वत्स गोत्रको इतिहास
*********************
पौराणिक पृष्भूमि :-
भ्रिगुं, पुलत्स्यं, पुलहं, क्रतुअंगिरिसं तथा
मरीचिं,दक्षमत्रिंच,वशिष्ठं चैव मानसान्
(विष्णु पुराण ५/७)
भ्रिगु, पुलत्स्य, पुलह, क्रतु, अंगिरा, मरीचि, दक्ष, अत्रि तथा वशिष्ठ – यि ब्रह्माका नौ मानस पुत्र लाई व्रह्माजीले प्रजा उत्पत्ति का कार्य भार सुम्पनु भयो । कालान्तरमा यिनको संख्या बढेर २६ सम्म भयो भने पुनः बढेर ५६ भयको हो । यिनै ऋषिहरुको नाम बाट गोत्र को प्रचलनभै यिनैका वंशज आफ्नो गोत्र ऋषि संग संबद्ध भयका हुन ।
हरेक गोत्रमा प्रवर, गण र उनका वंशज(व्राह्मण)हुन्छन । कुनै गोत्रमा सुयोग्य गोत्रानुयायी ऋषिहरु लाई गोत्र वर्धन को अधिकार दिईएको देखिन्छ ।
नौ मानस पुत्रमा सर्वश्रेष्ठ भृगु ऋषि हुन , गोत्रोत्पन्न वत्स ऋषि लाई , आफ्नो गोत्र नाम बाट प्रजा वर्धन को अधिकार प्राप्त भयो । यसरी वत्स गोत्रका मूल ऋषि भने भृगु हुन ।
भृगुले दिएको सन्तानोत्पन्न अधिकार को प्रयोग गर्दै वत्सले वंश विस्तार गर्ने अभिभारा पाए र सो पुरा गरे ।
वत्स गोत्रका पांच प्रवर छन – भार्गव, च्यवन, आप्रवान, और्व र जमदग्नि । मूल ऋषि भयको कारणले भृगु नै यिनको गण मानिन्छन । यिनिहरुको वंशजमा नेपालमा राणा ,लम्साल ,कुंवर ,दहाल र रुपाखेति हरु हुन ।
यस बाहेक खराल ,चौहान र डोटेलि भट्टहरु पनि वत्स गोत्रिय मानिन्छन । भारतमा भने सोनभदरिया, बछ्गोतिया, बगौछिया, दोनवार, जलेवार, शमसेरिया, हथौरिया, गाणमिश्र, गगटिकैत र दनिसवार आदि ब्राह्मण हरु वत्स गोत्रिय हुन ।
लिखित साक्ष्य :-
ईशाको छैटौं शदीमा अत्यंत विद्वान रहेका महाकवि वाणभट्ट द्वारा रचित ‘हर्षचरितम्’ को प्रारंभमा महाकविले वत्स गोत्र को पौराणिक इतिहास साक्ष्य को रूपमा प्रस्तुत गरेका छन । महाकवि वाणभट्ट स्वयं वत्स गोत्रका भयको तथ्य सोही हर्षचरितम् मा स्पष्ट उल्लेख छ । महाकवि वाणभट्टको बारे प्रचलित यो श्लोक बाट उनको विद्दता बारे प्रष्ट हुन्छ ।
“वाणोच्छिष्टम् जगत सर्वम्”|
अर्थात
‘वाण ले छोडेको जूठो सिता नै समस्त जगत को साहित्य हो । वाण भट्ट लिखित "हर्षचरितम् "को सुरुवातमै आफ्नो
वत्स गोत्रका शिर्ष व्यक्तित्व वत्स ऋषि को हुन भनि यसरि स्पष्ट पारे का छन ।
"एक पटक स्वर्गको देवसभामा सामवेद गायन है रहंदा दुर्वासा ऋषि र उपमन्यु ऋषिका बिचमा विवाद उत्पन्न भएछ , विवादका कारण वैदिक रागमा स्वरभंग हुन पुगेपछि विणा वादक सरस्वतीले हांसो थाम्न सकिनन र खित्का निकालिन । उनको हांसोले दुर्वासाको पारा चढ्यो र श्राप दिई हाले " हे दुर्वुद्धे पापिनी तं तुरुन्त पृथ्वीमा गै सामान्य मानव भै बस् , तेरो लागी स्वर्गमा ठाउं छैन अब ।" दुर्वासाको श्राप सुन्ने बित्तिकै उनि अलाप विलाप गर्दै रुन थालिन । उनका पिता ब्रह्मा जी ले दुर्वासाको कड़ा शव्दमा भर्त्सना गर्दै, सरस्वती लाई भने पुत्री, जे नहुनु थियो आखिर मैं सक्यो , अब धैर्य गर पृथ्वी लोक मा जान विलम्ब नगर बरु तिम्रो सखी सावित्री पनि जाने छिन । पुत्र मुख दर्शन पछि तिमी श्राप मुक्त हुनेछ्यौ र तिमी तुरुन्त स्वर्गमा आउनेछ्यौ ।
