०७३/०३/१६

Thursday, July 6, 2017

Article.

संन्दर्भ स्थानिय निर्वाचन २०७४ ( पहिलो चरण)
                     
       संबिधान सभाको निर्वाचन ताका लोकतान्त्रिक पद्धति लाई आत्मसात गर्न कठिनाई भएको हो कि भन्ने छनक दिएको माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डले स्थानिय चुनाव गरेरै छाडने अठोटका साथ शान्तिपूर्ण ढंगबाट पहिलो चरणको चुनाव संपन्न गराई आफ्नो राजनैतिक कद वढाउन सफल भएका छन ।
   युद्धकालका आफ्ना अनगिन्ती सहकर्मीहरुले साथ छोडेका वखत र सरकारमा गएर पनि खासै उपलब्धिमुलक  कार्य नभएका कारण स्थानिय चुनावमा समकक्षी पार्टी हरु संग प्रतिष्पर्धा गर्नेकाम माओवादी केन्द्रका लागी फलामको चिउरा सरह हुन्छ भन्ने  ज्ञान स्वयं प्रचण्डलाई  पनि  थिएन होला भनेर भन्न सकिंदैन । यो स्थानिय निर्वाचनले , जन्म लिएर मात्र बसेको संबिधानलाई हुर्काउने काममा धाईको काम गरेको छ र पटक पटक गौंडा गौंडामा ठेस पाई रहेको  संघियताले निर्वाधरुपमा बाटो फेला पारेको छ । अत: गणतन्त्र प्राप्ती पछिको यो स्थानिय निर्वाचन ईतिहासमै संझन लायक हुनेछ । एकातिर बिसौं वर्षको कहाली लाग्दो स्थानिय निकायको रिक्ततालाई यसले चिर्न सफल भएको छ भने अर्कातिर गणतान्त्रिक पद्धतिका लागी जगको बलियो ईट्टा सावित भएको छ ।
दलहरुले सर्बप्रथम उमेद्वार छनौटमा ढिलाई गर्दा मतदाताले सोचेको परिणाम ऩआएको देखिन्छ ।
उमेद्वार छनौट प्रकृयामा नाता गोता, गुट र  केहि स्थानमा आर्थिक चलखेल समेत भएको पाईएकै हो । यस बाहेक लोकप्रियता लाई भन्दा व्यक्तिको आर्थिक हैसियत लाई प्राथमिकता दिएको आभाष पाईएको थियो । सबै भन्दा बिकृत पक्ष भनेको मतदाता लाई डिजल पेट्रोल र भोज भतेरमा खरिद गर्ने प्रयास भएका थिए । यिनका बोलिका भाषा, यिनिहरुका तुजुक, यिनका घमण्ड,उत्श्रृङ्खलता, चुनावी हनुमानका रवाफ, अरौटे भरौटेका धाक , धम्कि र फुर्ति देख्दा सांच्चै यो मेरो फलानो पार्टी भन्न पनि लाज लाग्थ्यो सामान्य मतदाताहरु लाई। यस कार्यमा उ भन्दा उ बढी, उ भन्दा उ अघि देखिए , लगभग सबै नं.१ वन्ने अभिप्रायका  लागी कुदेका थिए । यि आत्मवन्चक हरुले जान अन्जानमा आफ्नै भोट काटीरहेका  हुन्थे।
   यिनीहरुको भोट माग्ने शैली वडो गजवको थियो, उमेद्वार भनाउदोको सवार गाडीमा २-३ थान चाटुकार हुन्थे, कसैको घर अगाडी पुगेपछि उमेद्वार महोदय आंखाले घरपट्टी ईसारा गर्थ्यो, "होईन हजुर यांहा वाट हामीलाई आउंदैन समय वर्वाद नगरौं" गाडी भित्रको एउटा चाटुकार बिस्तारै कानमा फुस्फुसाउंथ्यो। अर्को घरमा पुगे पछि अर्को चाटुकार सुनाउथ्यो, "यो त हाम्रो पक्का हजुर  याहां जान नपर्ला ।"  यसरी लगभग सवै भेगको घरदैलो अभियान सकेका थिए यिनीहरुले । यो दृष्य मुलुककै अगुवा पार्टीको चुनाव प्रचार प्रसारका क्रममा देखिएको थियो ।
 यिनै यस्ता बिकृति र कमि कमजोरीका वाबजुद पनि  यो चुनावमा अत्यन्तै उत्साह पुर्ण तवरले आम मतदाताले भागलिई ८१ प्रतिशत मतदानमा सहभागिता जनाउनु भनेको लोकतन्त्र संबर्धनका लागी भने सुखदनै मान्नु पर्दछ ।

