गजल
*****
यो आंखाको भाकाले, गाएको बुझ्छु
त्यो मुहारको चम्काईले, खाएको बुझ्छु
*****
यो आंखाको भाकाले, गाएको बुझ्छु
त्यो मुहारको चम्काईले, खाएको बुझ्छु
झुक्याई दिएं भनि, तिमी मक्ख पर्छ्यौ
तिमी नित्य मेरो छेउ, धाएको बुझ्छु
दिए जस्तो तिमीलाई, लाग्दैन होला
तिमीले जे ठान, म त पाएको बुझ्छु
त्यो दिलको छानो, तिमी उदांगो संझ
म त सुनकै पाताले, छाएको बुझ्छु
मुखले जे भन, मन पढछु मैले
अव्यक्त नै होस, माया लाएको बुझ्छु
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home