Wednesday, December 26, 2018

गजल
******
 फेरियो  समाज  ,डर लाग्न थाल्यो
सोफाको कुकुर , नर लाग्न थाल्यो

खल्ती दरिलो छ , कोही छैन नौलो
अन्यथा आफ्नै नि ,पर लाग्न थाल्यो


 बेशिको गाई गोठ  , दुरी निकै भो
समुद्र पार भने , वर लाग्न थाल्यो

आफ्नै  स्वजन लाई ,विश्वास गरिन्न
त्यो बिचौलियाकै  ,भर लाग्न थाल्यो

कम   काम  ,   भाषण  धेरै  गरिन्छ
तिनैका   भाषण  ,  दर  लाग्न थाल्यो
                         -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home