वत्स गोत्रका पंचप्रवर हरु :-
***********************
वत्स गोत्रका पंच प्रवरहरु भागर्व , च्यवन , आप्नवान ,और्व र जामदग्न्य कुन कुन ऋषि-मुनिहरु थिए ? भृगु वंश अन्तर्गत वत्स गोत्रको विस्तार गर्ने महान पुर्खाहरुको सामान्य चिनारी प्रस्तुत गरिएको छ ।
१.भार्गव- भृगु ऋषिका वंशज भयका कारण मुख्य प्रवरका रुपमा भार्गवलाई मानिन्छ । अग्नीको उत्पत्ति यिनैले गरेका हुनाले भृगुवंशीहरु अग्निपूजक मानिन्छन । भागर्व , महर्षि भृगु ऋषिका ज्येष्ठ पदका अधिकारी हुन । यिनका वंशजहरु नर्मदा तटमा गयर बसेका थिए ।
भारत स्थित मथुरा जिल्लामा गिरिराज गोवर्धन पर्वतको एक भागलाई भृगुतंग पर्वत भनिन्छ , जहां भृगु आश्रम यद्यपि छदैंछ ।
२. च्यवन- भृगु पत्नी पुलोमा गर्भवती भयका वखत पुलोमन नाम गरेको राक्षस उनलाई हरण गर्न भनि आयो , पुलोमा लाई पाखुरामा समाउन खोज्दा च्यवनको जन्म भयको मानिन्छ । जन्मना साथ बालक च्यवनको तेजले पुलोमन भस्म भयको थियो ।
च्यवन महातपस्वी थिए , जब च्यवन वनमा तप गरी रहेका थिए तब उनको शरीर माटोको ढिस्कोले ढाकिएको थियो । उक्त माटोको ढिस्को बाट दुई आंखा टल्केको देखेर , के रहेछ भनि सरैया गुजरात सम्राट शर्याति की पुत्री सुकन्याले कुशको तृण द्वारा बेधन गर्दा रगतको धारा निक्लियो र च्यवन ऋषि अंधा भय भनिन्छ । भयभीत शर्यातिले च्यवन संग क्षमा याचना गरि सुकन्या संगै च्यवनको बिहे गरि दिएका दिए । पछि सूर्य उपासना द्वारा च्यवनको नेत्र अश्विनी कुमारले ठीक गरिदिएका थिए । सुकन्या आफ्ना बृद्ध पतिको अत्याधिक उच्च स्वरमा बेदपाठ गर्ने गरेका कारण क्षय रोगले ग्रस्त भय पछि पतिकै सेवा गरेर बस्न थालिन । उनको थलिएको रूप देखि दया लागेर अश्विनी कुमारले , च्यवनप्राश निर्माण गरी , सेवन गराई च्यवनलाई पुन: तरूण बनाई दियका थिए ।
च्यवनले यो उपकार तिर्न आफ्नो शसुरा शर्याति संग एक विशाल यज्ञ गर्न लगाई त्यस यज्ञमा अश्विनी कुमारलाई देवताहरु संगै भागीदार बनाउने विचार गरे । राजा इन्द्र लाई यो मन परेन र च्यवनलाई बज्रले प्रहार गर्न खोजे । तुरुन्त च्यवनले आफ्नो विद्या शक्तिले वज्र सहित इन्द्रको भुजा स्तंभित गरि दिएका थिए । यसरी च्यवन संग इन्द्र पराजित भयपछि अश्विनि कुमार लाई यज्ञ भाग दिईएको थियो । च्यवनले धर्मशास्त्र च्यवन स्मृति लेखेका थिए । जसमा गोदान महात्म्य तथा श्वान, चांडाल मृतशव प्रेत, चिताधूम, मद्यपात्र स्पर्शमा प्रायश्चित , आदि उल्लेख्य छन । यस बाहेक गोवध प्रायश्चित , कर्म द्वारा देहको शुद्धि विधान , पनि यसमा लेखिएको छ । भास्कर संहितामा सूर्य उपासना र दिव्य चिकित्सा सहितको "जीवदान तंत्र" का रचनाकार पनि च्यवन ऋषि नै हुन ।
३. आप्नवान- यिनी च्यवन र सुकन्या बाट उत्पन्न पुत्र हुन । सारस्वत वंशका जनक मानिएका दधिचि पनि च्यवनका भाई हुन । आप्नवान- परम तेजस्वी, प्रजा संवर्धक लोकधर्म विस्तारक र निकै ज्ञानी पुरूष थिए भनिन्छ ।
४. और्व ,आप्नवान र नाहुषीका पुत्र हुन । यि महाउग्रकर्मा थिए । ज्वालाग्नि अर्थात क्षेप्यास्त्र आविष्कारको श्रेय यिनै लाई जान्छ ।
और्वकुलको वर्णन ब्राह्मण ग्रंथ , ऋग्वेद , तैत्तरेय संहिता , पंच ब्राह्मण , विष्णुधर्म तथा महाभारत अनुशासन पर्व हरुमा स्पष्ट उल्लेख गरिएको छ । और्व संग आफ्नो तेजले असुर हरुको नेत्र हीन गरिदिन सक्ने क्रोध शक्ति थियो । आफ्ना गुरु पुरोहितले ब्रह्मतेज क्षति नगर्न भने पछि यिनले उक्त क्रोध शक्ति लाई समुन्द्रमा फालि दिएको भन्ने पाईन्छ । त्रेतायुगमा भगवान रामचन्द्र लाई समुद्र सुकाउन सक्ने अग्न्यायाश्त्र और्वले नै दिएका हुन भनिन्छ ।
५. जामदग्न्य- जमदग्निका पुत्र परशुराम कै अर्को नाम जामदग्न्य हो । भृगुवंशी भयकै कारण यिनी पनि वंशानुगत गुणका कारण भृगु ऋषि जस्तै क्रोधमूर्ति व्यक्तित्वका साक्षात रूप थिए । लडाकु एवं पितृ भक्ति तथा शिव भक्तिमा नाम चलेका जामदग्न्य लाई भगवान शिवले अमोघ अस्त्र "परशु" दिए पछि यिनी परशुराम भनि विख्यात भय ।
-०-

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home