उपहार
********
विशाल समारोहका विच कवि ज्यू लाई एउटा प्लाष्टिक ब्यागमा हुर्काईएको रुद्राक्ष को बिरुवा उपहार दिएर अभिनंदन गरियो। विरुवा सहित एकल र सामुहिक गरी आठ दश वटा सुंदर फोटो समेत खिचियो । अचेलको अनिवार्य चलन जस्तै उक्त फोटो फेसबुकमा तुरुन्तै पोस्ट भयो । लाईक र बधाई सहितका टिप्पणीहरु आउन थाले । शेयर गर्नेहरुको कमि भयन । फेसबुकिया भाषामा भनौं भने त्यो फोटो केही बेरमै भाईरल भयो । कवि ज्यू मात्रै होईन ,सामुहिक फोटोमा भयका सबै आत्म-मुग्ध भय ।
यसै बिच माईक बाट उपस्थित सबैलाई जलपान कार्यक्रम स्थल तर्फ जानका लागी आग्रह गरियो । विशाल जलपान कक्षमा गरिएको सजि-सजाउ र खान पानका सामाग्री हरुको व्यवस्था साच्चै हेर्न र खान लायककै थियो । कवि ज्यू पनि अन्य सहभागी जस्तै जलपान कक्ष तिरै लागे ।
त्यहां कवि, लेखक, पत्रकार ,नेता लगायत सबै गन्यमान्य व्यक्तित्वहरुको बाक्लो उपस्थिति देखियो । खान पान पछि, सबैले विरुवा सहितको फोटोकै सुन्दरताको चर्चा गरे । जब सांझ पर्न थाल्यो , बिस्तारै भिड पातलो हुन थाल्यो । केही बेरमा त्यहां कोही पनि देखिएन , मात्र थियो - कुर्सीमा छरपस्ट माटो , च्यातिएको प्लास्टिक र कच्याक कुचुक भयको रुद्राक्षको विरुवा ।
******


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home