भोजन र मन
***********
शहरको चर्चित चामल व्यापारीको एउटा चोर संग साँठ-गाँठ भयछ । चोरले , चामल चोरेर ल्याउंथ्यो आधा मूल्यमा व्यापारीलाई दिन्थ्यो , त्यस बेला देखि उसको आम्दानि उल्लेख्य रुपमा बढन थाल्यो ।
एक दिन उसलाई लाग्यो , पापको कमाईले परत्र बिग्रन्छ भन्छन , केही त गर्नै पर्ने भो ! यस्तै मनमा सोचि पाप पखाल्ने विचार गरेछ त्यस व्यापारीले ।
एक दिन उसले मार्सी चामलको खीर बनाएर मन्दिरका दुई जना नाम चलेका साधु बाबाहरु लाई भोजनको निमित्त आमंत्रण गर्यो ।
साधु बाबाहरुले चामलको खीर अत्यंत मिठो मानेर खाय । खाने र खुवाउने दुवै थरि सन्तुष्ट भय ।
व्यापारीले भन्यो "महाराज ! हजुर हरु केही बेर आराम गरिबक्स्योस बाहिर गर्मी छ । "
साधु बाबा हरुले प्रस्ताव स्वीकार नगर्ने कुरै भयन , किन कि बाहिर प्रचण्ड घाम थियो ।
बाबा हरु लचकदार बिच्छ्यौनामा पल्टिए , मिठो निन्द्रा लाग्यो । केही बेरमा चामल व्यापारीले १००-१०० रूपैंयाका १० लाख रकमको बिटा लिएर आई सोही कोठाको टेवुलमा राख्यो र च्यादरले छोपि आफूं पनि आराम गर्न भनि अर्कै कोठा तर्फ लाग्यो ।
एकजना साधु बिउंझिए , टेबुलको च्यादरमा आंखा पर्यो । पल्टाएर हेर्दा धेरै नोटका बिटा देखियो । मनमा लाग्यो , यति धेरै बिटामा एउटा लैजांदा कस्ले पो थाहा पाउला र ? एउटा बिटो उठाएर धोतीमा गांठो बांधि पुनः उनले निदाएको बहाना गरे । केही बेरमा दोस्रो साधु बिउंझिए , उनले पनि त्यसरीनै एउटा बिटो लुकाए ।
सांझ पख जाने समय व्यापारीलाई आशीर्वाद दिएर उनिहरु फर्के ।
भोली पल्ट उसले पैसा गन्ति गर्न थाल्यो , दुई वटा बिटा कमी देखियो ।
उसले बिचार गर्यो , साधु महात्मा बाट यस्तो घृणित काम हुनै सक्दैन । घरको नोकर लाई गधालाई जस्तै चुटियो ।
ठिक त्यसै बेला साधुहरु आई पुगे , " यस लाई न चुट्नोस , एक एक वटा बिटा हामीले लगेका थियौं "। उनिहरुले रकम फिर्ता गर्दै भने ।
साहु आश्चर्य चकित भय ! तपाईंहरु नोकर लाई बचाउन यो भन्दै हुनु हुन्छ हो ?
"कुरो त्यस्तो होईन मित्र ! वास्तव मा यहां को पैसा हामीले नै चोरेका थियौं ! "
बरु सांचो भन्नुस सेठजी , ..हिजो हामीलाई किन र कस्तो खिर खुवाउनु भयो ? "
व्यापारीले वास्तविकता लुकाउन चाहेनन । चोर संग आधा मुल्यमा खरिद गरेको चामलको पाप लुकाउन यहांहरु लाई खिर खुवाएको हुं ,उसले स्पष्ट कुरा राख्यो ।
"चोरीको चामलको खीर थियो र पो यसैले हाम्रो मनमा पनि चोरीको भाव उत्पन्न भयो । बिहान जब पेट खाली भयो , तपाईंको खीरको तुष समेत सकियो । यसरी पेट सफा हुना साथ हाम्रो बुद्धि समेत शुद्ध भयो । यसैले यो पैसा फिर्ता ल्यायौं । साधुहरुले भने ।
'हे राम.... यसरी कसैको घरको चोरीको खाना कसैको पनि पेटमा नपरोस । " मनमा तत्काल पाप उत्पन्न हुन्छ । "
त्यसैले भनिन्छ -
जस्तो खायो अन्न ... त्यस्तै हुन्छ मन ।
जस्तो पियो पानी .... त्यस्तै हुन्छ वाणी ।
जस्तो शुद्धी.... त्यस्तै बुद्धी ।
-०-

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home