Article.
संन्दर्भ स्थानिय निर्वाचन २०७४ ( पहिलो चरण)
संबिधान सभाको निर्वाचन ताका लोकतान्त्रिक पद्धति लाई आत्मसात गर्न कठिनाई भएको हो कि भन्ने छनक दिएको माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डले स्थानिय चुनाव गरेरै छाडने अठोटका साथ शान्तिपूर्ण ढंगबाट पहिलो चरणको चुनाव संपन्न गराई आफ्नो राजनैतिक कद वढाउन सफल भएका छन ।
युद्धकालका आफ्ना अनगिन्ती सहकर्मीहरुले साथ छोडेका वखत र सरकारमा गएर पनि खासै उपलब्धिमुलक कार्य नभएका कारण स्थानिय चुनावमा समकक्षी पार्टी हरु संग प्रतिष्पर्धा गर्नेकाम माओवादी केन्द्रका लागी फलामको चिउरा सरह हुन्छ भन्ने ज्ञान स्वयं प्रचण्डलाई पनि थिएन होला भनेर भन्न सकिंदैन । यो स्थानिय निर्वाचनले , जन्म लिएर मात्र बसेको संबिधानलाई हुर्काउने काममा धाईको काम गरेको छ र पटक पटक गौंडा गौंडामा ठेस पाई रहेको संघियताले निर्वाधरुपमा बाटो फेला पारेको छ । अत: गणतन्त्र प्राप्ती पछिको यो स्थानिय निर्वाचन ईतिहासमै संझन लायक हुनेछ । एकातिर बिसौं वर्षको कहाली लाग्दो स्थानिय निकायको रिक्ततालाई यसले चिर्न सफल भएको छ भने अर्कातिर गणतान्त्रिक पद्धतिका लागी जगको बलियो ईट्टा सावित भएको छ ।
दलहरुले सर्बप्रथम उमेद्वार छनौटमा ढिलाई गर्दा मतदाताले सोचेको परिणाम ऩआएको देखिन्छ ।
उमेद्वार छनौट प्रकृयामा नाता गोता, गुट र केहि स्थानमा आर्थिक चलखेल समेत भएको पाईएकै हो । यस बाहेक लोकप्रियता लाई भन्दा व्यक्तिको आर्थिक हैसियत लाई प्राथमिकता दिएको आभाष पाईएको थियो । सबै भन्दा बिकृत पक्ष भनेको मतदाता लाई डिजल पेट्रोल र भोज भतेरमा खरिद गर्ने प्रयास भएका थिए । यिनका बोलिका भाषा, यिनिहरुका तुजुक, यिनका घमण्ड,उत्श्रृङ्खलता, चुनावी हनुमानका रवाफ, अरौटे भरौटेका धाक , धम्कि र फुर्ति देख्दा सांच्चै यो मेरो फलानो पार्टी भन्न पनि लाज लाग्थ्यो सामान्य मतदाताहरु लाई। यस कार्यमा उ भन्दा उ बढी, उ भन्दा उ अघि देखिए , लगभग सबै नं.१ वन्ने अभिप्रायका लागी कुदेका थिए । यि आत्मवन्चक हरुले जान अन्जानमा आफ्नै भोट काटीरहेका हुन्थे।
यिनीहरुको भोट माग्ने शैली वडो गजवको थियो, उमेद्वार भनाउदोको सवार गाडीमा २-३ थान चाटुकार हुन्थे, कसैको घर अगाडी पुगेपछि उमेद्वार महोदय आंखाले घरपट्टी ईसारा गर्थ्यो, "होईन हजुर यांहा वाट हामीलाई आउंदैन समय वर्वाद नगरौं" गाडी भित्रको एउटा चाटुकार बिस्तारै कानमा फुस्फुसाउंथ्यो। अर्को घरमा पुगे पछि अर्को चाटुकार सुनाउथ्यो, "यो त हाम्रो पक्का हजुर याहां जान नपर्ला ।" यसरी लगभग सवै भेगको घरदैलो अभियान सकेका थिए यिनीहरुले । यो दृष्य मुलुककै अगुवा पार्टीको चुनाव प्रचार प्रसारका क्रममा देखिएको थियो ।
यिनै यस्ता बिकृति र कमि कमजोरीका वाबजुद पनि यो चुनावमा अत्यन्तै उत्साह पुर्ण तवरले आम मतदाताले भागलिई ८१ प्रतिशत मतदानमा सहभागिता जनाउनु भनेको लोकतन्त्र संबर्धनका लागी भने सुखदनै मान्नु पर्दछ ।
लोकतन्त्रमा एक पटकको निर्वाचन परिणामले हतोत्साहि हुनु पर्दैन । विकशित आचरण र संस्कारमा परिपक्व हुनु लाई ठुलो जितका रुपमा सगर्व स्विकार गर्न सक्नु पर्छ ।
यो स्थानिय निर्वाचनले अर्को महत्वपूर्ण पाठ सिकाएको छ , सवै पार्टी र यसका नेता तथा कार्यकर्तालाई , त्यो के भने जनता एवं मतदाता भनेका कुनै पनि राजनैतिक दलका स्थायी संपत्ती होईनन , यि त राष्ट्रिय संपत्ती हुन । भोट पाउनका लागि देउ र लेउको सिद्धान्त जता पनि लागु हुन्छ नै । सत्तामा रहंदा गरेको कामको आधार लाई जनमानसले निकै गहिरो र अभिरुचि पुर्वक हेरिरहेको हुन्छ । यसै कामलाई मुल्यांकन गरेर आगामी कार्यकालको लागी जनताले आफ्ना प्रतिनिधि छनौट गर्छन ।
