गजल
*****
अचेल त गाउं , शहर बन्यो
लाग्दैछ अमृत, जहर बन्यो
आफन्त भेट्दा ,मुन्टो बटार्छ
भलाकुसारी त, रहर बन्यो
अर्म पर्म अनि, मेला र पात
नजरकै सामुन्ने , कहर बन्यो
रातै पहेंलै , फूल फूल्ने बारी
सडकका नाउंमा, डहर बन्यो
सबै शहर भयो , गाउं नै हरायो
लक्ष्छिन भाग्यो , मेरो ठहर बन्यो
- चिरञ्जीबी दाहाल


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home