लेन-देन
************
एक पटक राजाको दरबारमा एक जना बुढो गन्दर्भ गीत गाउन गयछन ।
उनले अत्यन्त मिठो गीत गाए ।
राजाले खजान्ची लाई भने " केही तोला सुन दिनु ।
गंधर्वले झनै मिठो र सुमधुर गीत गाए ।
राजाले फेरी भने हीरा, जवाहरात घरमा गयर हातमै राखी दिनु ।
गन्दर्भ बाट गीत अझै मिठो गाईयो ।
राजाले भने " यिन लाई पांच हजार थान असर्फि पनि दिनु ।
राजाको पटक पटकको घोषणाले गन्दर्भ निकै उत्साहित भय ।
यस पटक भने गन्दर्भले गायको गीत यति लोकप्रिय भयो , त्यो ऐतिहासिक सावित भयो ।
राजाले कल्पना पनि नगरेको गीत सुनेर उनि औधि प्रसन्न भय। उनले खजान्ची लाई आदेश दिय "गन्दर्भलाई घरजग्गा पनि दिनु ।"
गन्दर्भ गीत गाई सकेर निकै खुशी हुंदै घर गय ।
उनले गीत गायको पारिश्रमिक ल्याय पछि भात पकाउंला भनेर प्रतिक्षा गरिरहेकी अर्द्धांगिनी ले भनिन " खै त गीत सुनाउन दरवार गयको होईन के भयो ?
गन्दर्भ ले भने " गीत सुनेर राजा निकै प्रसन्न होईबक्स्यो , निकै ईनाम पाएको छु ,हिरा , जवाहरात,सुन,घर जग्गा, असर्फि सबै पाईयो ।
आज भोकै रहनु परे पनि यति धेरै ईनाम पाएकाले त्यो परिवार भोक बिर्संदै , खुशी साथ सुत्न गय ।
केही महिना बित्यो , गन्दर्भले पाएको भनिएको ईनाम आई पुग्ने कुनै संकेत सम्म देखिएन ।
एक दिन गन्दर्भ दरवारमा गय र भने।
" महाराज ! हजुरले दिएको ईनाम आज सम्म पाईन !!!"
राजाले भने " गन्दर्भ बा ! यो त लेन-देन को कुरा पो त !
तपाईंले मेरो कान लाई खुशी बनाउनु भयो
र
मैले तपाईंको कान लाई खुशी बनाएं । बराबर भयन र ??? "
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home