अघिल्लो निर्वाचनमा भा.ज.पा र कांग्रेस संग वाक्क भएका दिल्लीका मतदाताले भुईं बाट टपक्क टिपेर केजरिवालको आमआदमी पार्टी लाई सत्तामा राखिदिएका थिए , उनिहरुले मात्र विकल्पको रुपमा आम आदमी पार्टीलाई छनौट गरेका थिए । जनताको लागी नारा र भाषण मात्रले नपुग्ने भएकोले यसपटकको विधानसभा निर्वाचनमा पुन:
जहां बाट टिपेका थिए पुन: त्यहिं लगेर मिल्काई दिए । जित्ने हरुले मनन गर्न सक्नु पर्छ, जनताले दिएको यो लाईसेन्स स्थायी धरोहर होईन । जनताले चित्त नबुझे केजरीवाल लाई जस्तै पुन: धुलोमा मिल्काई दिने छन । यो निर्वाचनलाई यस अर्थले पनि विशेष महत्वका साथ हेर्नु पर्छकि अवको स्थानिय तह भनेको पुरानो संरचना अन्तरगतको नाम मात्रको जनप्रतिनिधीहरु भए जस्तो हुने छैन, पुरा अबधि कार्यालय समयमा आफ्नो कार्यकक्षमा अनिवार्य उपलब्ध हुनु पर्ने छ । सच्चा दिलले राजनितिमा होमिएको कार्यकर्ता लाई यो पद्धति, एक महत्वपूर्ण अवसरका रुपमा समेत प्राप्त हुने छ । जितको उन्मादमा विजेता हरुले संयम भुलेर नचांहिदो उत्श्रृङ्खलता प्रदर्शन नगरि सवैलाई साथ लिएर अघि वढेमा कलिलो लोकतन्त्र
को परिपक्वता वृध्दि हुनेछ भने पराजय भोग्नेहरुले पनि एकपटकको मात्र हार संझेर आफ्नो गाउं नगरको विकास निर्माणमा लाग्नु पर्दछ पांच वर्ष भनेको काम गर्नेका लागी कति हो र ?
यस वाहेक कतिपय दलका नेतृत्वकर्ता हरुले आफूं कार्यकर्ताको नेता हुं दलको शासक होईन भन्ने कुरा पनि सिक्नु पर्ने देखिएको छ । आफ्ना मतदाताले प्रत्यक्ष निर्णय दिनु पर्ने सवालमा कुनैपनि अप्रत्यासित निर्णय गर्दा कमसेकम पार्टीवाट अनुमोदन गराईनु उचित हुन्छ । यस पटकको स्थानिय निर्वाचनमा लगभग सवै दलका शिर्षनेताहरुले बन्द कोठाभित्र गरेको तालमेलको निर्णयले स्वयं अप्ठ्यारामा परेको स्पष्ट देखियो ।
शिर्ष नेताले तोरी र कोदो एउटै डालोमा हालेर मतदाता लाई अमुक कार्य गर्नु भनेर आदेश दिएका थिए। घट्टमा पिसौं भने तोरि मिसाएको छ , मिलमा
पेलौं भने कोदो मिसाएको छ । मतदातालाई यो गम्भिर चुनौति थियो । यसैले उनिहरुले न त मिलमा पेले न त घट्टमा पिसे , उनिहरुले एक एक गरेर तोरी र कोदो विनेर (छानेर ) देखाई दिए ।
र पुछारको तितो सत्य
अत्यन्तै विलाशी तथा निकम्मा सावित तत्कालिन नवाब नसिरुद्धिन अब्दुल मन्सुर मोहम्मद वाजिद अलि खान ले लखनउमा शासन गर्दथे । तत्कालिन अंग्रेजहरुको नजरमा लखनउ शहर पनि परि सकेको थियो । यसै विच सन १८५६ फरबरी ७ तारीखका दिन अंग्रेज फौजले अन्तत: लखनउ माथि धावा वोलि छाड्यो । लखनउका सेना तहस नहस पारिए । संपुर्ण शहर कब्जा गरे पछि अन्तिममा दरवार आक्रमण भयो । दरवारका भाई भारदार , सुसारे, हुक्के, वैठके ,भान्से सवै एक एक गरेर भाग्न थाले । यसै विच सिधा खोपिमा पुगेका अंग्रेज सेनाले राजा अलि खान लाई भाग्ने प्रयास नगरेको देखेर आश्चर्य चकित हुंदै सोधे " संपूर्ण लखनउ शहर र दरवार हाम्रो कब्जामा आई सक्यो , तिम्रा सवै सेना मारिई सके , सवै दरवारीया हरु भागि सके तर तिमी ढुक्क संग बसिरहेका छौ , किन ? " उनको उत्तर थियो , भाग्ने प्रयास नगरेको होईन तर मेरो जुत्ता लगाईदिने सुसारे आई पुगेन , म उसैको प्रतिक्षामा छु ।
यस्ता निकम्मा र विलाशीको शासन बाट जनताले के आशा गर्ने ? राज्य मात्रै उनको हात वाट गुमेन , जन्म जन्मान्तर सम्म संपुर्ण लखनउवासी र उनिहरुका सन्तान दरसन्तानले आज पर्यन्त गुलामको बिल्ला भिरिरहनु परेको छ । हामी नेपालीहरु संगको भेटमा उनिहरु भन्ने गर्छन, तिमीहरु त आजसम्म कसैको गुलाम बनेनौ । कसैका सामु घुंडा टेकेनौ । यस्ता विलाशिहरुको नेतृत्वमाथीको विश्वासमा लखनउवासी ले पाएको धोका वाट हामीले पनि केहि पाठ सिक्ने कि ?
- ० -


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home