मलाई श्राप देउ
ईश्वर मलाई , वैभव चहिन्न ,
विपन्नताकै , उपहार दिलाउ ।
त्यै मौका छोपी ,आफ्ना हरुको,
पहिचान गर्ने ,अवसर मिलाउ ।
आनन्द मैले ,खोजेको छैन ,
कठिनाईहरुको , पहाड दिलाउ ।
कायर बनेको , मेरो यो मनलाई ,
हिम्मत चुर्ण , घोटी पिलाउ ।
ईश्वर मलाई , बिचार होईन ,
जिउने कलाको , भ्रम दिलाउ ।
आफन्त जनको , रायले होईन ,
आफैं सुल्झाउने , आंट दिलाउ ।
अवसर र वरदान , मलाई चाहिन्न ,
आशिर्वाद पनि , तिनलाई दिलाउ ।
त्यसको दुरुपयोग , म चाहन्न कत्ति ,
मलाई त केवल ,श्राप दिलाउ ।
ईश्वर!मलाई फूल ,नदेउ कहिल्यै ,
कांडाको झांगमा ,स्थान दिलाउ ।
क्षणिक खुशी , चाहिन्न मलाई ,
प्रभु ! सदाबहार , पिडा दिलाउ ।
पराईको जाल तोडने, चाहिन्न सिप,
त्यै जालमा हुर्कें म, बरु थप दिलाउ ।
म अर्को अभिमन्यु , चाहन्न बन्न,
स्वजनको व्युह, तोड्न सिकाउ ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home