भ्रष्टाचार
**********
एउटा राजा लाई "दुध -मलाई" खाने शौख रहेछ । उसलाई राति सुत्नु भन्दा अगाडी दुध मलाई खानै पर्ने । अन्यथा निदाउंनै गाह्रो पर्ने । यसैका लागी मात्र , उसले एकजना कर्मचारी नियुक्त गर्यो । जसको काम नित्य बिस रुपैया को दुध- मलाई ल्याई राजालाई बुझाए मात्र पुग्थ्यो । यो क्रम कैयौं दिन सम्म चल्यो ।
केही समय बिते पछि दरवारकै लेखापाल लाई शंका लाग्यो , कतै दुध मलाई वाला कर्मचारीले गडवड त गरि रहेको छैन ? एक दिन उसले चुपचाप त्यो कर्मचारी माथी निगरानी गर्ने विचार ले आफैं बजारमा छडके गर्न भनि गयो । नभन्दै उसले त पन्ध्र रुपैया को दुध -मलाई किनेर सिंगै पांच रुपैंया बचाउने गरेको रहेछ । लेखापाल द्वारा आफ्नो चोरीको पोल खुले पछि अब उसले अर्को पांच रुपैया लेखापाल लाई समेत बुझाउन थालेछ । अब राजालाई लगिने दुध-मलाई दश रुपैंयाको मात्र हुन थाल्यो । उता राजाले भने हरेक दिन बिस रुपैंयाकै दुध-मलाई सम्झिएर खान्थ्यो ।
निकै दिन बिते पछि राजा लाई शंका लाग्यो , कता कता दुध मलाई मा चिल्लोको मात्रा कमि हो कि ? राजाले आफ्नो अत्यंत विश्वासिलो मानिएको एकजना मंत्री बोलाई आफूंलाई लागेको शंका बतायो र वास्तविकता पत्ता लगाउन आदेश दियो । मंत्रीले सोध -पुछ शुरू गर्यो , तव लेखापालले मंत्री लाई अर्को पांच रुपैंयाको प्रस्ताव राख्यो । मंन्त्रीले त्यसलाई सहर्ष स्विकार गर्यो । अव दुध -मलाई किन्नका लागी त्यस कर्मचारीले जम्मा पांच रुपैया मात्र खर्चिन थाल्यो । अब राजाले खाने दुध -मलाई बिस बाट झरेर पांच रुपैया मा सिमित भयो ।
केही दिन यसरी नै चल्दै थियो , एक दिन दुध -मलाई बिक्रेता ले विचार गर्यो , बिस रुपैया को दुध -मलाई बिक्री हुन्थ्यो , अचेल पांच रुपैया को मात्र लैजान्छन ,यसमा पक्कै केही रहस्य छ !
पसलेले दुध मलाई लिन आउने कर्मचारी संग भन्यो -" बिसको माल कसरी पांचमा झर्यो ? यथार्थ बताउ , अन्यथा कुरो राजा सम्म पुग्ला !" उसले धम्किको भाषामा भन्यो ।
कर्मचारी डरायो , उसले लेखापाल लाई भन्यो , लेखापाल ले मन्त्री लाई सुनायो ।
अंतमा कुराको समाधान यसरी भयो - अब देखि पांच रुपैया पसलेले समेत पाउने भयो । दुध- मलाईको पुरै रकम भाग वण्डा गर्दैमा सकियो । अब समस्या यो भयो , दुध मलाई कुन पैसा ले खरिद गर्ने ? राजा लाई जसरी पनि दुध- मलाई चाहिन्छ नै । यस कुराको जिम्मा मंत्रीले लियो , -" राजा लाई कसो गर्नु पर्छ म गरौंला । "
यो घटनाको पहिलो दिन दुध- मलाई आउला र खाएर सुतौंला भन्दा भन्दै संयोग ले राजा निदाएछ । त्यस पछि मंत्रीले सेतो चकको घोल बनाई राजाको जुंगामा दलि दियो । भोली पल्ट राजा उठना साथ दुध- मलाई वाला कर्मचारी लाई बोलायो , साथमा लेखापाल र मंन्त्री पनि दौडदै आए । राजाले सोध्यो - "हिजो दुध- मलाई किन ल्यायनौ ?"
कर्मचारीले लेखापाल लाई हेर्यो , लेखापालले मंत्री तर्फ हेरेको मात्रै थियो , मंत्रीले भन्यो - "सरकार ! ल्याउन त ल्याईयको थियो, तर हजुर निदाई बक्सेछ । तै पनि हामीले हजुर निदाएकै वखत ज्युनार गरायौं । हेरि बक्स्योस त जुंगामा लागेको दाग अझै देखिन्छ ।" यति भनेर उसले राजा लाई भित्ताको ऐना देखायो । जुंगामा भयको सेतो दाग देखे पछि राजा लाई विश्वास लाग्यो , "निन्द्रामा पनि दुध -मलाई खाईएछ । " राजाले मनमनै भन्यो ।
अब यो क्रम नित्य चल्न थाल्यो , दुध -मलाई खर्च वापत , ढुकुटी बाट पुरै बिस रुपैया निकालिन्थ्यो र कर्मचारी , लेखापाल , मंन्त्री र पसले मिलेर आ- आफ्नो भाग पांच पांच रुपैया लिन्थे ,राजाको मुखमा भने सधैं सेतो पोतिन्थ्यो ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home