गजल :-
**************
नारी कै अनुग्रह ले त पाईयो, यो धर्तीमा टेक्न लाई
संसारै भरिका बिचित्र थरिका, यि सिर्जना देख्न लाई
जन्माई हुर्काउने पनि तिनी , बोल्न सिकाउने पनि
नारी को महिमा प्रसस्ति गाउन, खै पुगेको लेख्न लाई
जीवन को अधिकांश समय , साथ दिने साथी ति हुन
आईपुग्छिन जव मृत्यु घुम्दछ वरिपरी, बुझेर त्यो छेक्न लाई
शिक्षक हुन घर कि बिरामी जतिका, डाक्टर पनि हुन तिनी
पुग्छिन नाम्लो लिएर खेतमा, ज्यामी भै घांस खेप्न लाई
दुर्गा सावित्री लक्ष्मी पनि तिनी, हुन उग्रचण्डि पनि
पुजा होईन विश्वास गरिदिनु, घर स्वर्ग रुप देख्न लाई
कालिका ६ जमुनापुर
चितवन
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home