गजल
************
पहिले जन्मन जानेन हजुर बा बन्न खोज्छ उ
लब्धांक लिएकै भरमा अग्रजलाई घोच्छ उ
आदरणिय पुजनिय र ढोगनिय भेद जानेन
पुर्वज भेषलाई छाडी अरुकै पतलुन रोज्छ उ
नैतिक शिक्षा पढेकै छैन नैतिकता सुनाउंछ
संध्या गर्ने बेला आउदा मद्यपान त्यो घिच्छ उ
धर्म कर्म उ गन्दैन निकै सभ्य भैयो भनि
अब त ठुलै भैयो एकोहोरो मात्र सोच्छ उ
गुन्यु कुना तिर फालि उनलाई कट्टु भिराउंछ
पढेको मुर्ख पो भो त पुर्खा लाई हिलो पोत्छ उ
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home