तिन थान मुक्तक
१
दिल भित्र घाउ , पाकि रहेछन,
आंशुका ढिक्काले ढाकि रहेछन ।
निन्द्रा चोरी भो बेहाल बनायो ,
ति उमंग उत्साह , थाकि रहेछन ।
२
जीवनका सपना , टुटेर गयो ,
आशा थियो केही , फुटेर गयो ।
व्यर्थैको शौखिन, बन्ने रहरले ,
भाग्यले एक्कासी , लुटेर गयो ।
३
डर लाग्छ मर्न , न जिउनै सकिन्छ ?
जीवन त्याग्न , न पिउनै सकिन्छ !
च्यातियको खुशी , फाटेको मन ,
उध्रेको विश्वास ,न सिउनै सकिन्छ ।
- चिरञ्जीबी दाहाल
कालिका ६ चितवन


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home