Tuesday, December 11, 2018

गजल
*******
उसको र  मेरो ,  लाह्सा  फरक  छ
सुन जोड्ने सुत्र र , आशा फरक छ

म जीवन बोल्छु ,उ राजनीति बोल्छ
उसको   र  मेरो ,  भाषा   फरक  छ

उस्को  व्यवहार   र , भाषण  अर्कै
उस्को र मेरो ,अभिलाषा फरक छ

उ  तारेर  खान्छ , म फारेर  खान्छु
भोजनको अन्तर ,खासा फरक छ

म दौरा र सुरुवाल, आफ्नै हो भन्छु
उ टाई सुट लाउंछ, ढासा फरक छ
                       -०-


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home