मेरो दम्भ र तिनका सिमा रेखा
ति चाहन्छन म टक्क रोकिउं
निरन्तर चल्न छोडी दिउं
तिन लाई लाग्छ म थलै परुं
नया सोच त बिल्कुलै होईन
आफैं भित्र हराई रहुं
तिन कै पदचाप पछ्याउं
दुनिया कै हारमा म मिलुं
म परें बगेको पानी
कसरी फसौं यिनको जालमा
मलाई त बगि रहनु छ
समुद्रमा समाहित हुनु छ
बादल बनेर आकाश छूनु छ
आधा अधुरो कार्य पुरा गर्नु छ
दम्भी पाखण्डी जे भन्छौ
बरु मजैले सहिदिन्छु
तर
कसरी बांधिन सक्छु म
तिनको सिमा रेखा भित्र ?
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home