Saturday, May 4, 2024

चिरञ्जीवी दाहालको आत्मकथा मुमूर्षा एक अध्ययन


 




Sunday, February 12, 2023

मुमूर्षाको समीक्षा

 प्रा. कपिल अज्ञातले गर्नुभएको "मुमूर्षा" आत्मकथाको समीक्षाका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://www.samakalinsahitya.com/


Tuesday, August 9, 2022

मुमूर्षा

 "मुमूर्षा" आत्मकथा खोजी खोजी पढौं । 

लेखक तथा प्रकाशक चिरञ्जीवी दाहाल ।

प्रकाशन २०७८ 

https://sahityapost.com/gair-aakhyan/gair-aakhyan-samicha/71529/




Saturday, May 28, 2022

मुमूर्षामाथि जिजीविषाको विजयगाथा 

मुमूर्षामाथि जिजीविषाको विजयगाथा : जनस्वास्थ्यको विद्यार्थीकाे हिसाबले, खानपिनको सम्बन्धमा उनको प्रश्न र संजय गान्धी पोस्ट ग्राजुएट संस्थान, लखनउका प्राध्यापक तथा वरिष्ठ नेफ्रोलोजिस्ट डा एम एस भदौरियाको सल्लाह एकदमै महत्वपूर्ण छ। तर के बसाईसराईको क्रममा आधुनिकतासँगै हाम्रो भान्सामा भित्रिएका (अ)खाद्य पदार्थहरुलाई गाऊँघरमा त्यो बेला पाइने विषादीरहित खाने कुराहरुले हटाउन सक्ला त? 

Wednesday, March 16, 2022

चिरञ्जीवी दाहालको आत्मकथा "मुमूर्षा"

 Chiranjeebi Dahal Biography "Mumoorsha"


Tuesday, November 30, 2021

गीत

 गीत

******

माया पाएर तिम्रो ,यी हात भए कसिला

जीवनका रुखासुखा, फेरि बने रसिला 

त्यो ग्रीष्म शितल लाग्छ, जब गुनगुनाई दिन्छ्यौ

थाकेर ओइलाएका, आँखा  बने नसिला 

माया पाएर तिम्रै ...

सहस्र धारा आँसु  , मोती बनेर झरे 

रित्तो बनाई आँखा ,ज्योति सहित मरे

औंशीको रात पनि ,अचेल उज्यालो लाग्छ

ती कोमल हातहरुको, न्यानो स्पर्स परे 

माया पाएर तिम्रै ...

निन्द्रा हराई सकेका,यी आँखा लोलाउन लागे

बिर्सिइ सकेका धुनले ,फेरी जगाउन लागे 

म पागल बनि डुलेथें, विस्मृतिमा हराइ 

टुटी सकेको ध्यान, पुनः डोलाउन लागे

माया पाएर तिम्रै ....

गलेर मिल्किएको, अखबार जस्तै थिएँ

मान्छेहरूले थुक्ने, फिकदानी बन्दै थिएँ

जब एक पल्ट तिमीले, उठायौ धुलोबाट

सम्झिएँ  सुख दु:ख, म औँलामा गन्दै थिएँ ।

माया पाएर तिम्रै ......


Tuesday, March 17, 2020

मझिन्थोक र बुढो सिमल :-

मझिन्थोकको बिचरा बुढो सिमल
सदियौं देखीको एेतिहासिक साक्षी
अनगिन्ती जन्म र मृत्युको प्रत्यक्षदर्शी
सिंगै मझिन्थोक र आसपासको रक्षार्थ
न्यौपाने चौताराको छेडबाट आरुपोखरी
फलामे फांटको  क्षितिज बाट धावासम्म
हरेक दिन निगरानी जारी राख्यो
यतिमै निगरानी सिमित राखेन
थानीमाई हुंदै गोरखाली चौतारा सम्म
दैनिक सुसाउदै जान्थ्यो
सल्यानटार र आरुघाट समेत निरिक्षण गरि
पुनः सिमल फेदमै अड्डा जमाउथ्यो
उसले देख्यो कांधमा हलो बोकेको
झोलामा खाजा र डोकोमा बिउ बोकेको
सिमलचौरमा रोपार नाचेको
नारायण पुजामा भजन भट्याएको
उसले देख्यो नांगे डांडा मा गाई बाख्रा चरेको
टारी फांट र कटुन्जेमा धानका बाला झुलेको
उसकै आंगन कुल्चिएर मलामी दगुर्दा
पंचैबाजाको तालमा झ्याउरे घन्किंदा
उसले कहिल्यै प्रतिवाद गरेन
न बन्धु बान्धवको झगडामा हस्तक्षेप गर्यो
न छिमेकीको मेल-मिलाप मा अवरोध नै
मैदानको पसलमा चिया फेटेको
चियाका शिकारु र पारखीको चिया गफ
उसलाई साच्चै नै आश्चर्य लाग्थ्यो
गृहिणीहरु लाई घर जिम्मा लगाई
चौतारामा सामेल हुने पंचभलाद्मी सभा
उसको  चित्त नबुझाईको बिषय थियो
संस्कृत पाठशालामा गुन्जने वेदध्वनि
श्रवण गर्दा गर्दा उसलाई मुखाग्र आउंथ्यो
कुवापानी चिसापानी र लांकुरी पंधेरो
उसको नजरमा संधै अग्रस्थानमा पर्थे
त्यहांको तंछाडमछाड र गफका शैली
उसलाई पुर्ण मनोरंजक सिनेमा झैं लाग्थ्यो
देश काल परिस्थिति संगै
उसकै कांध पाखुरीमा हुर्किएका नवयुवा
जनयुध्दमा होमिएको पनि हेरिरह्यो
ताकुकोट घटननाका बग्रेल्ति लाशहरु
मुकदर्शक बनेर गन्ती गर्यो
धेरै सेना पुलिस र प्रशासक
अनगिन्ति शिक्षक र कर्मचारी
तान्द्रांगका गहना हुन भनेर गर्व गर्यो
उ  देख्दै गयो, उ  हेर्दै गयो
तान्द्रांगीं माटोको सुगन्ध छोडेर
पलायन भयका संग उसको गुनासो हुन्थ्यो
उसले राजधानीमा घर घडेरी जोडन चाहेन
कुम्लो कुटुरो बोकि मधेस झर्न चाहेन
जापान युरोप अमेरिका र कोरिया  त के
उसले खाडि हानिएको पनि देख्न सकेन
जन्ति मलामि  स्कुले विद्यार्थी कुदाउने छात्ती
दुई र चारपांग्रे कुदाउंदा पनि ढाक्न खोजेन
तर
कोदोका बाला फक्रने पाखोबारी र
धान झुल्ने मनोरम फांटहरु रित्तै देख्दा भने
उसलाई हुन सम्मको छटपटि हुन्थ्यो
 महर्षि दुल्लभको धरोहर सुनसान हुंदा
मन कट्क्क खाएको पिडा पोख्थ्यो
उसको एउटै आशा थियो,सबै संग
"सबै मिलि कर्म गर , स्वर्ग जस्तै गांउ बनाउ"
तर
सोचे जस्तो कहां हुन्थ्यो
जन्मभूमिको उपेक्षा उसलाई चसक्क दु:ख्यो
सदिऔंको प्यारो भुमी बिरानो लाग्यो
अनन्त पिड़ाले  होला सायद
एउटा कठोर निर्णय लिन बाध्य भयो
 सुनसान रात गाउं मस्त निदाएको मौकामा
बुढो सिमल सदाका लागी विदा भयो ।