    लोकतन्त्रमा एक पटकको निर्वाचन परिणामले हतोत्साहि हुनु पर्दैन ।  विकशित आचरण र  संस्कारमा परिपक्व हुनु लाई ठुलो जितका रुपमा सगर्व  स्विकार गर्न सक्नु पर्छ ।
 यो स्थानिय निर्वाचनले अर्को महत्वपूर्ण पाठ सिकाएको छ , सवै पार्टी र यसका नेता तथा कार्यकर्तालाई , त्यो के भने जनता एवं मतदाता भनेका कुनै पनि राजनैतिक दलका स्थायी संपत्ती होईनन ,  यि त राष्ट्रिय संपत्ती हुन । भोट पाउनका लागि देउ र लेउको सिद्धान्त जता पनि लागु हुन्छ नै । सत्तामा रहंदा गरेको कामको  आधार लाई जनमानसले निकै गहिरो र अभिरुचि पुर्वक हेरिरहेको हुन्छ । यसै कामलाई मुल्यांकन गरेर आगामी कार्यकालको लागी जनताले आफ्ना प्रतिनिधि छनौट गर्छन ।
 अघिल्लो निर्वाचनमा भा.ज.पा र कांग्रेस संग वाक्क भएका दिल्लीका मतदाताले भुईं बाट टपक्क टिपेर केजरिवालको आमआदमी पार्टी लाई  सत्तामा राखिदिएका थिए , उनिहरुले मात्र विकल्पको रुपमा आम आदमी पार्टीलाई छनौट गरेका थिए । जनताको लागी नारा र भाषण मात्रले नपुग्ने भएकोले यसपटकको विधानसभा निर्वाचनमा पुन:
जहां बाट टिपेका थिए पुन: त्यहिं लगेर मिल्काई दिए । जित्ने हरुले मनन गर्न सक्नु पर्छ, जनताले दिएको यो लाईसेन्स स्थायी धरोहर होईन । जनताले चित्त नबुझे केजरीवाल लाई जस्तै पुन: धुलोमा मिल्काई  दिने छन । यो निर्वाचनलाई यस अर्थले पनि विशेष महत्वका साथ हेर्नु पर्छकि अवको स्थानिय तह भनेको पुरानो संरचना अन्तरगतको नाम मात्रको जनप्रतिनिधीहरु भए जस्तो हुने छैन, पुरा अबधि  कार्यालय समयमा आफ्नो कार्यकक्षमा अनिवार्य उपलब्ध हुनु पर्ने छ । सच्चा दिलले राजनितिमा होमिएको कार्यकर्ता लाई यो पद्धति, एक महत्वपूर्ण अवसरका  रुपमा समेत प्राप्त हुने छ । ‌‌जितको उन्मादमा विजेता हरुले संयम भुलेर नचांहिदो उत्श्रृङ्खलता प्रदर्शन नगरि सवैलाई साथ लिएर  अघि वढेमा कलिलो लोकतन्त्र
को परिपक्वता  वृध्दि हुनेछ भने पराजय भोग्नेहरुले पनि एकपटकको मात्र हार संझेर आफ्नो गाउं नगरको विकास निर्माणमा लाग्नु पर्दछ पांच वर्ष भनेको काम गर्नेका लागी कति हो र ?
यस वाहेक कतिपय दलका नेतृत्वकर्ता हरुले  आफूं कार्यकर्ताको नेता हुं दलको शासक होईन भन्ने कुरा पनि सिक्नु पर्ने देखिएको छ ।  आफ्ना मतदाताले  प्रत्यक्ष निर्णय दिनु पर्ने सवालमा कुनैपनि अप्रत्यासित निर्णय गर्दा  कमसेकम पार्टीवाट अनुमोदन गराईनु उचित हुन्छ । यस पटकको स्थानिय निर्वाचनमा लगभग सवै दलका शिर्षनेताहरुले बन्द कोठाभित्र गरेको तालमेलको निर्णयले स्वयं अप्ठ्यारामा परेको स्पष्ट देखियो ।
शिर्ष नेताले तोरी र कोदो एउटै डालोमा हालेर मतदाता लाई अमुक कार्य गर्नु भनेर आदेश दिएका थिए। घट्टमा  पिसौं भने तोरि मिसाएको छ , मिलमा
पेलौं भने कोदो मिसाएको छ । मतदातालाई यो गम्भिर चुनौति थियो । यसैले उनिहरुले न त मिलमा पेले न त घट्टमा पिसे , उनिहरुले एक एक गरेर तोरी र कोदो विनेर (छानेर ) देखाई दिए ।

