ज्ञान प्राप्ति
*********
एउटा मगन्ते थिए । मागेर उनिलाई न पेट भर्न पुग्थ्यो , न केही प्रर्याप्त पिउन नै , यसै कारण उनको बुढो शरीर सुकेर करंगको भाटाहरु स्पस्ट देखिन्थ्यो , अर्को शब्द मा भन्नु पर्दा उनको करंगहरु सजिलै गिन्ति गर्न सकिन्थ्यो ।
उनको आंखाको ज्योति पनि थिएन । यति मात्रै होईन, उनि कुष्ठ रोगले ग्रस्त थिए । बिचरा उनि सडकको एउटा छेउमा बसि अत्यंत करुण आवाज मा कसै संग केही पैसा माग्थे, कसैले केही खानेकुरा दिएछन भने पनि सहस्र स्विकार गर्थे । यता एकजना युवक हरेक दिन त्यसै बाटो हुंदै , सायद आफ्नो कार्यालय जान्थे होलान । ति बृध्द मगन्ते लाई देखे पछि उनको मनमा एक पछि अर्को प्रश्न हरु को बाढीनै चल्थ्यो । युवक लाई नराम्रो संग चित्त दुख्थ्यो ।
लामो समयको मौनता पछि एक दिन ति युवक , मगन्ते बसेकै ठाउंमा गयर सोधे " तपाई यस्तो रोगी , बृध्द मान्छे , आंखा देख्नु हुन्न , चरम गरिबीमा हुनु हुन्छ , तपाईं लाई अझै जिउने रहर छ ? भगवान ले तपाईं लाई किन लैजांदैन ?
यसरी नै मागेकै मात्र देख्छु , माग्नै छ भने किन बेकारमा मान्छेहरु संग माग्नु हुन्छ ? भगवान संग माग्नोस बरु !
भगवान ! मलाई यो बिजोग संग बचाउनु भन्दा बरु छिट्टै लैजानुस , यसो भनेर किन माग्नु हुन्न ?
मगन्ते ले भने - "बाबु , तिम्रो मनमा जे लाग्यो , मलाई पनि त्यस्तै नलागेको कहां हो र ? मैले यसै भन्न भगवान संग बारम्बार प्रार्थना गरें , मेरो कुरा उनले कहिले पनि सुनेनन । म निकै थाकि सकें , तै पनि मैले हार भने खाईन । एक दिन मैले ईच्छा मरण गर्ने बिचारले सडकमा हुंईकिएर आएको गाडिको सहारा लिने बिचारले गाडिको सामुन्ने हाम फालें ! तर ......
थाहा छ बाबु ! त्यस गाडीमा उनै भगवान थिए । जसलाई म निकै लामो समय देखि प्रार्थना गरी रहेको थिएं ।
उनले मलाई सम्झाउंदै भने -" तिम्रो प्रार्थना सुनेर म आउन बाध्य भयको हुं । यसरी सधैं मर्ने कुरा नगर तिमी ! दुनियांले तिमीलाई देखोस र संझियोस , ओ हो ! यो मगन्ते उमेर मा कति राम्रो र वलबान थियो , कस्तो हट्टा कट्टा थियो , शक्तिमा रहंदा यसका पछि कति मान्छे थिए ! त्यति विघ्न धनि मान्छे आज कसरी सडमा आयो ?
तिमीलाई देखेर यस्तै कुरा सबै को मनमा आवस । तिमीलाई देखेर मान्छेले सजिलै बुझोस कि यो संसार वास्तवमा केही होईन रहेछ । बाचुन्जेल किन घमण्ड गर्नु ?
त्यसैले तिमी तिनिहरुको लागी पनि केही बर्ष अझै बांचि देउ । जसले आफ्नो अतित बिर्सिएको छ , जसले आफ्नो हैसियत बिर्सेको छ , जसले आफ्नो धरातल बिर्सेको छ, दुई चार पैसा कमाएकै भरमा जस्ले आफ्नो भाई बन्धु बिर्सिएको छ । "
म तिमी मार्फत उनिहरु लाई जीवन को रहस्य बुझाउंन सकौं ।
मगन्ते ले यति भनि सक्दा ति युवकले आंशु थाम्न सकेनन , उनको आंखाको डिल बाट तप्प तप्प आंशु झरि रहेको थियो ।
यो आंशु न दु:खको थियो , न खुशी को नै । मात्र थियो ज्ञान प्राप्ति को ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home