Saturday, October 13, 2018

हैसियत

~~~~~

बिहानको दश बज्नै लाग्दा , कुकुर  डोर्याउंदै एकजोडी वृद्ध-वृद्धा पशु डाक्टरको क्लिनिकमा पुगे । उनिहरुको साथमा जर्मन सेफर्ड जातको निकै सुन्दर र आकर्षक कुकुर थियो ।
वृद्धले भने  ...." डाक्टर साहब हाम्रो कुकुर लाई अनौठौ रोग लाग्यो । 
"पहिले यो बडो ईमान्दार र अनुसासित थियो , केही दिन देखी देख्दै छौं, यो अत्यन्त ज़िद्दी भयको छ । भने को मान्दैन , पटक्कै टेर्दैन । नजिक बोलायो झन टाढा टाढा भाग्छ , घर बाट  निस्किए पछि फर्कनै जान्दैन, हाम्रो त नजिकै पर्दैन ! बेला न कुबेला भुकि रहन्छ । जे मन लाग्यो त्यसै गर्छ , राम्रो संग हेरी दिनु पर्यो ।"
डाक्टरले कुकुर लाई निकै नियालेर हेरे , छामछुम पारे, ज्वरो पनि थिएन , पन्ध्र मिनेट जति जांच गरे पछि भने " यसलाइ एक रात भर्ना गर्नु पर्दछ ।"
कुरुवा बस्नु नपर्ने भय पछि कुकुर भर्ना गरेर बृद्ध दम्पत्ति, घर तर्फ लागे । 
डाक्टरले सहायक लाई भने " यसलाई पछाडी खुला चौरमा लगेर घाममा बांध्नु , आधि आधि घण्टाको फरकमा केही पानी मात्र खान दिनु  र पानी खुवाएको १० मिनेटमा जुत्तै जुत्ताले यसरी पिट्नु  कि केही बेर उठन नसकोस  ।  दुई दुई घण्टाको फरकमा यो थेरापी गर्नु ।"
सहायकले , डाक्टरले भने जस्तै गर्यो ।
भोली पल्ट वृद्ध दम्पत्ति फेरी संगै आए , "हाम्रो कुकुरको रोग पत्ता लाग्यो डाक्टर साहब ? "
"रोग पत्तो पनि लाग्यो ,निको पनि भै सक्यो , बरु बिल भुक्तानी गरेर कुकुर लैजानु होला ! " डाक्टरले भने । यस पछि सहायकले कुकुर ल्यायो । कोठामा प्रबेश गर्नासाथ त्यो कुकुर पुच्छर हल्लाउंदै  मालिक मालिक्निको आडैमा आयर बस्यो र पालै पालो हातमा चाट्न थाल्यो ।
वृद्ध दम्पत्ति लाई  आश्चर्य लाग्यो , उनिहरु निकै खुशी भय ।भने "डाक्टर साहब,आखिर यस्लाई भयको के रहेछ ? कसरी ठिक भयो यो ?
नभन्दै पहिले जस्तै सामान्य पो भयो त ! " उनिहरुले एकै स्वरमा भने ।
डाक्टरले भने : -  ख़ासै केही होईन , यो कुकुर एयर कंडीशनर कोठामा आराम संग बस्ने , स्वादिष्ट भोजन खाने , बाक्लो बिच्छ्यौनामा सुत्ने गरेकोले , आफैंलाई घर मालिक संझन थालेछ । यसैले , यसले आफ्नो मालिक पनि भुल्यो । खासमा भन्नु पर्दा यसले आफ्नो पहिचान र हैसियत बिर्सियो । अचेल यो हैसियत बिर्सने रोग पशु ,मान्छे सबैमा महामारी कै रुपमा देखिन थालेको छ । यस्तो रोगमा औषधि  होईन थेरापी दिने प्रचलन छ । 
हामीले सामान्य थेरापी दिए पछि यो पनि निको भयो ।
बुढीले बिस्तारै बुढ़ा संग भनिन -" हाम्रो छोरा बुहारी लाई पनी यहिं जचाउन पाए ...." ।
  " बिस्तारै बोल ! यहां त पशु पंक्षीको  मात्र उपचार हुन्छ , मान्छेको होईन । "
बुढिलाई सम्झाउंदै बुढाले  भने ।
यस पछि उनिहरुले बिल भुक्तान गरे  , निको भयको कुकुर लिएर खुशी हुदैं घर तर्फ लागे ।
                                      -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home