र पुछारको तितो सत्य

अत्यन्तै विलाशी तथा निकम्मा सावित तत्कालिन नवाब नसिरुद्धिन अब्दुल मन्सुर मोहम्मद वाजिद अलि खान ले लखनउमा शासन गर्दथे । तत्कालिन अंग्रेजहरुको नजरमा लखनउ शहर पनि परि सकेको थियो । यसै विच सन १८५६ फरबरी ७ तारीखका दिन अंग्रेज फौजले अन्तत: लखनउ माथि धावा वोलि छाड्यो । लखनउका सेना तहस नहस पारिए । संपुर्ण शहर कब्जा गरे पछि अन्तिममा दरवार आक्रमण भयो । दरवारका भाई भारदार , सुसारे, हुक्के, वैठके ,भान्से सवै एक एक गरेर भाग्न थाले । यसै विच सिधा खोपिमा पुगेका अंग्रेज सेनाले राजा अलि खान लाई भाग्ने प्रयास नगरेको देखेर आश्चर्य चकित हुंदै सोधे " संपूर्ण लखनउ शहर र दरवार हाम्रो कब्जामा आई सक्यो , तिम्रा सवै सेना मारिई सके , सवै दरवारीया हरु भागि सके तर तिमी ढुक्क संग बसिरहेका छौ , किन ? "  उनको उत्तर थियो , भाग्ने प्रयास नगरेको होईन तर मेरो जुत्ता लगाईदिने सुसारे आई पुगेन , म उसैको प्रतिक्षामा  छु ।
  यस्ता निकम्मा र  विलाशीको शासन बाट जनताले के आशा गर्ने ? राज्य मात्रै उनको हात वाट गुमेन , जन्म जन्मान्तर सम्म संपुर्ण लखनउवासी र उनिहरुका सन्तान दरसन्तानले आज पर्यन्त गुलामको बिल्ला भिरिरहनु परेको छ । हामी नेपालीहरु संगको भेटमा उनिहरु भन्ने गर्छन, तिमीहरु त आजसम्म कसैको गुलाम बनेनौ । कसैका सामु घुंडा टेकेनौ । यस्ता विलाशिहरुको नेतृत्वमाथीको विश्वासमा लखनउवासी ले पाएको धोका वाट हामीले पनि केहि पाठ सिक्ने कि ?

