शहरको घर
तिसौं बर्षको डेराको बसाई पछि आखिर रामप्रसाद ले शहरमा घर किनेरै छाडे ।
भगवान को कृपाले शहरमा आज हाम्रै घर भयो धन्य भगवान यो टुहुरालाई अझै दया गर्नुहोस् । बुढि आमाले यसो भन्दै भित्तामा रहेको कृष्णजीको तस्वीरमा दुईहात जोडेर नमन गरिन । ठुला ठुला कोठा थिए , त्यस मध्य पनि आमाको लागी छुट्याईएको कोठा झनै ठुलो र सुन्दर थियो । अब यो कुनामा भगवान को मन्दिर बनाउछु, कोठा मा बस्दा कम सकस भयन पुजा गर्न , आमा अत्यन्त ख़ुशी हुंदै भनि रहे कि थिईन । आमा भन्दा बढ़ी ख़ुशी श्रीमती देखिएकि थिईन । भान्सा कोठाको सुन्दरता र साज-सज्जा देखेर ।
४-५ दीन पछि श्रीमान श्रीमती लाई लागेछ, खाना पकाउंदा भान्सा फोहर देखिन थाल्यो,भित्तामा तेल मसला को छिटा परेपछि कोठा बिग्रने भो, अनि आमाले यसरी संधै सिन्केधुप बालेर पुजा गर्दा छत कालो हुन कतिदीन पो लाग्छ र ? बरु यसो गरौं , भोलि देखि खाना ग्यारेजमा पकाउने गर्नु पर्ला , अनि आमाको पुजा गर्ने ठाउं पनि ग्यारेजकै एउटा कुनामा बनाईदिंउ ।
त्यस पछि खाना ग्यारेजमा पाक्न थाल्यो, आमाको इच्छा विरूद्ध पुजा स्थान पनि ग्यारेजमै सारियो । भान्सा र पुजा ग्यारेजमा स्थानांतरण भयपछि भान्सा कोठा र आमाको कोठा निकै फराकिलो र सफा सुघ्घर देखिन थाल्यो । ठुलो अनि आफ्नै घर सरेपछि भने आमालाई छोरा बुहारी को चित्त
सानो हुंदै गयको आभास हुन थाल्यो ।
-०-