क्षणिक जीवन
*************
एक जना मान्छेको निधन भयो । उस्को आत्माले देख्यो, हातमा सुटकेश लिएर भगवान उस्कै नजिक आउंदै थिए ।
भगवानले भने "पुत्र हिंड जाऔ अब समय भयो ।"
आश्चर्यचकित हुंदै त्यस मृत व्यक्तिले भन्यो " जाने समय भै सक्यो र प्रभु ?अझै धेरै काम अधुरा छन। क्षमा गर्नुस प्रभु अहिले नै जाने कुरा नगर्नुस। मेरो उमेर अझै बांकी छ ।
अनि हजुरको यो शुटकेशमा के छ प्रभु ?
भगवानले भने " तिम्रो सामान छ वत्स !"
मेरो सामान ? मेरो सारा वस्तुहरु ? मैले जिन्दगी भरि कमाएको धन , दौलत ?" उसले एकै स्वासमा सोध्यो ।
भगवानले प्रत्युत्तर दिए - यि वस्तुहरु तिम्रा होईनन । यि त पृथ्वी संग सम्बंधित हुन ।
उसले पुनः सोध्यो " मेरो यादहरु हुन त ?
भगवानले भने "याद झन तिम्रो आफ्नो कहिले पो थियो र ? त्यो त समयको थियो ।
उसो भय मेरो बुद्धि हो त ?
भगवानले भने " त्यो पनि तिम्रो कहिल्यै भयन । त्यो त परिस्थिति जन्य थियो ।
के मेरो परिवार र मित्र हरु हुन त ?
भगवानले भने " क्षमा गर वत्स , ति त झन कहिले पो तिम्रा थिए र ? तिमीले मेरो परिवार र मित्र भन्ने गरेकाहरु त यात्रा गर्दा बाटोमा भेटिएका पथिक हरु थिए ।
उसो भय निश्चित पनि यस सुटकेशमा मेरो शरीर हुनु पर्दछ !
भगवानले मुस्कुराउंदै भने -- त्यो तिम्रो थिएन , त्यो त खरानीको थियो ।
यसमा मेरो आत्मा छ त ?
"अहं त्यो आत्मा त मेरो हो" भगवानले भने ।
भयभीत त्यस मृतक लाई भगवानले सुटकेस दिएर भन्नु भयो "खोलेर हेर" ।
उसले सुटकेस खोल्यो , भित्र रित्तो थियो , एकदम खाली ।
मृत व्यक्तिका आँखांमा आंसु आयो , भगवान मेरो भन्ने केही रहेनछ त ?
भगवानले भने -- " सत्य यही हो,
प्रत्येक क्षण तिमी "जिउंदो" थियौ , त्यो नै तिम्रो आफ्नो थियो । जिन्दगी क्षणिक छ , त्यो क्षण मात्र तिम्रो हो ।
यस कारण जुन समय तिमी संग छ ,त्यस समयको भरपुर उपयोग गर । व्यर्थ मा समय खेर नफाल ।
"खुशी" हुनलाई नबिर्स , यही एक कुरा ले बाचुन्जेल सम्म महत्त्व राख्छ ।
भौतिक वस्तुको लागी लडाईं, झगडा काटमार , लोभ,पाप जति गरे पनि आखिर यहाँ बाट केही पनि लैजानु छैन । जाने त रित्तै हो ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home