                             - ० -

सपनाको मृत्यु

कुनै समय थियो
यो मनको बारीमा
सुन्दर सपनाहरु फूल्थे र फल्थे
अत्यन्त स्वादिला र रसिला ,
आफू तृप्त भए पछि
आफन्तले समेत चाख्थे
परचक्रिले  स्वाद लिन्थे
उर्बर सपनाको बगैंचा
अत्यन्त मनमोहक लाग्थ्यो
मन प्राय:  फुरुङ्ग हुन्थ्यो
तर
दुर्भाग्य !
उचित रेखदेख को अभावमा होला
सपनाका वोटहरु ओईलाउन थाले
मेरा सपनाका वालीहरु
क्रमस: फल विहिन हुन थाले
सपना फल्ने उर्वर भुमि
हेर्दा हेर्दै बांझोमा परिणत भए
सपना फूलाउने फॉटहरुमा
आहतका झार पलाउन लागे
जे संग अपेक्षा थियो
उसै वाट उपेक्षा मिल्यो,
चाहेको थिएं ,
सदा सदाका लागी
ति जिवित होउन
सास मरेर गए पनि ,
तर दुर्भाग्य !
सास ,आज पनि जिउंदै छ
सपना मरेको पो वर्षौं भएछ
बाटो हराएको क्षण देखि
उ कुनै पल  जिवित  रहेन
मात्र लाश भैदिएछ ,
त्यो टुटेर छिन्न भिन्न मात्रै होईन
डुङ्डुङ्ति गनाउने गरि सडी सकेछ
म कुन घडिमा कुन  तिथिमा
श्राध्द गरौं उसको
कसरी दिउँ  उसलाई
आफ्नै अॉशुको तर्पण

कहिले दिउं उसलाई
आफ्नै पार्थिव शरिरको
पिण्ड दान ?
                               -चिरञ्जीबि दाहाल

बिबिध जानकारी हरुको संगालो


सामान्य पुजा गर्दा संस्कृत मन्त्रका साथमा गर्ने बानी बसालौं ।
पंचगव्य सेवन :-
यत्वगस्थितं पापं देहे तिष्ठति मामके ।
प्राशन्नात्पन्चगव्यस्य दहत्यग्निरिवेन्धनम ।।

पुजा स्थल सुध्दि :-
अपवित्र:  पवित्रो वा सर्वावस्थागतोsपि वा ।
य: स्मरेत्पुण्डरीकाक्षं स वाह्याभ्यान्तरं शुचि:

संकल्प :-
 ओम् तत्सत् ३ ओम विष्णु ३ अद्द्य सृष्टिकर्तु व्रह्मणो द्वितिय परार्धे श्री स्वेतवराहकल्पे, सप्तमे बैवस्वत्मनौ , प्रह्लादादिपत्ये,अष्टाविंशतितमे युगे , सत्यत्रेताद्वापरान्ते कलौ , कले: प्रथमचरणे वुध्दावतारे , .... संवत्सरे , ... आयने , .... ऋतौ, ... मासे, .....पक्ष, .... तिथौ , .......वासरे, .......सुर्य ....राशिस्थिते, चन्द्र मसि .... राशिस्थितौ, अन्येषु ग्रहेषु शुभस्थानस्थितेषु , शुभ नक्षत्रयोगकरणमुहुर्तान्वितायां शुभवेलायं जम्मुदिपस्य अन्तर्गते पाशुपतक्षेत्रे ,  नेपाल देशे  नारायणीन्चले चितवन जिल्ला अन्तर्गत कालिकानगर जमुनापुर नामके पुण्यस्थाने , ....पौत्रो, … पुत्र , ...राशिक: ,  ... गोत्रोत्पन्न: , ..... प्रवरान्वित , .... Sहं मम मत्परिवारस्य च कल्याण स्थिरता विजय अधिकायु निरोगिता धर्म अर्थ सुख मोक्षप्राप्त्यर्थ दिप कलश गणेशार्चनपूर्वकं ...... पुजनम करोमि ।

 गोदान :-
नमो गोभ्य: श्रीमतीभ्य:सेरभेयीभ्य एव च, ।
नमो ब्रह्मासुुताभ्यश्च पवित्राभ्यो नमो नम :  ।।
गवे नम : गौरुपद्रव्येभ्यो नम : ।

व्राह्मण लाई टीका लगाउने :-
नमो ब्रह्मदेवाय गोव्राह्मणहिताय च :  ।
जगद्विताय कृष्णाय गोविन्दाय नमो नम : ।।

