Friday, December 21, 2018

केही थान मुक्तक
***************
कि गरी  देखाउनु , कि छोडेर जानु
कि प्याट्टै फुटाउनु , कि जोडेर जानु
इतिहास स्वर्ण अक्षरमा  लेखिन्छ 
हिम्मत भय  बाटो ,  मोडेर   जानु

त्यो मदिराको भोज,फेरी हुदैं छ
उसको अफिम त, जेरी हुंदै छ
यस्तै चालाले त, अब सुन बन्धु
अब बडा दशैं पनि, मेरी हुदैं छ

जो सत्तामा पुग्छन,गाजलै धाउंछन
आंखामा होईन ,मुहारमा लाउंछन
इतिहासले  रुंदै  यस्तै   लेखायो
पथ भ्रष्टहरु सबै , ठुस्स गन्हाउछन

कुटो कोदालो , समाउने हातहरु
कपटी  छैनन , मिठो छ बातहरु
आश मात्र गर्छ ,कसैले दिंदैनन
उल्टै बोकायो ,करका खातहरु

जब बग्छ आंशु , निकै पर सर्छन
मुसुक्क हांसौं , तिनै जलेर मर्छन
आश्चर्य लाग्छ ,यसलाई रितै बनाए
बिर्सन्छु भन्दा , बरु निगरानी गर्छन


यि पिडाहरुले , सताई रहेछन 
अवयवहरुले , बताई  रहेछन 
जिजिविषा अब ,सेलाई  गयो
तर खुद्रा रहरले, तताई रहेछन

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home