उनि मर्त्य मण्डल को हिरण्यवाह ( शोण नदी ) को पश्चिम किनार स्थित अत्यन्त रमणीय र हरीयालीले सुशोभित एवं पवित्र स्थान मा पर्ण कुटी बनाई सखी सावित्री का साथ रहन लागिन । (जुन नदी हाल भारतको गोंडवाना ( शोणभद्रा ) पर्वत श्रृंखला बाट निस्केर बिहार को पटना नजिकै गंगा नदी मा समाहित हुन्छ । )
निकै वर्ष विते , एक दिन कुटी बाहिर हल्ला कोलाहल सुनियो के रहेछ भनेर बाहिर हेर्न आउंदा हजारौं सैनिक का माझमा घोडामा सवार अत्यन्त वलशाली र सुन्दर युवक संग आंखा जुध्न पुगे । दुबै एक अर्का प्रति मन्त्रमुग्ध भय ।
ति युवक महर्षि च्यवन महाराज र शर्यातपुत्री सुकन्या का पुत्र राजकुमार दधिचि रहेछन । उनिहरु विच को त्यो प्रेम संबन्ध , पछि विवाहमा परिणत भयो । उनिहरुले गान्धर्व विवाह गरे र असल पति पत्नीको भुमिका मा खरो उत्रिए । अत्यन्त घनिष्ठता बढन थालेपछि सरस्वती ले आफ्नो वास्तविक परिचय लुकाईनन । लगभग एक बर्ष को संगैको बसाई पछि उनिहरु बाट सारस्वत नामक एउटा पुत्र जन्मियो । पुत्र प्राप्ति पछि उनि श्राप मुक्त भईन । पुत्रलाई " सर्वगुण संपन्न भव : " भन्ने वरदान दिएर उनि स्वर्गमा फर्किइन । यता पत्नी वियोगले विक्षिप्त जस्तै भयका राजकुमार दधीचिले वैराग्य धारण गरि घोर तपस्या गर्ने निधोगरी आफ्नो पुत्रलाई आफ्नो भाईबुहारी अक्षमाला लाई सुम्पियर तपस्याका लागी प्रस्थान गरे । गर्भावस्थाकि अक्षमाला ले पनि " वत्स " नाम गरेको सुन्दर पुत्रलाई जन्मदिईन । सरस्वती पुत्र "सारस्वत" र अक्षमाला पुत्र " वत्स " दुबैले माता अक्षमाला को दुध पिएर हुर्कन थाले । दुबैको समान स्याहार सुसार र समान पालन-पोषणका कारण तथा एक आमाका दुध पिएका कारण सारस्वत एवं वत्स का विच सहोदर भात्रृवत संवन्ध कायम रहन गयो ।
माता सरस्वती को "सर्वगुणसंपन्न" को वरदान पाएका सारस्वत, संपूर्ण विद्या मा निपुण र पारंगत भय । यस पछि सारस्वत ले संपूर्ण ज्ञान, कौशल र सारा विद्या आफ्ना भाई वत्समा अन्तर्निहित गरि दिए ।परिणामस्वरूप वत्स पनि , सरस्वती देवी प्रदत्त सारा विद्यामा पारंगत हुनपुगे । त्यसैले आज सम्मपनि वत्सका सन्तान हरु विद्या आर्जन गर्ने कार्य र वौद्धिक क्षेत्रमा निकै अग्रपंक्तिमा देखिन्छन । "
निकै पछि वत्स वंश संभूत ऋषिका सन्तानहरुले आफ्नो उपाधि (थर) ‘वात्स्यायन’ राखेको पाईन्छ । यिनै वत्स वंशीहरु मध्य का वात्स्यायन ऋषि रचित ‘कामसूत्र’ विश्व प्रसिद्ध छ ।
वत्स वंशमा ठुला ठुला विद्वान हरु ले जन्म लिए । जो असाधारण विद्वताले पूर्ण थिए ।
यिनीहरु अन्य ब्राह्मणको पंक्तिमा बसेर भोजन गर्दैन थिए ।
(विवर्जितः जनपंक्त्यः)|
आफ्नो भोजन स्वयं पकाउंथे (स्वयंपाकी)|
दान लिने चलन थिएन , कसै संग याचना गर्दैन थिए । (विधूताध्येषनाः)|