दिप पुजनम:
नमोsस्त्वनन्ताय  सहस्रमुर्तये सहस्रपादाक्षिशिरोरूवाहवे ।
 सहस्रनाम्ने पुरुषाय शाश्वते           सहस्स्रकोटियुगधारिणे नम: ।।
आवाहयामि  गन्धाक्षतपुष्पादि समर्पयामि ।
कर्मसाक्षिणे दीपनारायणाय नम: ।

हात जोर्ने मन्त्र :-
 शुभं भवतु कल्याणंमारोग्यं सुखसंपद : ।
सर्वदुख:विनाशाय दीपज्योतिर्नमस्तुते ।।

कलश पुजा :-
 सर्वे समुद्रा:सरितस्तीर्थानि जलदा नदा : ।
आयान्तु देवपुजार्थ दुरितक्षयकारका:।
कलशस्य मुखे विष्णु: कण्ठे रुद्र: समाश्रित:।
मूले तत्र स्थितो व्रह्मा अष्टमातृगणा:स्मृता :।।
कुक्षौ तु सागरा सर्वे सप्तद्विपा बसुन्धरा ।
ऋग्वेदोsथ यजुर्वेद: सामवेदो ह्यथर्वण:।
अङ्गैश्च संहिता सर्वे कलशं तु समाश्रिता: ।

कलश नमस्कार :
बरुण त्वं महाभाग सर्वदेव - प्रपुजित : ।
विततो मम यग्यंsस्मिनविघ्नं कुरु सर्वदा ।।
कलशाय नम: बरुणाय नम : कलशदेवाय नम: ।

गणेश पुजा :
वक्रतुण्ड महाकाय कोटीसूर्यसमप्रभ ।
अविघ्नं कुरुमे देव सर्वकर्मसु सर्वदा ।।
मंगलमुर्तय गणाधिपतयेे नम: ।

विदा गर्दा :-
गच्छ गच्छ सुरश्रेष्ठ स्वस्थानं परमेश्वर ।
यत्र व्रह्मादयो देवास्तत़्र गच्छ सुरेश्वर ।।

क्षमायाचना :-
आवाहनं न जानामि न जानामि विसर्जनम् ।
मन्त्रै पुजां नजानामि क्षमस्य परमेश्वर ।।

बाँकि जल कुश  औंठी अर्पण :-
कायेनवाचा मनसैन्द्रियैर्वा वुध्यात्मना वा प्ररकृतिस्वभावात ।
करोमि यद्यत् सकलं परस्मै नारायणायति समर्पयामि ।।

अभिषेक मन्त्र :-
द्यौ: शान्तिरन्तरिक्षं शान्ति: पृथ्वि: शान्तिराप: शान्तिरोषधय: शान्ति: ।
वनस्पतय: शान्ति विश्वदेवा शान्ति: सर्वशान्ति
शान्ति सा मा शान्तिरेधि ।।
शान्ति: शान्ति: शान्ति: सर्वारिष्टशान्तिरस्तु।
मंगलमस्तु , अमृता:भिषेकोsस्तु ।

तिलक  मन्त्र :-
त्र्यायुषं जमदग्ने : कश्यपस्य त्र्यायुषम् ।
यद् देवेषु त्र्यायुषं तन्नोsस्तु त्र्यायुषम् ।।

रक्षाबन्धन :-
येन वद्धो वलिराजा दानवेन्द्रो महावल: ।
तेन त्वां प्रतिवध्नामिं रक्षेमा चल मा चलम ।

टिका लगाइदिंदा को मन्त्र :-
मन्त्रार्था सफला सन्तु पूर्णा सन्तु मनोरथा : ।
शत्रुणां वृध्दिनाशोsस्तु मित्रणामुदयस्तव ।।
स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु ।
गोरादिपशुधन  धान्यसमृध्दिरस्तु ।
आरोग्यमस्तु वलमस्तु रिपुक्षयोsस्तु ।
सन्तान वृध्दि शततं हरिभक्तिरस्तु ।

                     - ० -