गजल :-
************
डढेलो लागेको बनमा,जनावर चर्न जान्छ र
ओरालो लागेको संग ,संगत गर्न को मान्छ र
नफलेको रुखमा फल ,टिपेर कसरी खाला
मुलै सुकेको धारामा, पानी थापी को खान्छ र
द्रव्यहिन लाई गणिकाको,ढोका बन्द भय सरि
यत्रतत्र निषेध हुन्छ ,कसले पो आफ्नो ठान्छ र
दुनियां सब स्वार्थि छ,दुनो आफ्नो सोझ्याउंछ
मरि जानुत निश्चित छ ,मर्दा कस्ले के लान्छ र
धनको मदमा मान्छे ,तुजुक् आफ्नो देखाउंछ
धर्मराज धनि निर्धन ,जांचेर कहिले तान्छ र
कालिका -६ चितवन
१३ चैत्र २०७४
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home