गजल
***********
जिन्दगी असिना पानी परेको कर्कलो भयो
पिडा पोखियो पानामा मनै हलुको भयो
मृत्यु को द्वारमा पुग्दा द्वारपाले अचम्मै भयो
अझै बांकि छ तेरो त भन्दै द्वार ढेपि गयो
असफल त्यहि यात्राले फुरायो अक्षरका गेडा
तिनै अक्षरका गेडा चक्कि को सितनै भयो
भोक बेचेर जोडेको चक्की क्याप्सुलले सदा
गिज्याई रहंदा जिउंदै मरे तुल्य सरी भयो
"सुधा" को छहारीमा लुसुक्क छिरेको देखि
छाड्यो गिज्याउन त्यसले बल्ल तनावै गयो
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home