गजल
*********
(गोरखा)
मनाश्लु नामको टोपी, लगाई हांस्छ गोरखा
पालुंगटार काखमा राखी,खुशीले नाच्छ गोरखा
पृथ्वीको शानले बांच्यो ,गोरखकाली को मानले
भिमसेन थापा गजे लखन ,जन्माउने मेरो गोरखा
हिमाल पहाड़ तराईका , हावा पानी सबै यहां
सिंगो नेपाल अटाउने ,गजव छ मेरो गोरखा
तान्द्रांगकोट आरुकोट लिगलिग ,अरु पनि कति कति
आरुघाट आंपपिपल बार्पाक सुखी छ मेरो गोरखा
गोरखा कै नामले सारा, संसारमा गोरखाली भनि
चिन्यो विश्वले नेपाल , गर्व गर्छ मेरो गोरखा
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home