ईश्वर भक्त :-
एक दिन भगवान श्रीकृष्ण र अर्जुन कतै घुम फिर का लागी निस्किए । बाटो मा उनिहरुको भेट एक निर्धन ब्राह्मण संग भयो । उसको व्यवहार अलिक विचित्र खालको देखिन्थ्यो । उ सुक्खा घांस खाई रहेको थियो भने उसको कम्मरमा ठुलै तरवार झुण्डिरहेको थियो ।
अर्जुनले उसलाई सोधे - ब्राह्मण देव ! हजुर त अहिंसा को पुजारी , जीव हिंसा को भयले सुक्खा घांस खाएर आफ्नो गुजारा गर्नु हुन्छ । तर यो हिंसा को उपकरण तरवार किन आफ्नो साथमा राख्नु हुन्छ ?
ब्राह्मणले जवाफ दिय - म केहि व्यक्तिहरु दण्डित गर्न चाहन्छु ।
"वास्तमा यहांको शत्रु चांहि को हो ?" अर्जुनले जिज्ञासा राखे ।
ब्राह्मणले भने - म चार जना व्यक्तिहरु लाई खोजी रहेको छु , फेला पार्ना साथ आफ्नो हिसाब चुक्ता गर्ने छु । सब भन्दा पहिले त म नारद को खोजी मा छु । जस्ले मेरो प्रभु लाई आराम गर्नै दिंदैनन , सदा भजन-कीर्तन गरी प्रभुलाई जागृत मात्रै गराउंछन । दोश्रो, द्रौपदी संग पनि म क्रोधित छु । उनले मेरो प्रभु लाई ठीक त्यहि समय पुकार गरिन, जब प्रभु भोजन गर्दै हुनु हुन्थ्यो । यसरी खांदा खांदैको खाना छोडेर पांडव लाई दुर्वासा ऋषि को श्राप बाट बचाउन जानु पर्यो । यति मात्रै होईन उनले मेरो भगवान लाई जूठो खाना समेत खुवाईन ।
तपांईको तेश्रो शत्रु को हो ? -अर्जुनले सोधे - उनि हृदयहीन प्रह्लाद हुन । त्यस निर्दयीले मेरो प्रभु लाई तातो तेल को कराहिमा प्रविष्ट गराएका थिए , हात्तीको बडेमान खुट्टाले कुल्चन लगाई अन्तमा खंबा बाट प्रकट हुन का लागी विवश गराए । र चौथा शत्रु हुन अर्जुन। अर्जुन को दुष्टता सुन्नु हुन्छ ? उनले त मेरो भगवान लाई आफ्नो सारथी बनाएरै छाडे । उनलाई भगवान को असुविधा का बारेमा रत्ति पनि ख्याल भयन । कति कष्ट भयो होला मेरो प्रभुलाई । यति भनि सक्दा ब्राह्मणका आंखा आंसुले भरिएका थिए ।
यो अद्भुत दृश्य देखे पछि अर्जुनको घमंड क्षणमै टुटेर गयो । उनले श्रीकृष्ण संग क्षमा माग्दै भने - मैले मानें प्रभु, यस संसारमा न जाने हजुरका कति प्रकारका भक्तहरु रहेछन । म संझन्थें सबै भन्दा ठूलो भक्त त मैं हुं । वास्तवमा म त केहि पनि होईन रहेछु ।
यता भगवान श्रीकृष्ण भने मुसु मुसु हांसिरहनु भयको थियो ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home