स्पष्टवादी तथा निर्भीक शास्त्रीय व्यवस्था दिन सक्ने अधिकारी थिए । कपट-कुटिलता, शेखी गर्नु , छल गर्नु र धाक लगाउने, हांक्ने जस्ता कृयाकलाप लाई निष्क्रिय पापाचार को श्रेणीमा गणना गर्दथे । निःष्णात विद्वान, कवि, वाग्मी तथा नृत्य गीतवाद्य आदि सबै ललित कलामा निपुण थिए ।
कालक्रममा कलियुगको प्रारम्भमा वत्स-कुल मा कुबेर नाम गरेका तपस्वी विद्वान पैदा भय । जसको तत्कालीन गुप्तवंशीय नृपगणले चरणकमलवंदना गरेर कहिले अघाउंदैन थिए ।
“बभूव वात्स्यायन वंश सम्भ्वोद्विजो जगद्गीतगुणोग्रणी सताम ।
अनेक गुप्ताचित पादपंकजः कुबेरनामांश इवस्वयंबभूवः||” (वाण भट्ट -कादम्बरी)
कुबेर का चार पुत्र – अच्युत, ईशान, हर र पाशुपत थिए । पाशुपत को एक पुत्र अर्थपति थिए , जो महात्मा र ब्राह्मणहरुमा अग्रगण्य थिए । अर्थपति का एकादश पुत्र भृगु,हंस, शुचि आदि भय । यस मध्यका अष्टम थिए चित्रभानु । यिनै चित्रभानुको राजदेवी नामधन्य धर्मपत्नीको गर्भ बाट एक पुत्र रत्न पैदा भय जो सुविख्यात वाण थिए । उनले वात्स्यायन थर बदलेर आफ्नो भट्ट उपाधि राखे र वाणभट्ट बन्न पुगे ।
यि वाण भट्ट राजा हर्षवर्धन को दरवारका मुख्य सल्लाहकार (भट्ट ) थिए । यस पछि वत्स गोत्रिहरुले आफूंहरु लाई भट्ट भन्न थालेको मानिन्छ ।
कालान्तर मा मुगल आततायि हरु को अन्याय र अत्याचार बाट टाउको जोगाउन बिभिन्न सुरक्षित स्थानको खोजीमा यत्र तत्र छरिने क्रममा हामीहरुका कुल पुर्खा तत्कालिन भारत बर्ष ( हालको , अफगानिस्तान, भारत,भुटान, पाकिस्तान, नेपाल र तिव्वत हुंदै कैलाश मानसरोवर वरपर सम्मको भु भाग ) कै दैलेखको दहगाउं मा आई बसोवास गरेको देखिन्छ ।
वत्स गोत्र को भौगोलिक स्थान :-
६०० वर्ष ई.पू. मा वत्स प्रदेश भारतबर्षको अति महत्वपूर्ण १६ प्रदेश मध्य एक थियो ।
वत्स साम्राज्य , गंगा यमुना को संगममा इलाहबाद बाट दक्षिण-पश्चिम दिशामा अवस्थित थियो । वत्स प्रदेशको राजधानी कौशाम्बी थियो । पाली भाषामा वत्स भनिए पनि मगधी भाषामा भने ‘वच्छ’ भनिन्थ्यो । यसैको प्रभाव ले भारतीय ‘वत्स गोत्रीय’ भूमिहार ब्राह्मण हरु आफूंलाई ‘वछगोतिया’ भन्दछन । छैटौं शताब्दी ई.पू. को सीमांकनका अनुसार वत्स जनपदको उत्तरमा कोसल, दक्षिणमा अवंती, पुर्बमा काशी र मगध, तथा पश्चिममा मत्स्य प्रदेश थियो ।
वत्स प्रतिज्ञा :-
वत्स वंशीहरु आदिकाल देखीनै आफ्नो वचनबद्धताका लागी विख्यात थिए ।
वचनबद्धता कायम राख्नकै लागी सुविख्यात वत्स सम्राट ‘आदर्श द्वितीय’ ले “वत्स-प्रतिज्ञा” को प्रथा आरंभ गरेका थिए । यसलाई एक शपथको रूपमा लिईन्थ्यो । बिस्तारै "वत्स प्रतिज्ञा" संस्कृति ह्रास हुदैं गयको देखिन्छ ।
जस मध्य आफ्नो पदिय हैसियत र मर्यादामा रही आफ्नो कुलवंशको र वंशका कनिष्ठ सदस्यको रक्षार्थ सबैले समय दिनु पर्ने उल्लेख गरिएको पाईन्छ ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home