Tuesday, June 19, 2018

जस्तो अन्न त्यस्तै मन
******************
महाभारतको युद्ध चलि रहेको थियो।
भीष्मपितामह अर्जुनको बाणले  घाईते बनि बाणलेनै  बनेको मृत्यु शय्यामा काल पर्खि रहेका थिए ।
कौरव र पांडव दुवै पक्षका सदस्य हरु उनि संग भेटन हरेक दिन आई रहेकै हुन्थे ।
एक दिनको प्रसंग यस्तो थियो , पांडव हरुका  पांचै भाई र द्रौपदी चार तर्फ बसेर   पितामहको  उपदेश सुन्दै थिए । सबै भाईको उपदेश मै ध्यान केन्द्रित थियो । अचानक द्रौपदी जोडले  हांस्न थालिन । द्रौपदीको यस्तो कृयाकलाप देखेर पितामह अत्यन्त आहत हुन पुगे र उपदेश दिन समेत छाडे ।  पांच पांडव हरु द्रौपदीको यो व्यवहारले आश्चर्यचकित बने । सबैले मुखामुख गरे ।
केही क्षण पश्चाद पितामहले भने  , ” पुत्री , तिमी त  एक सभ्रांत कुल कि बुहारी हौ , यसरी एक्कासी हांस्नुको कारण बुझ्न सकिन मैले,यसको कारण जान्न सक्छु ? "
द्रौपदीले भनिन -” पितामह, आज तपाईं हामीलाई अन्यायका विरुद्ध लडने उपदेश दिई रहनु भयको छ । जुन दिन, त्यत्रो भरी सभामा मलाई  निर्वस्त्र गर्ने कुचेष्टा भै रहे को थियो , कहां गयको थियो तपाईंको उपदेश ? त्यस बखत स्वयं तपाईंले मौन धारण गर्नु भयो किन ? अन्याय विरुद्ध किन एक शव्द निस्किएन तपाईंको मुख बाट ?  
यति सुने पछि पितामहको आँखामा  आंसु आयो । कांतर स्वरमा उनले भने  ” पुत्री , तिमी लाई थाहानै छ  त्यस समय मैले दुर्योधन को अन्न खाएको थिएं । त्यो अन्न , जुन  प्रजा लाई दु:खी बनाई एकत्रित गरिएको थियो । त्यस्तो अन्न ग्रहण गरेकै कारण  मेरो संस्कार पनि त्यस्तै घटिया भयो , फलतः त्यस समय मेरो वाणी अवरुद्ध हुन पुग्यो ।
 तर  अब त्यो अन्नको एक कण पनि मेरो शरिरमा बांकि छैन । तिमी देखि रहे कि छौ , सबै रगत बनेर निस्किई सक्यो । अब मेरो  स्वाभाविक संस्कार फिर्ता भै सकेको छ पुत्री ! त्यसैले त  स्वतः  मेरो मुख बाट उपदेश हरु  निस्कि रहेको छ ।
पुत्री !  जसले जस्तो अन्न खान्छ , उसको मन पनि उस्तै हुन्छ ।
चोरी गरेको , लुटेको , ठगि गरेको , ढांट छल गरेको , भ्रष्टाचार गरेको , अर्कालाई अन्यायमा पारी संकलन गरेको अन्न कसैको पेटमा नपरोस । " केही दिन सम्म उनले सोही मृत्यु शैय्या बाट सबै लाई उपदेश दिई रहे ।
                                          -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home