कुवेर काका :-
एकजना धनाढ्य व्यक्तिले सोचे , यस जन्ममा दान धर्म गर्न सके पछिलाई पनि होला । गाउं का सबै गरिबलाई मासिक रुपमा दिईने दानको सूची बनाईयो , गरिबिको स्तर बमोजिमको सूची मा पचास देखि दुई सय रुपैया सम्म समावेश थियो , हरेक महिना को संक्रान्ति का दिन दान लिने हरु अनुशासित भै पंक्तिमा बसि रकम लिन्थे , बुझे को सहिछाप पछि रकम लिई घर जान्थे । दान दिने र लिने दुबै पक्ष संतुष्ट देखिन्थे। बर्षौं सम्म यो क्रम चल्यो ।
ठुलो परिवार ,अलिकती पनि खेत बारी नभयका कुवेर काका दान सूची मा उच्च रकम , दुई सय पाउने एकजना मात्रै परेछन ।
सधैं जस्तै आजको संक्रान्तिमा पनि लेखापाल रकम बितरणमा खटिए । लामवद्ध भिड लाई संबोधन गर्दै लेखापाल ले भने - यो महिना दाताले छोरीनानी को विवाह पक्का गर्नु भयो । निकै ठुलो रकमको जरुरत पर्ने भयकोले , यस महिनामा हुने सबै खर्च बाट कटौती गरेर रकम जुटाउने क्रममा , सबै ले पाउने दान रकममा पनि आधा गरिएको छ ।
दान लिन उभिएका हरु एक्कासी झसंग भय , कुवेर काका लेखापाल नजिकै आए , विहेको कारण देखाएर आधा गर्न मिल्दैन , त्यतिले हाम्रो परिवार लाई पुग्दैन । पुरै रकम नपाए सम्म हामीहरु चल्ने वाला छैनौं ।
लेखापालले संझाए - काका यस पटक यस्तै भयो ।
आफ्नो गास काटेर यिनका छोरी को विहेमा सहयोग गर्न हामी विलगेट त होईनौं नि ? उनि टेबुल ठटाउन थाले ।
लामो समय दान पाईरहेका कुबेर काका लाई दुई सयनै आफ्नै हो भन्ने भान परि सकेको थियो, त्यसलाई उनले आफ्नै हक सम्झे , आफूं दुईसयको अधिकारी भयको महशुस गरे । आज आधा रकम कुनै कारण कटौती गरिंदा उनि रन्थनिए , आवेगमा आए , यद्यपि त्यो रकम नियमित पाउनु उनको अधिकार थिएन , कसैको स्व ईच्छाले दिईएको थियो ।
रकम पाएको यतिका दिन सम्म उनिहरुले त्यो दाता लाई कहिले पनि धन्यवाद दिन आवश्यक ठानेनन्।
🍃 जसरी हामी यो अमूल्य जिन्दगी पाउदा भगवान लाई धन्यवाद दिंदैनौं , अनि खोसिदिंदा चित्त दुखाउछौं ।
🍃 जसरी हामी दु:ख पर्दा भगवान संझन्छौं , तर खुशीमा संझदैंनौं ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home