सपनाको मृत्यु
कुनै समय थियो
यो मनको बारीमा
सुन्दर सपनाहरु फूल्थे र फल्थे
अत्यन्त स्वादिला र रसिला ,
आफू तृप्त भए पछि
आफन्तले समेत चाख्थे
परचक्रिले स्वाद लिन्थे
उर्बर सपनाको बगैंचा
अत्यन्त मनमोहक लाग्थ्यो
मन प्राय: फुरुङ्ग हुन्थ्यो
तर
दुर्भाग्य !
उचित रेखदेख को अभावमा होला
सपनाका वोटहरु ओईलाउन थाले
मेरा सपनाका वालीहरु
क्रमस: फल विहिन हुन थाले
सपना फल्ने उर्वर भुमि
हेर्दा हेर्दै बांझोमा परिणत भए
सपना फूलाउने फॉटहरुमा
आहतका झार पलाउन लागे
जे संग अपेक्षा थियो
उसै वाट उपेक्षा मिल्यो,
चाहेको थिएं ,
सदा सदाका लागी
ति जिवित होउन
सास मरेर गए पनि ,
तर दुर्भाग्य !
सास ,आज पनि जिउंदै छ
सपना मरेको पो वर्षौं भएछ
बाटो हराएको क्षण देखि
उ कुनै पल जिवित रहेन
मात्र लाश भैदिएछ ,
त्यो टुटेर छिन्न भिन्न मात्रै होईन
डुङ्डुङ्ति गनाउने गरि सडी सकेछ
म कुन घडिमा कुन तिथिमा
श्राध्द गरौं उसको
कसरी दिउँ उसलाई
आफ्नै अॉशुको तर्पण
र
कहिले दिउं उसलाई
आफ्नै पार्थिव शरिरको
पिण्ड दान ?
-चिरञ्जीबि दाहाल


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home