Tuesday, October 16, 2018

सकारात्मक सोच
**************
एक दिन उसलाई कुनै लेखकले जस्तै आफ्नो अतित बारे केही लेख्न मन लाग्यो । लेखि सकेर उसले एक पटक सरसर्ति पढ्यो , जुन यस प्रकार थियो :-
१) यस बर्ष मेरो मिर्गौला प्रत्यारोपण भयो । जसका कारण लामो समय सम्म पनि हिंडडुल गर्न सकिएन । पैसाको त खोलै बगाउनु पर्यो  । त्यसका लागी अनेक दुःख गरेर जोडेको खेत समेत बेच्नु पर्यो ।
२) यस वर्ष म ५२ पुरा गरी ५३ बर्ष लागें । ३२ बर्ष देखि खाई पाई आयको जागीर छोड्नु पर्यो । संझदा पनि नरमाईलो लाग्छ ।
३) यसै बर्ष  हजुर बा को मृत्युको पिडा समेत भोग्नु पर्यो ।
४) यस बर्ष नै श्रीमती कार दुर्घटनामा  घाईते भै , महिनौ अस्पताल बस्नु पर्यो । आमाछोराको अस्पताल बसाईका कारण घरको सबै काम मैले हेर्नु पर्यो । सारै दुःख पाईयो ।   कारको‌ टुटफुट भै मर्मत गरेको खर्चको हिसाब अलग्गै छ ।
अंतमा उसले लेख्यो ,
गत बर्ष मेरो लागी अभिशापकै बर्ष सावित भै दियो ।
.............................
    जब उसकी पत्नीले  , पतिले यस्ता पंक्ति  लेखेको देखि , अनि उसले आफ्नै तरिकाले तिनै बुंदाहरुमा केही संशोधन गरेको  पन्ना नजिकै राखि दिई ।
१) लामो समय देखि मिर्गौला रोग बाट पिडित रहेकोमा  गत बर्ष मिर्गौला प्रत्यारोपण गरे पछि रोग मुक्त भैयो । निकै समय देखिको पिडा बिसाउन पाएकोमा अत्यन्त हर्षित छु । कसै संग ऋण माग्नु परेको भय पनि गाह्रै हुन्थ्यो । आफ्नै एक टुक्रा खेत बेचियो सजिलै संग  प्रत्यारोपण भयो । यसको लागी ईश्वर लाई धन्यवाद । 
२ ) उमेरमै जागीर छोडेर पेन्सनमा बसियो , संझदा पनि आनन्द लाग्छ । अझै काम गर्ने उमेर बांकी छ , अब घरमै तरकारी खेती गरेर बसिन्छ । 
३ )  ९९ बर्ष पुग्नु भयको हजुरबा को कति सजिलो मरण भयो । न कसैले दिशा पिशाबका लागी मद्त गर्नु पर्यो ? न थला परेर कसैले स्याहार नै गर्नु पर्यो । बोल्दा बोल्दै जानु भयो । यस्तो मरण त भाग्यमानी मान्छेको मात्रै हुन्छ ।
४ )  त्यत्रो दुर्घटनामा पनि उनलाई केही नहुनु भनेको  भगवानले साथ नदिई कहां हुन्छ ? छोरो बिदेशमै भै दिएको भय के चाल हुन्थ्यो होला ?  धन्यवाद भगवान संधै हाम्रो रक्षा यसरी नै गरिदिनु होला ।
त्यस बेला घरको सबै काम गर्दा चार के जी तौल घटेछ , अहिले सम्म पनि ज्यान फुर्तिलो छ । कार कच्याक कुचुक भयो त के भो ? ज्यान बच्यो ।
अंतमा  उसकी पत्नीले  लेखि  -
यस बर्ष हामीलाई भगवानको ठुलो कृपा रह्यो, समग्रमा यो साल निकै अविश्मरणीय रह्यो ।

                                    -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home