हेराई
****
एकजना साधु घुम्दै जांदा कतै पानी को पंधेरा नजिकै पुगेछन । प्यास मेटाई सके पछि एकैछिन आराम गर्ने विचार आयो र एउटा ढुंगाको सिरानी गरेर उनि छेउमै पल्टिए ।
पंधेरोमा पानी भर्न आउने हरुको जाने आउने क्रम चलि रहेको थियो ।
पानीको पालो कुर्दै गर्दा एक जनाले भनिन - हेर त संगीहरु त्यो व्यक्ति साधु त भयछ तर सिरानीको मोह भने अझै बांकि रहेछ । ढुंगा कै भयपनि सिरानी चांहि राख्नै पर्ने रे !
आंखा चिम्लिएर पल्टिएको साधुले त्यो सुन्ना साथ सिरानी बनाएको ढुंगा फालि दियो ।
दोश्रो पंधेर्नीले भनिन् -- साधु भयर पनि रिस त्याग्न भने सकेको रहेनछ ,उ हाम्रो कुरा सुन्दा रिस उठ्यो अनि फाल्यो ढुंगा ...!
साधु सोच्न लाग्यो अब के गर्ने होला ? कस्तो ठाउंमा आएर आराम गर्न मन लागे छ ?
तेश्रो चांहिको आवाज आयो -
बाबा! यो त सार्वजनिक स्थल हो ,यहां हामी जस्तै अरु पनि आईरहन्छन ,एक एक कुरा भनि रहन्छन । हरेकको कुरा सुन्दै जानु भयो भने के के परिवर्तन गरेर सक्नु हुन्छ ? आफ्नो ध्यान र अन्य कर्म कहिले गर्नु हुन्छ ?
तर चौथीले भने अंत्यन्त सुन्दर कुरा गरिन -
"क्षमा गर्नुस बाबा , मलाई लाग्छ , तपाईंले सबै कुरा त्याग्नु भयको रहेछ तर आफ्नो " चित्त" चित्त भने त्याग्न सक्नु भयनछ ।
दुनियाले पाखण्डी भन्छ भने पनि भन्न दिनुस । जसले जे भन्छ भनोस । तपाईं आफ्नो कर्त्तव्य पथ बाट विचलित नहुनु होस ।
सच्चाई नै यहि हो ,दुनिया को त कामै हो अर्काको विषयमा टिप्पणी गर्ने ।
माथी तिर हेरेर हिडे अभिमानी भन्छन ।
तल तिर मुन्टो गरेर हिंडे मान्छेको मुखमा हेर्दैन ,भन्छन ।
आंखा बन्द गरि बसे ध्यानको नाटक गर्दछ भन्छन ।
चारै तिर हेर्दै हिंडे नियत माथी नै औंला ठड्याउंछन ।
चिन्ता लागेर एकैछिन झोक्राउने हो भने कर्मको फल पायो ठिक्क भयो भन्छन ।दुनियाले जे जे भन्छ त्यसैको अनुसरण
गर्दै जाने हो भने, बरु ईश्वर संग साक्षात्कार गर्न सजिलो होला तर दुनिया को चित्त बुझाउन सकिंदैन ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home