शंख
*******
एउटा गृहस्थले एकजना सन्तको अत्यन्तै सेवा गर्दथ्यो । उसको सेवा देखी प्रशन्न भै सन्तले उसलाई घर फर्कने बेला एउटा " कल्प वृक्ष" नाम गरेको सानो शंख उपहार दिदै भने छन - "जब तिमीलाई केही खांचो पर्ने छ ,यसको पुजा गर्नु र शंख संग आवश्यकता बमोजिम जे चाहिन्छ माग्नु,भने जति प्राप्त हुने छ । "
यस पछि गृहस्थ उक्त शंख लिएर आफ्नो घर तर्फ लाग्यो । बाटो लामो भयका कारण त्यस दिन उ घर पुग्न सकेन र कसैका घरमा बास मागेर बस्यो ।
जब सुत्ने समय भयो उसको मनमा कौतुहल जाग्यो , सन्तले भनेको जस्तै यो शंखले सांच्चै मेरो मद्दत गर्ला ? एक पटक बिचार गर्नु पर्यो ।
उसले शंखको पुजा गरेर भन्यो " शंख ! एउटा स्वर्णमुद्रा पाऊं न !
नभन्दै शंख बाट एउटा स्वर्णमुद्रा फुत्त निक्लियो । उ असाध्यै खुशी भयो !
यो घटना त्यस घरको घरबेटिले झ्याल बाट देखि रहेको थियो । उसको मनमा तत्कालै लोभले डेरा जमायो र रातिमै उस्तै प्रकारको शंख त्यस परदेशीको झोला मा राखी "कल्प वृक्ष शंख" आंफूले लियो ।
भोली पल्ट जब गृहस्थी घरमा आयो र शंखको पुजा गरी फेरी एउटा स्वर्णमुद्रा माग्यो । तर आज भने शंखबाट स्वर्णमुद्रा आएन ।
अर्को दिन उ निराश भै पुन: साधुको आश्रममा गयो । "साधु महाराज ! यो शंखले एक पटक त स्वर्णमुद्रा दिएको थियो , तर दोस्रो पटक भने दिएन ! "
साधुले सोध्नु भयो -" तिमी घर फर्कदा कतै बास बस्यौ ?
गृहस्थले एक रात कसैका घरमा बास बसेको कुरा बतायो ।
साधुले कुरा बुझ्नु भयो ! , गडवडी त्याहिं भयो ।
यस पटक भने साधुले अर्को ठुलो "वामवर्ती शंख" दिंदै भन्नु भयो -"अस्ति जुन घरमा बास बसेको हो आज पनि त्यसै घरमा बस्नु , र पुनः शंख पुजा गरी स्वर्णमुद्रा माग्नु ।
गृहस्थले त्यसै गर्यो । पुजा सकेर शंख संग भन्यो कृपया एक स्वर्णमुद्रा पाउं । शंखले जोडले आवाज निकालेर भन्यो -" वत्स ! तैले किन एक मात्र स्वर्णमुद्रा मागिस ? म अरु जस्तो सानो प्रकारको शंख हो र ? भोली तंलाई दश स्वर्णमुद्रा दिउंला ।
घर बेटी आज पनि यो दृश्य देखि रहेकै थियो । उसने सोच्यो ओहो ! भोली त दस स्वर्णमुद्रा पाईने रहेछ !
उसले रातमा सानो कल्प वृक्ष शंख उसको झोलामा राखी दिई त्यो ठुलो वामवर्ती शंख चोरेर लियो ।
बिहानै गृहस्थ घर तर्फ लाग्यो , उता शंख चोर निकै खुशी का साथ शंखको पुजा गर्न थाल्यो । हिजै कुरा भय अनुसार उसले दश स्वर्णमुद्रा माग्यो ।
शंखले जोड संग आवाज निकाल्दै भन्यो - " वत्स ! तैंले केवल दस स्वर्णमुद्रा मुद्रा मात्रै किन माग्छस ? के म अरु सानो शंख जस्तो हुं र ? भोली म तंलाई एक सय स्वर्णमुद्रा दिउंला ।
उ निकै खुशी भयो किन कि उसलाई भोली एक सय स्वर्णमुद्रा मिल्ने वाला छ !
दोस्रो दिन उसले पुनः शंख पुजा गरेर एक सय स्वर्णमुद्रा माग्यो ,
शंखले फेरी पनि ठुलो आवाज निकाल्दै भन्यो - वत्स ! तं किन केवल एक सय मात्र स्वर्णमुद्रा माग्छस ? भोली एक हजार स्वर्णमुद्रा दिउंला !
यसै गरी तेस्रो दिन दस हजार, र चौथो दिन एक लाख स्वर्णमुद्रा दिउंला भनि शंखले भन्दै गयो । उता शंख चोर भने जति बढी रकमको कुरा सुन्थ्यो त्यतिनै खुशी हुन्थ्यो !
पांचौं दिनमा शंखले भोली दश लाख स्वर्णमुद्रा दिउंला भने पछि , अब भने उसलाई शंका लाग्न थाल्यो ।
अब उ कस्सिएर शंख संग भन्न लाग्यो - प्रभु ! तपाईं , दिन्न कहिल्यै भन्नु हुन्न , जहिले पनि दिन्छु मात्रै भन्नु हुन्छ , मात्र ठुला ठुला कुरा गर्नु हुन्छ ? आखिर दिने चाहिं कहिले हो त ?
शंखले पुनः जोडले आवाज निकाल्दै भन्यो
" वत्स ! तंलाई थाहा छ या छैन !
मेरो काम त बस बोल्ने मात्रै हो सबै लाई जिल्याई दिने । बोलेकै भरमा कसैलाई खुशी पार्न सकिन्छ भने दिने कष्ट किन गर्नु ? म त ,मात्र धेरैलाई बोलेरै खुशी पार्छु , दिएर होईन !!!
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home