गीत
गीत
******
माया पाएर तिम्रो ,यी हात भए कसिला
जीवनका रुखासुखा, फेरि बने रसिला
त्यो ग्रीष्म शितल लाग्छ, जब गुनगुनाई दिन्छ्यौ
थाकेर ओइलाएका, आँखा बने नसिला
माया पाएर तिम्रै ...
सहस्र धारा आँसु , मोती बनेर झरे
रित्तो बनाई आँखा ,ज्योति सहित मरे
औंशीको रात पनि ,अचेल उज्यालो लाग्छ
ती कोमल हातहरुको, न्यानो स्पर्स परे
माया पाएर तिम्रै ...
निन्द्रा हराई सकेका,यी आँखा लोलाउन लागे
बिर्सिइ सकेका धुनले ,फेरी जगाउन लागे
म पागल बनि डुलेथें, विस्मृतिमा हराइ
टुटी सकेको ध्यान, पुनः डोलाउन लागे
माया पाएर तिम्रै ....
गलेर मिल्किएको, अखबार जस्तै थिएँ
मान्छेहरूले थुक्ने, फिकदानी बन्दै थिएँ
जब एक पल्ट तिमीले, उठायौ धुलोबाट
सम्झिएँ सुख दु:ख, म औँलामा गन्दै थिएँ ।
माया पाएर तिम्रै ......

