Wednesday, June 27, 2018

श्रीमद्‌भागवत महापुराण अन्तर्गत एकादशःस्कंधको - द्वितीयोऽध्यायःमा कलियुगको भविष्यवाणी यसरी गरिएको छ ।

ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया ।
कालेन बलिना राजन् नङ्‌क्ष्यत्यायुर्बलं स्मृतिः ॥

अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक शक्ति र स्मृति सबै दिन- प्रतिदिन घट्दै जान्छ ।

वित्तमेव कलौ नॄणां जन्माचारगुणोदयः ।
धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ॥

अर्थ- कलियुगमा  जुन व्यक्ति संग जति धेरै धन हुन्छ उ  त्यतिनै गुणवान मानिन्छ ,  र न्याय तथा कानुन केवल शक्तिको आधारमा मात्र लागु गरिन्छ ।

दाम्पत्येऽभिरुचिर्हेतुः मायैव व्यावहारिके ।
स्त्रीत्वे पुंस्त्वे च हि रतिः विप्रत्वे सूत्रमेव हि ॥

अर्थ- कलियुगमा पुरुष-स्त्री बिना विवाह पनि केवल एक-अर्कोको  रूचिका अनुसार साथमा रहन्छन । व्यापार को सफलता छल-कपटमा निर्भर रहन्छ । कलियुगमा  ब्राह्मण मात्र एउटा धागो लगाएको भरमा म  ब्राह्मण हुं भनि दावा गर्दछ ।

लिङ्‌गं एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् ।
अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ॥

अर्थ- जसले  घूस दिन सक्दैन या धन खर्च गर्न  असमर्थ हुन्छ , उसले अदालत बाट  न्याय पाउन सक्दैन ।  जो व्यक्ति अत्यन्त धुर्त  र स्वार्थी हुन्छ उ कलियुगमा  प्रख्यात  विद्वान मानिन्छ ।

क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया ।
*त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्।।*

अर्थ- मान्छेहरु भोख-प्यास र अनेकौं तरह का  चिंताले दुखी रहन्छन । बिभिन्न किसिमका रोग र महामारी बाट घेरिई रहन्छन ।  कलियुगमा मनुष्यको आयु  केवल बीस अथवा तीस वर्षको मात्र हुने छ ।

*दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम् ।*
*उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि ॥*

अर्थ- मान्छेहरु टाढा - टाढाको  नदी-तलाउ लाई तिर्थ मान्ने छन , तर  आफ्नै साथ रहेका   माता-पिताको निंदा गर्ने छन । शिरमा लामो लामो कपाल राख्नु लाई  सुन्दरता मान्ने छन ।  केवल पेट भर्नु मात्र मानिस हरुको लक्ष हुने छ ।

*अनावृष्ट्या विनङ्‌क्ष्यन्ति दुर्भिक्षकरपीडिताः।*
*शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः ॥*

अर्थ- कहिले बर्षा न हुने , कहिले भिषण बर्षा हुने , कहिले सुक्खा  पर्ने , कहिले अत्यन्त जाडो हुने , कहिले भिषण गर्मी हुने  गर्दछ । कहिले आंधी हुरी आउने  त कहिले बाढी आउने हुन्छ । यस्तै समस्या हरु संग मानिस पिडित भै नष्ट हुने छन ।

*अनाढ्यतैव असाधुत्वे साधुत्वे दंभ एव तु ।*
*स्वीकार एव चोद्वाहे स्नानमेव प्रसाधनम् ॥*

अर्थ- कलियुगमा जुन व्यक्ति संग प्रसस्त धन हुंदैन उसलाई अधर्मी, अपवित्र र बेकारको मानिने छ । विवाह लाई दुई व्यक्ति बिचको समझौता मात्र मानिने छ । मान्छेहरु मात्र स्नान गरे पछि आफ्नो अंतरात्मा  शुद्ध भयो भन्ने सम्झने छन ।

*दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम् ।*
*एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले ॥*

अर्थ- धर्म-कर्म त  केवल अर्को लाई  असल छु भनि  देखाउन मात्र गरिन्छ ।  सारा पृथ्वी भ्रष्ट व्यक्तिहरुले  भरिने छ  र मान्छेहरु  सत्ता हासिल गर्नाकै लागी एक अर्काको हत्या गर्ने छन ।

आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम् ।
शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः ॥

अर्थ- अनिकाल  र अत्याधिक करका  कारण मान्छेहरु आत्तिएर  घर छोडी सड़क तथा  पहाड़मा  रहन बाध्य हुने छन । साथ साथै  रुखका पात , जरा , मासु , जंगली यह , फूल र बिउ बिजन  खान  बाध्य हुने छन ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home